–दिवाकर मैनाली
सर्वसाधारण जनमानसले भ्रष्टाचार भन्ने बित्तीकै कुनै काम बनाउनकोलागि कर्मचारीलाई लुकाइ छिपाइ दिईने घुस अथवा रकम भन्ने बुझ्दछन् । तर घुस मात्र भ्रष्टाचार नभएर राष्ट्रका ठूला ठूला परियोजनाको लागि देश तथा विदेशबाट छुट्याइएको रकम मध्येबाट केही अंश वा केहि हिस्सा काम गर्ने वा गराउने व्यक्तिले आफ्नो व्यक्तिगत प्रयोजनको लागि गरिएको खर्च वा छुट्याइएको रकमलाई नै उक्त ब्यक्तीले भ्रष्टाचार गरेको भन्ने बुझिन्छ ।
भ्रष्टाचार गर्ने काम मुलुकका राजनीतीक दलका नेता, कुनै सरकारी कर्मचारी तथा संघ संस्थाका पहुँचवाला र ओहोदाको व्यक्तीहरु र विभिन्न एनजिओ, आईएनजीओ जस्ता विदेशी दातृ निकायहरुका पदाधिकारीहरुनै अधिकांश भ्रष्टाचार गर्ने मध्यका सुचिमा पर्ने गर्दछन । तर सबै खाले व्यक्तीले भने भ्रष्टार गर्छन् भन्ने चाहिं छैन । यस्ता कार्यालयहरुमा इमान्दार व्यक्तिहरु पनि रहिआएका छन् ।
संसारका अधिकांश मुलुकहरु भ्रष्टाचारकै कारण संकटमा परेको स्थिति छ । भ्रष्टाचारकै कारण मुलुक मंहगी तथा बेरोजगारी अत्याधिक बढ्ने गर्दछ । मंहगी कै कारण देश र जनताको आर्थिक स्थिती कमजोर बन्ने गर्दछ । जनताको आर्थिक स्थिती कमजोर बनेसंगै मुलुकमा हत्या, लुटपाट, बलात्कारजस्ता अपराधहरुको श्रृजना हुने गर्दछ । यस्ता अपराधका गतिविधिले तीव्रता पाउन थालेपछी मुलुकको संपूर्ण निकाय र व्यवस्थापन नै अपांग बन्न जाल्छ । त्यसपछि मुलुककै सार्वभौमिकता गुम्ने सम्भावना रहन्छ । त्यस्ता व्यक्तिहरुले भ्रष्टाचार गरेर कमाएको अर्थात तिनका श्रोत नखुलेको सम्पत्ति नै कालो धन भनेर बुझिन्छ । राजनीतिक स्थिरता र कानुन नीति प्रभावकारी भएको मुलुकमा भने भ्रष्टाचारीहरुको संख्या न्यून छन् । भ्रष्टाचारीहरुलाई कानुनको कठघरामा उभ्याइ कानुन बमोजिमको कडा भन्दा कडा सजाय दिने मुलुकहरुपनि निक्कै नै छन् ।
हालसम्मको सर्वेक्षण अनुसार प्रमुख रुपले दक्षिण एशियाका मुलुकहरु भ्रष्टाचारका कारण जोखिममा पर्दै गैरहेका छन् । त्यस मध्ये पनि नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका जस्ता गरीबीले विक्षिप्त भएका मुलुकहरुमा भने अत्यधिक मात्रामा भ्रष्टाचार हुने गरेको छ । यी मुलुकहरुमा एउटा चुरोट, एउटा सलाइ देखी अरबौं अर्ब रुपैया सम्मका भ्रष्टाचारका गतिविधि हुने गर्दछ । यहाँ भ्रष्टाचार गर्ने एक किसीमको संस्कार नै बसिसकेको अवस्था छ । सरकारले चाहेर पनि यस्ता भ्रष्टाचारीहरुलाई नियन्त्रण गर्न सकिरहेको छैन । भ्रष्टाचार सम्बन्धी सरकारले जस्तो सुकै ठोस कदम चाले पनि अन्तत: त मत्थर नै बनेर जाने गरेको अवस्था छ । सरकारमा पुग्नको लागि आफैबाट ठूलो रकमको चलखेल हुनुका कारण पनि सरकारले भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी निती ल्याउन नसकेको हो । जन धनको बलले सरकारमा जाने र पुस्त सम्पत्ती कमाउने गरि राजनीतीक क्षेत्रलाई मुलुकका नेताहरुले एक किसिमको व्यापार जस्तै बनाएको स्थिती छ । त्यसै कारणले पनि भ्रष्टाचार नियन्त्रण गर्न यी मुलुक असफल भएका हुन् ।
संसारका सबै मुलुकका भ्रष्टाचारीहरुले रकम वा सम्पत्ति लुकाउने प्रमुख गन्तव्य भने स्वीटजरल्याण्ड मुलुकको एच. एस. बि. सी. बैँक अर्थात स्वीस बैँक बन्दै आएको छ । स्वीस बैँक भनेको यस्तो बैँक हो जुन बैँकमा सँसारका कुनै पनि व्यक्तिले खाता खोल्न सक्दछ र उक्त व्यक्तीले राखेको गरगहना वा पैसा सबै सम्पत्ति अति गोप्य राख्ने काम बैँक आफैले गर्ने गर्दछ । यो बैँक संसारमै सुरक्षित बैँक मानिन्छ । त्यसै कारणले पनि यो बैँकमा संसारका धनाढ्य ब्यक्तीहरुको पहुँच प्रभावकारी देखिन्छ । राम्रो किसिमले व्यापार व्यवसाय देखि मुलुकमा भ्रष्टाचार गरेर कमाएको अकूत संम्पत्ति, कालाबजारी गरेर कमाएको सम्पत्ति र दुई नम्बरी गरेर आय आर्जन गरेको सम्पत्ति राख्ने एकमात्र थलो उही स्वीस बैँक नै बनेको छ । संसारमा कालो धन राखिदिने वा राख्ने दुबैलाई सजाय हुने व्यवस्था भए तापनि स्वीस बैँकले भने गोप्यको नाम मा खुल्लेयाम यो धन्दा गर्दै आइरहेको छ ।
खासमा भन्नु पर्दा स्वीस बैँक कै सहजताको कारण पनि संसारका देशहरुमा भ्रष्टाचारले जरो गाडेको भन्दा फरक पर्दैन । यो बैँकले भ्रष्टाचारीहरुलाई प्रत्यक्ष रुपले नै संरक्षण तथा बढवा दिइरहेको छ । यो कुरा संसारकै ठूला कानुनविदहरु र ठूला–ठूला मुलुकहरु राम्रैसँग जानकार पनि छन् । भ्रष्टाचारीको सुरक्षित बैँक स्वीस बैँक भए पनि यसको विरोध र कार्वाहिका पक्षधरहरु खडा हुन सकेका छैनन् । यो बैँकको नकारात्मक नीतीको बारेमा कुनै ब्यक्ती वा संस्थाले पनि आवाज उठाउन सकिरहेको छैन । यसको पनि प्रमुख कारण यहि हो की ठूला ठूला राष्ट्र, अति विशिष्ट व्यक्ति तथा धनाढ्यहरुको समेत उक्त बैँकमा दरिलै पंहुच र साँठगाँठ छ भन्ने बुझिन्छ । त्यसै कारणले पनि ठूला ठूला भ्रष्टाचारीहरु कानुनको दायरामा आउन नसकेका हुन् ।
ठूला भ्रष्टाचारीलाई राज्यले कार्यवाही गर्न नसकेपछि साना भ्रष्टाचारी भने त्यसै पनि मौलाउँदै गएका हुन् । साना भ्रष्टाचारी ठूला भ्रष्टाचारीहरुको छत्र छाँयामा हुर्किएका हुन्छन् भने मुलुक का सम्बन्धित निकायदेखि सरकारका उच्च पदाधीकारीहरु, राजनीतीक क्षेत्रका प्रमुख नेताहरु सबै ठूला भ्रष्टाचारी गिरोहको पञ्जामा शक्तिशाली भएका हुन्छन् र आफुलाई सत्तामा टिकाइ राखेका हुन्छन् । यस्ता यस्ता मुलुकका धमिराहरूको कारण नै स्वीस बैँकको कालो धनको गोप्य नीति झनै मजबुत बन्दै गैरहेको छ । भ्रष्टाचारीहरुको मुल नसो वा मुल जरो बनेर आफुलाई स्थापित गरेको स्वीस बैँकको नकरात्मक पक्षहरु तुरुन्तै बन्द गर्न आवश्यक देखिन्छ । जबसम्म स्वीस बैँकले कालो धन आर्जन गर्ने हरुलाई संरक्षण गरिरहन्छ तब सम्म बिश्वमा भ्रष्टाचारमा न्यूनीकरण आउन सक्दैन ।
प्रकाशित मितिः२०७१ फागुन ७ गते बिहीवार