राप्रपा पनि हिन्दू राष्ट्रको पक्षमा

क्राइम चेक प्रतिनिधि/
वीरगंज डेस्क/ धर्म निरपेक्षताको विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टी पनि राप्रपा नेपालको पक्षमा उभिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर जबराले धर्म निरपेक्षताको विषय जनमत संग्रहबाट टुंग्याइनुपर्ने बताउनुभएको छ ।
राप्रपा अध्यक्ष जबराले मुलुकलाई धर्मनिरपेक्ष बनाउने विषयमा अहिलेसम्म नागरिकको मत लिने काम नभएको भन्दै यो विषय जनमत संग्रहबाट टुंग्याइनुपर्ने बताउनुभयो ।
उहाँले आफ्नो मागलाई बेवास्ता गरी संविधानसभामा प्रश्न समेत उठाउन नदिएको अवस्थामा राप्रपाले धर्मनिरपेक्षताको विरोधमा फरक मत राख्ने बताउनुभयो । धर्मनिरपेक्षताको विषयमा प्रश्न उठाउन नपाउने गरी कार्यविधि बनाइएको विरोधमा राप्रपा नेपालले प्रश्नावली प्रस्ताव समितिको बैठक नै वहिष्कार गरेकामा राप्रपा पनि राप्रपा नेपालको पक्षमा उभिएको हो ।
राप्रपा नेपालले विदेशीको दबाबमा मुलुकलाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरिएको भन्दै यो विषयमा जनमत संग्रह गर्नुपर्ने माग गर्दै आएको छ ।



SHARE THIS

Author:

Facebook Comment