एक जनाको मृत्यु

गणेश विक/
रुकुम/मंगलवार राती जिल्ला अस्पताल सल्लेमा एक जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका १ पातुखोलामा भएको दुर्घटनामा परि जिल्लाको छिवाङ–२ का गोविन्द खड्का घाइते हुनु भएको थियो । उपचारका लागि खड्कालाई जिल्ला अस्पताल सल्लेमा लिइएको थियो । खड्काको उपचारकै क्रममा मृत्यु भएको जिल्ला अस्पताल सल्लेले जानकारी दिएको छ ।

दुर्घटनामा परि टेक्टर चालक छिवाङकै शोभिराम खड्का घाईते हुनुभएको छ । घाईते खड्काको जिल्ला अस्पताल सल्लेमा उपचार भैरहेको छ ।

खलंगावाट मुसिकोट नगरपालिका ३ राउखेत तर्फ जादौ गरेको लु २ त ६७४ नम्वरको टेक्टर सडकबाट करिव ५० मिटर तल खसेर थियो । चिप्लो वाटोका कारण ट्याक्टर दुर्घटना भएको हुन सक्ने प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मितिः२०७१ माघ २२ गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment