क्राइमचेक प्रतिनिधि/
वीरगंज/नेपाल भारतको भारतीय सीमा क्षेत्रमा खटिने भारतीय सशस्त्र प्रहरी बलका आपत्तिजन गतिविधिका कारण द्विपक्षीय सम्बन्धमा असर पर्ने संकेतहरू देखापरेपछि नेपाल साधु महासंघले चासो लिएको छ ।
नेपाली उखु किसानलाई भारतीय सशस्त्र सुरक्षा बल (एसएसवी) ले अनावश्यक दु:ख दिइरहेकोमा नेपाल साधु महासंघले आपती जनाएको छ । नेपाली किसानलाई बिहारको चिनी उ
द्योगमा नेपालमा उत्पादित उखु लग्नबाट भारतीय महावाणिज्य दूतावासको इजाजतको बावजुद भारतीय सीमा सुरक्षा बल अर्थात सशस्त्र प्रहरीले रोकेकोमा महासंघले आपती जनाउदै समस्याको यथाशीघ्र समाधानको मांग सरोकारवाला पक्षसँग माग गरेको छ । नेपाल साधु महासंघका संरक्षक सेवक सौरभनाथको अगुवाईमा बुधबार वीरगंजको बृन्दावन रेस्टुरेन्टमा मधेसी पत्रकार समाजद्वारा आयोजित पत्रकार सम्मेलन मार्फत एसएसवीको गतिबिधीको निन्दा र दु:ख व्यक्त गरिएको छ ।
पत्रकार सम्मेलनमा सेवक सौरभले भने नेपाल भारत वीच सदियो देखि रहिआएको सहयोगको सम्बन्धमा एसएसवीको समय समयमा हुने गरेको आपत्ति जनक गतिबिधीले नेपाल भारत सम्बन्धमा खलल पुर्याइरहेको छ । यसलाई रोक्न नितान्त आवश्यक छ । समस्या प्रति महासंघले दिल्ली स्थित प्रधानमन्त्री, गृहमन्त्री र विदेशमन्त्रीको ढोका समेत ढक्ढाकाउने समेत पत्रकार सम्मेलनमा जनाइएको छ । बुधबार भारतको जिम्मेवार मन्त्री र पदधिकारीलाई महासंघले पत्र नै पठाएर किसानको समस्या समाधान गर्न र एसएसवीको गलत गतिबिधी रोक्न मांग समेत गरेको छ । स्मरणरहोस्, दूतावासले वुधबार नै नेपाल साधु महासंघद्वारा ३ वटै बिभागमा इमेल र फयाक्स मार्फत ध्यानाकर्षण गराईसकेको बाबाले बताए । साधु महासंघको उक्त पत्रकार सम्मेलनमा उखु किसान संघ पर्साका अध्यक्ष शहरुम राउत गद्दी, सचिव सोयालाल रौनियार, भन्सार एजेन्ट महासंघको केन्द्रिय उपाध्यक्ष एवं युवा समाजसेवी श्यामबाबु पटेल तथा मधेसी पत्रकार समाजका अध्यक्ष संतोष पटेललगायत उपस्थित रहेका थिए ।
प्रकाशन मितिः२०७१ माघ २९ गते बिहीवार