विभागीय अभिवादन गर्दै मेरो आत्मीय शिष्यले च्याटमा आएर सन्चो बिसन्चो सोधे । भलाकुसारी पश्चात मैले पदोन्नती भयो त भाई भनेर सोधेको जवाफमा २ बर्ष भयो भन्ने जवाफ दिए । कुरा अगाडी बढाउंदै “पेन्सन पाक्न अब १ बर्ष बाँकी छ सर म पनि विदेश लाग्नु पर्यो हजुर काम गर्ने मलेसिया तिर राम्रो जागिर पाईदैन” ? भनेर प्रश्न गरे । जवाफमा मैले यताको हालको स्थिति सम्झिँदै सक्नु हुन्छ भने मलेसिया नआउनुस भनेर सल्लाह दिए । मेरो सल्लाह सुन्नासाथ मुटु नै छेड्ने गरि ती शिष्यले च्याटमा “हजुरले टन्न आफु कमाई हाल्नु भयो अब हामीलाई चैँ अब नआईज भनेर भन्नु हुन्छ हैन” भनेर जवाफ दिए ।
मेरो डिउटी जाने बेला भयो, पछि कुरा गर्छु भनेर सम्वाद बन्द गरे । शिष्यको जवाफले मनै अमिलो भयो । सोच्ने र सम्झिने शक्ति नभएको भन्ने कुरा पनि भएन किनभने अहिलेको परिस्थितिमा नेपालमा ईमान्दार सरकारी कर्मचारीहरुलाई परिवार पाल्न धौ धौ छ भने उसको गुनासो पनि सहि हैन भनेर भन्न मिल्दैन ।
मैले किन मलेशिया नआउनु भनेर सल्लाह दिए त्यसलाई म आफुले भोगेको भोगाई र देखिएको सत्य अनुसार बुझाउने कोशीस गर्दछु । मेरो लेखाई पूर्ण सत्य होला नहोला त्यो मलेसिया बसेर भोग्ने नेपाली श्रमिकहरुले राम्रैसंग बुझ्नु भएको छ भने नेपालमा बस्नेले अन्दाज गर्न सक्दैनन् ।
पंक्तिकार पनि हिजो सरकारी सेवामा बहाल थियो । समय र परिस्थिति अनुसार हुर्किंदैं गएको लालाबाला र बिरामी पत्नीको औषधि उपचारलाई धान्न नसकेर बाध्यताले सरकारी जागिरलाई तिलान्जली दिएर दुई चार पैसा जोगाउन सकिने आसले दक्षिण पूर्वी एसियाको औद्योगिक रास्ट्र मलेसिया छिरेको हो ।
सन २००४ डिसेम्बरमा नेपालकै नाम चलेको वैदेशिक रोजगार सेवा दिने कम्पनी मार्फत मलेसियाबाट पठाईएको आधिकारिक श्रम करार पत्रमा दायाँ बाँया रेखात्मक देखि लेखात्मक सहि छाप गरेर मलेसिया पसेको हाम्रो समुहलाई मलेसियाबाट नै प्रमाणित गरेर पठाएको सक्कल करार पत्रलाई बदर गरेर नेपालमा लेखिएको सेवा सुविधाभन्दा ३५५ भन्दा पनि कम दर रेटको सेवा सुबिधा बनाएर ठगि गरेको प्रत्यक्ष उदाहरणमा पंक्तिकार परेको थियो । अन्याय पर्यो भनेर नेपालको आधिकारिक कम्पनीलाई भन्दा हाम्रो माग हावामा बिलिन भएको पनि हिजै जस्तो लाग्छ ।
मलेशियामा सुरक्षा गार्ड लाई दिनमा १२ घण्टा अनिवार्य काम गर्नु पर्छ भने त्यो पश्चात पनि स्थानीय लोकल गार्डले डिउटी नलिएको अबस्थामा उक्त डिउटी समेत नेपाली सुरक्षा गार्डले खापेर गर्नु पर्ने हुन्छ । मलेसियाको कम्पनि मालिकहरुमा चिनिया समुदाय नागरिकहरुको सबै भन्दा बढी बर्चस्व कायम छ । चिनियाँहरुले पनि नेपाली हिन्दुहरुले आधा महिना दशैँ मानेकै जस्तै गरि आफ्नो ठूलो पर्व चिनियाँ नव बर्ष २ हप्ता सम्म मनाउछन भने त्यो बेलामा कुनै कुनै कम्पनीहरु हप्तौ हप्ता बन्द हुने भएकोले त्यस्तो बेलामा डिउटी गर्दिन भन्न पाईदैन । पंक्तिकारले सन २००६ मा १६ दिन ३० रात लगातार डिउटी गरेको अनुभव समेत संगालेको छ ।
काम गरे अनुसारको ज्याला दिएको भए पनि चित्त बुझाउने बाटो हुन्थ्यो तर अतिरिक्त डिउटी गरेको पुरा पैसा समेत दिदैन । पंक्तिकारको दैनिक ज्याला घण्टाको २ रिंगेट ५८ सेन थियो भने अतिरिक्त ओभरटाईम गर्नु पर्यो भने ८ घण्टा पछिको सबै घण्टाहरु ओभरटाईममा गणना हुन्छ । २/५८ लाइ दुईले भाग गर्दा १/२९ हुन्छ र त्यसलाई २/५८ मा जोड्दा ३/८७ हुन्छ भने १२ घण्टाको ४६/४४ हुन्छ । यहि ४६/४४ को दरले पाउनु पर्ने ज्याला १६ दिन गर्दा ८ दिनको दिएर ८ दिन गायब गरेको घटना पंक्तिकारले बिर्सेको छैन भने त्यो डिउटी गर्दाको समयमा निर्जन स्थानमा कति दिन रात भोकै प्यासी कर्तव्य निभाईयो त्यो पनि अहिले सम्म झल्झली आँखामा नाचेको छ । त्यसरी डिउटी गरेको भएर होला पंक्तिकारले निकै लामो समय ग्यास्ट्रिक रोगसँग जुध्नु परेको थियो । समयमा औषधि नगरेको भए त्यो ग्यास्ट्रिक बिग्रेर अल्सर पनि हुन सक्थ्यो होला ।
यी माथिका घटना त यता मलेसियाको लागी सामान्य घटनाहरु हुन । उजुर बाजुर गर्ने भनेको नेपालको आधिकारिक कम्पनीलाई हो तर नेपालको कम्पनीहरुबाट न्याय पाउनु भनेको अन्यायमा परेकोहरुको लागि सपना सरह नै हुन्छ भने सयमा सय नेपाली श्रमिकहरुलाई श्रम अदालत जानु पर्छ भन्ने नै थाहा छैन ।
सन २०१३ पछी मलेसियामा लेबी फ्री भनेर जुन हल्ला चलाईएको छ हाल आएर त्यो सयमा सय नै झुठो जस्तै भै सकेको छ । मलेसियामा अहिले प्राय सबै कम्पनीहरुले १५० देखि ३०६ रिंगेट सम्म लेबी काटेको बुझिएको छ भने “मलेसियामा लेबी फ्री भनेको हैन” भन्ने बिषयमा पंक्तिकारले विभिन्न छापा तथा विद्युतिय पत्रिकामा लेख प्रकाशित गरेर सम्बन्धित पक्षको ध्यानाकर्षण समेत गरेको छ ।
मलेसियामा साधारण मजदुरलाई ९०० रिंगेट सुरु तलब छ भने ओभरटाइम दिने नदिने भनेको कम्पनीको कामको प्रकृतिमा भर पर्छ । कम्पनि चलेको छ भने ओभरटाइम पाईन्छ र दैनिक ४ घण्टा ओभर टाइम गर्न पाईयो भने लेबी, बत्ति पानि, आदिको शुल्क मासिक २५० काटे पनि नेपालीहरुले १ हजार देखि १२ सय सम्म बचत गर्न सक्छन् तर सुक्खा तलव ९०० मा लेबी २५० काट्यो र खाना खाजामा ३५० खर्च भयो मासिक ६०० खर्च हुन्छ भने मुस्किलले ३०० रिंगेट भन्दा बचाउन सकिन्न । ३०० रिंगेट भनेको आजको मुद्रा विनिमय दर नेरु २७।६० अनुसार नेरु ८२८०।०० हुन्छ ।
भन्ने बेलामा बिज्ञापनमा मेन पावर कम्पनीले ८० हजार भने तापनि डेढ देखि २ लाख खर्च गरेर ३३ देखि ३५ डिग्रीको गर्मीमा पसिना चुहाएर ने.रु ८२८०।०० भन्दा बढी मासिक आम्दानि हुन्न भने अनेकौ दु:ख कष्ट सहेर मलेसिया आउनुको कुनै अर्थ छ र ?
मैले जुन तथ्यमा आधारित रहेर यो लेख प्रस्तुत गरे सयमा आधा भन्दा बढ्ता नेपाली श्रमिकहरुले भोग्दै आएको समस्या हो तर लेबी तथा अन्य सम्पूर्ण शुल्कहरु नलिने हो र दैनिक ३ घण्टा सम्म ओभरटाईम अनिवार्य दिने शर्त भयो भने मात्र मलेसियामा आएर श्रम गर्नेहरुको पसिना खेर जान्न तर अहिलेको यस्तै स्थिति रह्यो भने मलेसिया आएर पसिना चुहाउनुको कुनै अर्थ छैन ।
प्रकाशित मितिः२०७१ फागुन ७ गते बिहीवार