कतै राजतन्त्र आउने संकेत त हैन यो ?

– निशा खनाल अर्याल



सधैँ हानाहान र मारामारको चेपुवामा परेका गरिब दलित जनता प्रलोभनमा परेर शिक्षा तथा दुई छाक टार्न सकिन्छ कि भनेर पेट भर्ने बाटोको खोजीमा उल्टै निरन्तर टाट पल्टिंदै गरेका छन् । उनीहरु नै विदेशीको समेत ऋणी बनी आफ्नो मृत्युको प्रतीक्षामा चिहान घारीको लागि धर्म परिवर्तनको नाममा कर बुझाउनु पर्ने जस्ता अनेकौ, कष्ट, पीडा, यातनाको दोभानमा पिल्सिरहेका छन् । पेट भर्न र सन्तानलाई दुई छाक खुवाउन महँगी थाम्न नसकी विदेशीको गुलाम बन्नु र जवानीमा काम गर्न नसक्दा कठोर मन भएका विदेशीले दिएको मृत्यु जस्तो यातना पाएर लास बनी बन्द बाकसमा आफ्नो देशमा फर्किनु पर्ने अवस्थाको तितो आज जनताले फेरी त्यो दिनलाई याद गर्दै आएका छन् । देशमा हिजो झैँ किन कुनै नेताको जयजयकार हुन सकेन ? के कुनै नेताले आज सम्म सोचेका छौं ? जयजयकारको योग्य जनताको कुनै नेता बन्न सक्यो ?
तिमीहरु नै हौ हिजो दरबार भित्रको नानाभाती कुरा उठाएर दिनरात नारीहरुको सतित्व, अस्मिताको कुरा गथ्र्यौ । सुनिता र नमिता काण्डको कुरा निरन्तर उठायौ तर आज देशमा हिजो भन्दा बढी खुला बजारको सातपात झैँ नारीहरुको अस्मिताको व्यापार भएको देखिंदै छ । “मात्तिएको लोकतन्त्र “नामक कृतिले भन्छ – यस्ता बलत्कारका घटना दिन दिनै देखिन्छन्, हुने गर्छन् । नारीहरु लुटिने, बलात्कृत हुने र जिउदै पोलिने काम बरु पहिला यस्तो दिन दहाडै हुदैनथ्यो । बरु त्यो बेला छोरी चेली धेरै सुरक्षित थिए । आज न बच्चा बच्ची सुरक्षित छन् न त् बुडाबुढी, जवानको कुरै छाडी दिऊ, हत्या, हिंसा, लुटपाट जताततै व्याप्त छ यो देशमा किन ?
के यही हो गणतन्त्रको नामको स्वतन्त्रता ?
के गर्‍यौ त कुर्सीमा आएपछि आजका गणतन्त्रवादी नेताहरुले ?
जापान, बेलायत, डेनमार्क जस्ता देशहरुमा अहिले पनि राजतन्त्र नै छ । त्यहा राजा नै राज्यको प्रमुख छन् । के कसैले कहिल्यै ती देशमा महिलाहरुको चित्कार सुनेका छौ ?
बरु नेपालका अहिले हुने गणतन्त्रबादी आफूलाई राजा झैँ सम्झने धेरै नेताहरुको आफैले अहोरात्र अध्ययन गर्ने हो भने, सबैका आखाँ अगाडी त्यस्ता कयौ घटनाका विकृतिहरु पाउनु भएकै होला र पनि आखाँ चिम्म गरे झैँ गरी दिनरात नारी सतित्व, नारी अधिकार जस्ता प्रसङ्ग उठाई अलि कति पनि नहिचकिचाई, लाजै नमानी सधैँ यस्ता किसिमका प्रश्न उठाउने गरेको सुन्दा हामी नारीलाई नै आश्चर्य चकित बनाएको छ । हिजो नारी, पुरुष नभनी जनताले काँधमा बन्दुक राखी आफ्नो घाटी थाप्न पनि गणतन्त्रको लागि पछि नपर्नेले आज ती नेताको अनुहार हेर्नु त के नाम लिंदा पनि मुख फर्काउछन् किन ?
जनतालाई चेतना दिनका लागि देशमा शिक्षाको सुविधा हुनु पर्छ । कल – कारखानाहरु र शीपमुलक कार्यको विकाश हुनु पर्छ । गरिब निमुखाले पेटमा दुई छाक माग  भर्न पाउनु पर्छ तर जब देशमा कुनै उपाय हुदैन र अत्यास लगेर महंगी, बेरोजगारीले आफ्ना परिवारको मुखमामा ?  लगाउँन, विदेशिन लाचार हुन्छन् अनि काम गर्ने क्रममा मानिस भित्र निखार आउँदै जान्छ उस भित्रको आत्मा विश्वासले उसलाई विज्ञ बनाउदै जान्छ । पेट भरि अन्नले पूर्णता नपाएकोले आफ्नो सङ्घर्षले जब उ दिगो हुन्छ, जिउन सिक्छ, अनि बल्ल उसमा चेतना आउछ र उसलाई देशले हैन कामले नेतृत्व गर्न र अगाडी बढ्न सिकाउँछ । “थेउरी मात्र पढेर डाक्टर भएकोले बिरामी पत्तालागाउन धेरै पाना पल्टाउँछ तर प्रयाक्टिकल चेक गर्ने डाक्टरले हेरेरै बिरामी पत्ता लगाउँछन्, “त्यस्तै गरी चोट र कामले भुक्त मानिस उ आफ्नो अधिकार खोज्दै अघि बढ्छ र उसको आफ्नो हिम्मत र ग्यारेन्टीबाट चेतनाको विकास हुन्छ । हो आजका नारी पनि लड्न सक्ने, जनमानसमा निर्धक्कले बोल्न सक्ने र आफ्नो अधिकार खोज्न सक्ने भएका हुन । त्यो आज देशमा भएको गणतन्त्रले सिकाएको हैन र त्यस्तो अधिकार दिएको हैन । नारी आफै भित्र पलाएको आँट, हिम्मत र ऊ भित्रको साहसले गर्दा भएको हो ।
सबैलाई थाहा नै भएको कुरा हो समावेशी राजनीतिको विश्व व्यापी लहर र मानवका नैसर्गिक अधिकार भएकोले संयुक्त राष्ट्र सङघका विश्व भरीका सदस्य राष्ट्रहरुले महिला अघिकार तथा समावेशी राजनीतिलाई संविधानमा स्वत: राख्नु पर्ने प्रावधान भएको हुँदा त्यस्ता अधिकार प्राप्त भएका हुन् भने नारीलाई गणतन्त्र आएर नारीले आफ्नो हकहितको लागि लड्न सक्ने अधिकार दिलाएको हो भन्ने यदि कसैले वा कुनै नेताले भन्छन् भने त्यो उनीहरुको भ्रम हो । फोश्रो घमण्ड मात्रै हो । आजको देशको अवस्थामा धर्म परिवर्तनको अपवाद पूर्ण लहर भित्र राजनीतिको आड लिने नेताहरुलाई हामी जनताको यो गम्भीर प्रश्न हो– देशमा संविधान चाडै बनोश र धर्म निरपेक्ष भन्ने शब्दको जरो उखालेर मिल्काइयोस् हैन भने हाम्रो हिन्दुत्वको रक्षाका लागि फेरी युद्ध नहोला भन्न सकिन्न । देश बनाउन हैन जनताको कमजोरीको फाइदा लुटी आफ्नो पटुका बलियो बनाउने मात्र राजनीति हुने हो भने अबको आन्दोलनले पुन: राजतन्त्र घोषणा गर्न कत्ति पनि बेर लाग्ने छैन । संयुक्त राष्ट्र संघका यस्तै विषय सम्बन्धी घोषणाको र निणर्यहरुको अध्ययन गर्नु भयो भने तपाइँका सबै गणतन्त्रले मात्र दिएको महिलाहरुको हक, अधिकार भन्ने गीत गाउनेहरुको प्रश्नको जिज्ञासाहरु आफै मेटिएर जानेछन ।
देशका आफूलाई सर्वोपरी ठान्ने नेता हो, अब देशका जनता बुझ्न सक्ने भएका छन् । उनीहरुको आखाँमा हिजोको तितो सत्य झल्किन थालेको छ ।. यस्तै सबै कुरा समिझेर ल्याउदा मन पोल्छ र यिनै राजनीतिको आडमा आफूलाई महान भए भनेर कुर्सीको आडमा देख्ने नेताहरुलाई सोध्न मन लाग्छ– दश औला जोडेर आएका तिमीहरुले आज सत्तामा पुगेपछि के प्रगति गर्‍यौ त देशमा ? आखिर गणतन्त्र ल्याएर देशमा के विकाश भयो ?
जसरी ढुङगा माटोमा र माटो ढुङगामा बदलिंदैन, ठिक त्यसै गरी देशको र जनताको हितमा रहेर देशको शासन चलाउन चानचुने कुरा हैन र जो सुकेको वशको कुरा पनि हैन ।
विदेशीसंग लड्न सक्ने, कुटनीति गरेर देशमा आय आर्जन ल्याउन सक्ने क्षमता सबै भित्र हुदैन झन् भन्नु पर्दा आफ्नो ढुकुटी मात्र भर्ने स्वार्थी भावनाले राजनीतिको आडमा काँचुली फेर्ने नेताको समय अनुसार ऊ भित्रको केही राम्रो गुण पहिले भए पनि कुर्सीको सान र प्रलोभनमा अरबौं पैसाको बिटोको लालचमा परेर भएका गुणहरु अबगुणमा बदलिन थाल्दछन् । उनीहरु देखे पनि नदेखे झैँ गर्छन् । सुने पनि नसुने झैँ गरी हिड्छन । जसरी समयको मिसावटमा कुनै पनि वस्तु अविचलित, शुद्ध र स्थायी भएर रहन सक्दैन भन्ने गतिवादको यो नै मुख्य दर्शन हो । तर व्यक्तिमा हुने स्वार्थ भावनाका अवगुणहरुलाई रोक्न सक्ने हो भने उस भित्रको देश भित्र हुनसक्ने प्रगतिको सुन्दर भावनाले केही न केही देशमा परिवर्तन ल्याउन सक्छ । तर यो इजरायल देश हैन नेपाल देशको हो । यहाँ त देशका नेतामा केवल कल्पनामा मात्र सम्भव छ । जब सम्म हरेक नेताले गर्ने राजनीति भित्र आफ्नै चरित्र र स्वभावमा परिवर्तन ल्याई एकापसमा मैत्रीभाव ल्याउन सक्दैन् भने यिनीहरुले देशमा के परिवर्तन ल्याउलान र ?
के यी देशका भित्र गद्दारी गर्ने नेताहरुलाई घोटेर नुहाइदिएकै भरमा गाई बनाउन सकिएला त ?
देशमा एउटा संविधान बनाउने नसक्ने राजनीति नेता बिचको लुछाचुँडीमा आफ्नो सम्मान, इज्जतको गति रोक्न नसक्नेले दुनियाँको गति के रोक्न सक्लान र ?
आफनै “घर” समाल्न नसक्नेले “देश” चलाउँछु भनेर डिंग हाँक्न सुहाउँछ ? यस्ता फोहरी, भ्रष्ट, निरज्जारा र घृणित व्यक्तित्वहरुले देशलाई “गतिलो” बनाउछु भन्दा त्यहा भन्दा ठुलो “जोक” अरु के हुन सक्छ र ?
यस्तै अवस्था हुने हो भने अब जनताले राजतन्त्रको नै फेरि आस नगर्लानरु भन्न सकिन्न किन कि यो पल्ट देशमा राजनीतिको होड्बाजी र आतङकको भयमा संविधान बन्न सक्छ कि सक्दैन भन्ने लाखौ जनताको आवाजले प्रश्नै प्रश्न खडा गरेको देखिन्छ ।
हेर्नुस साथी हो, प्रजातन्त्रको जननी मानिने बेलायत जस्तो देशमा पनि म्याग्ना कार्टा देखि बिल अफ राट सम्म (१२१५ – १६८९ )सम्म राजाले सांसदलाई पटक पटक धोका दिएको भनेर (१६४२–१६४५ ) जन प्रतिनिधिहरु लिङग, वर्ण, जाति र सम्राट चाल्स प्रथमका बिचको भीषण गृह युद्धमा नेपाल झैँ विरोधीको साथ जनताले दिए पश्चात् जनताको विशाल चाहना अनुरुप १६४९ मा उनलाई टाउको काटेर मृत्यु दण्ड समेत दिएका थिए । नेपालको राष्ट्रपति रामवरण यादव झैँ क्रम बेल लड प्रोटेक्टर(सरकार प्रमुख ) पनि भएकै थिए, तर १६५८ मा क्रम बेलको मृत्यु सँगै गणतन्त्र पनि धरापमा पर्‍यो । गणतन्त्रवादीहरुले देखाएका सपनाहरु असत्य र झुठो साबित हुन कत्ति पनि बेर लागेन र सबै कल्पना मात्र हुन पुगे । जुन किसिमले आज नेपाली जनताको आँखा अगाडी देशको स्थिति खडा भएको छ । त्यस्तै अवस्था भयो बेलायतको पनि ।” बेलायतमा फेरी राजतन्त्र पुन: स्थापनाका लागि पहिला झैँ जनताहरुले विशाल युद्ध गर्न थाले पछि गणतन्त्र को नाममा ढर्रा गर्ने निरङकुश नेताहरुले मुख लुकाएर भाग्नु शिवाय केही रहेन फलस्वरुप युद्ध थाम्न नसकी १६६० मै चाल्स प्रथमका छोरा चाल्स द्वितीयलाई राज सिंहासनमा बासलेका थिए भने अब नेपालमा पनि त्यस्ता कुरा राजनीतिमा विज्ञ व्यक्तिलाई थाहा नै होला ।
त्यस्तै फ्रान्सको पाचौं गणतन्त्रको संविधान बन्ने वेलामा जनरल दिगाल जस्तो नेता र दक्षिण अफ्रीकाको नेल्सन मण्डेला जस्तो दूरदर्शी नेता जस्ता प्रवृत्ति भएको नेता हुन नसक्दा देश र जनताले केही नपाउने तर नेता र उन्कै नजिकका नातेदारले मात्र मालामाल गरी मोज गर्ने । त्यागि र संसारको सबै भन्दा गरिब हालको प्रधानमन्त्रीले त नातेदारको मोह त्याग्न नसक्ने हुदा कस्को आस गर्ने देश र जनताले अब ?
जहिले सम्म देश र जनताको मायाले नेत्रृत्वलाई बेचैन हुदैन तब सम्म देशले केही आशा नगरे हुन्छ जनताहरुले । कृपया अब नेपालमा पनि विद्वान, नेता, सबैले एकपटक बेलायतको संवैधानिक इतिहासको अध्ययन गर्नु भए पक्कै थाहा हुनेछ । अस्ट्रेलियाकि अहिलेकी प्रधानमन्त्रीको धार्मिक अडान र श्रीलंकाली राष्ट्रपति राजापाक्षेबाट पनि केही सिक देशका भ्रष्ट्राचार, देशको गौरवलाई नै धरापमा हाल्ने विदेशी दलालका देशद्रोही चम्चाहरु ।
नेपाल देश हिन्दु तथा बौद्धको गरिमा भएको देशमा धर्म निरक्षेप भन्ने शब्द नै अपाच्य छ । जसको कारण कुनै बेला पनि देश भित्र युद्ध निम्ताउन सक्छ । जसरी जनताले युद्ध गरेर राजगद्दी हटाए त्यसै गरी अब जनताले नै गणतन्त्रको मूल मन्त्रलाई इतिहास बाटै फ्यालेर राजतन्त्र घोषणा गराउन नेपालमा पनि त्यस्तो अवस्था नआउला भन्न सकिदैन अब । यदि जनताले नै चाहे भने नहुने त केही पनि छैन । नहुने “दिन” आउने त जनताको नाम भजाएर खाने “ठेकेदार”हरुको मात्रै हो । तसर्थ हाम्रो आग्रह छ देशको लागि अहित सोच्ने र विदेशी डलरको लोभमा डुबेका नेताहरुले आफूलाई सुधरुण र अस्ट्रेलियाली प्रधानमन्त्रीको हालैको धार्मिक वक्तब्यबाट पनि केही सिकुन । अन्यथा तिमीहरुको नालायकीले तिमीहरुलाई नै कोतर्ने छ, आफ्नो भलाइ चाहन्छौ भने देश र जनताको पनि हितमा सोच्ने गर हैन भन्ने जनताले अब राँको लिएर आउने युद्धको प्रतीक्षा गर ।

प्रकाशित मितिः२०७१ फागुन ०७ गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment