अब सिमरा विमानस्थलबाट पनि रात्री उडान

क्राइमचेक प्रतिनिधि/
वीरगंज/रात्री उडानका सम्पूर्ण पूर्वाधारहरु तयार भई सकेपछि पनि विद्युत प्राधिकरणको लापरवाहीको कारण एप्रोच लाईट जडान नहुंदा रोकिएको सिमराको रात्रीकालिन उडान अब शुरु हुने भएको छ ।

रात्रिकालिन उडानका आवश्यक सवै तयारी पूराभएपछि मंगलबार सांझ रात्रि उडानको परिक्षण समेत सम्पन्न भएको छ । काठमाडौंबाट आएका बुद्ध एयरको विमान सांझ ५:४५ मा विमानस्थलमा अवतरण गरेर ६:४५ मा उडान भरेर परीक्षण सफल रुपमा सम्पन्न भएको थियो । सिमरा विमानस्थलका प्रमुख परवेज आलम सिद्दिकीले उडानका लागि सबै तयारी परा भएपछि परीक्षण उडान गरिएको बताउनु भयो । उहाँले अब सिमरामा रात्रीकालिन उडान समेत संचालन हुने जानकारी दिनुभयो ।

विमान स्थलमा रात्री उडानका लगि एप्रोच लाइट, पापी लाइट, मौसम र दिशानिर्देश गर्ने उपकरण जडान सम्पन्न भई सकेको छ । यसअघि राजधानीबाहिर विराटनगर, भैरहवा र नेपालगंजमा रात्रिकालिन उडान हुँदै आएको थियो । रात्रिकालिन उडान हुने भएपछि अब वीरगंज लगायत मध्य तराईका बासिन्दाहरुले सहज रुपमा उडान सेवा प्राप्त गर्ने भएका छन् ।

प्रकाशित मितिः २०७१ पुस १७ गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment