१८ लाख लुटियो

वीरगंज/नयाँ बानेश्वरको  ह्वाइट हाउस कलेज अगाडी दिन डाहाडैं १८ लाख रुपैंया लुटपाट भएको छ । बुधवार बिहान कलेजसँगैको भवनमा रहेको ग्लोबल आईएमई बैंकबाट पैसा निकालेर निस्किएकी कलंकी निवासी सरस्वती आचार्यको साथबाट उक्त रुपैंया लुटपाट भएको हो ।

बैंकबाट पैसा निकालेर बाइकमा चढ्न खोज्दै आचार्यको साथबाट उक्त रुपैंया लुटेर लुटेराहरु फरार भएको प्रहरीले जनाएको छ । लुटपाटपछि प्रहरीले बानेश्वरको विभिन्न नाकाहरुमा चेकजाँच कडा पारी लुटेराको खोजी कार्य तीब्र बनाएको जनाएको छ । प्रहरीले केही शंकास्पदलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः२०७१ माघ २२ गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment