अनतर्किया कार्यक्रम सम्पन्न

पोसकान्त पोखरेल
बुटवल ।रुपन्देहीको देवदह नगरपालिकामा सञ्चालन हुन गहिरहेको प्रथम राष्ट्रिय औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सव २०७१ सफल बनाउन स्थानिय बुद्धिजीवि, राजनीतिक दल, व्यवसायी, कानूनविद, पत्रकारहरु सम्मलित एक अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको भएको छ ।
“स्थानिय बजार प्रवद्र्धधन गरौं, स्वाभिमानी नेपालीको पहिचान बनाऔं” भन्ने मूल नाराका साथ फागुन १ गते देखि १० गते सम्म सञ्चालन हुन गहिरहेको यो महोत्सवको आयोजक संस्था उद्योग व्यापार संगठन रुपन्देही, देवदह शाखाको आयोजनामा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
मेला मूल समितिका संयोजक गोविन्द ठट्राईको अध्यक्षतामा सम्पन्न भएको उक्त अन्र्तक्रिया कार्यक्रम बोल्दै स्थानिय बुद्धिजीवि डा.कृष्ण न्यौपानेले भगवान गौतमबुद्धको मावली स्थललाई फोकस गरेर यस क्षेत्रको विकास गर्न सकिने हुँदा यो मेला सोही कुरामा केन्द्रित हुन सुझाव दिएका थिए ।
  त्यसैगरी स्थानिय बुद्धिजीवि मुरारी पाण्डेले यस क्षेत्रमा घुम्नको लागि आउने पर्यटकहरुलाई सजिलो होस भन्ने हेतुले मुख्य सडकबाट यहाँको ऐतिहासिक स्थल सम्म जानको लागि लाग्ने समय, रकम, कति दूरीमा अवस्थित छ भन्ने कुरा झल्कने खालका बोर्डहरु बनाएर राख्नु पर्ने बताएका थिए ।
  उक्त अन्तरक्रिया कार्यक्रममा राजनीतिज्ञ कृष्ण ढकाल, सिद्धिचरण भट्टराई कानून विद टिकाराम चापागाईं, लगायतले आ–आफ्ना विचारहरु प्रस्तुत गरेका थिए । अधिकाम्स बक्ताहरुले देवदह नगरपालिका एउटा ऐतिहासिक महत्व बोकेको धार्मिक तथा पर्यटकीय स्थल भएको हुनाले यहाँको राम्रो सँग प्रचार प्रसार गर्न सकेको खण्डमा यहाँ प्रसस्तै मात्रामा पर्यटकहरुको आगमन हुने हुनाले देवदहको चौतर्फी विकासमा टेवा पुग्ने बताएका थिए । भने संयोजक गोविन्द ठट्राईले सबैको सुझाव सल्लाह बमोजिम मेला सञ्चालन गरी देवदह विकासमा यो महोत्सवले महत्वपूर्ण भुमिका निर्वाह गर्ने कुरामा विश्वस्त हुन सबैलाई आग्रह गरेका थिए ।
  हिजो सोमबार विहान भएको उक्त अन्तक्रिया कार्यक्रमको सञ्चालन सचिवालय संयोजक मेघराज ढकालले कार्यक्रम सञ्चालन गर्ने क्रममै देवदह महोत्सवमा तीन करोड बराबरको कारोवार गरी एक लाख दर्शकलाई अवलोकन गराउने लक्ष्य रहेको पनि जानकारी गराए ।  

SHARE THIS

Author:

Facebook Comment