भु – माफिया बिरुद्ध कार्यवाहीको माग

आर.सि.एनबाट
वीरगंज, पुष । भु माफिया बिरुद्ध जिल्ला प्रशासन कार्यालय बारामा यहि पुष ८ गते लिखित शान्ति सुरक्षाको उजुरी गरेता पनि पटक पटक ज्यान मार्ने धम्की भु माफियाहरुले दिदै आएकोमा उक्त धम्की बारे प्रहरी प्रशासनलाई पटक पटक खबर गरेता पनि स्थानिय प्रहरी प्रशासनबाट कुनै किसिमको सुनुवाई नभएको र न्याय पाउने बिश्वासको बाताबरण हराउदै जाने क्रममा रहेकोले म तारा कुमारी राम र मेरा दुई जना दाजु भाईहरु प्रति भएको अन्या तथा शान्ति सुरक्षा खलल पुर्‍याउने ब्यक्तिहरु मथि कडा भन्दा कडा कानुनी कार्यवाही गर्न नेपाल सरकारसँग आज रिपोर्टस कलब नेपाल पर्साको बिशेष साक्षात्कार कार्यक्रममा मार्फत जोडदार माँग गरेकी छिन ।
सो घटना यहि पुष ३ गते का दिन जिल्ला बारा गा.बि.स. लिपनिमाल वडा न. ४ मा बस्ने ओम प्रकाश यादव, महानारायण यादव, सुरेन्द्र यादव र पर्सा जिल्ला चोर्नी गा.बि.स. वडा नं. ५ मा बस्ने राम बालक मण्डल धानुक, सुग्रिन मण्डल र रामबाबु यादवले डोजर भाडामा ल्याएई एक्कासी मेरो करेसा बारीमा रोपिएका तरकारी, बोट बिरुवा लगायत ८ वटा कोठा भएको घर समेत भत्काउन लागे पश्चात हामी सम्पुर्ण परिवार बिरोध गर्न खोज्दा उल्टै गाली बेईजति गदै कुटपिट समेत गरे पश्चात म तारा कुमारी राम बारा जिल्लाको जितपुर प्रहरी चौकीमा उजुर गरेर घर फर्किदा सम्म ८ वटाको घर जम्मा २ कोठाको घर बाँकी रहेको र उक्त कोठाका छानामा राखिएको टायल, काठ र बाकस समेत तोडफोड गरी गरगहना समेत लुटेर गई सकेका थिए ।
भने सो घटनाबाट आमा र भाईहरु रोएर घर भएको खाली जग्गामा बसिरहेका थिए । उक्त घटनाको कारणले गर्दा सोही पुष ३ गते रातमा आमाको हाट हटेकका कारण मृत्यु हुन पुग्यो ।
सो जग्गा पर्सा जिल्लाको गा.बि.स.चोर्नी – ५ र बारा जिल्लाको गा.बि.स. रामपुर टोकनी – ३ दुवै जिल्लाको सिमानामा रहेको सडक वारीपारीले छुटीएको कुरा साक्षात्कार कार्यक्रममा रामले बताईन ।
साथै जिल्ला पर्सा गा.बि.स.चोर्नी वडा नं. ५ बाट मेरो बुवा स्व. कालिका महरा र मेरी आमाको नागकिता बनाएता पनि मेरी आमा कुसमी देवी  पर्साको चोर्नी गा.बि.स. र बारा जिल्लाको रामपुर टोकनी गा.बि.स.को सिमानामा रहेको सडक पारी रामपुर टोकनी गा.बि.स.वडा नं. ३ मा रहेको नेपाल सरकारको नाममा पर्ती एैलानी जग्गा दर्ता रहेको किता नं. २ को ज. बि. १ – ३ –  १५ धुर अन्र्तगत मध्ये ० – १ – १० धुरमा ४५ बर्ष देखी स्थायी रुपमा घर निर्माण गरीनुको साथै करेसा बारी तथा बिभिन्न प्रकारका बोट बिरुवाहरु समेत हुर्काएकार बसोबास गर्दै आएका थिएं र मेरो घरको पुर्वमा सडक, पश्चिम पट्ठि खोला, दक्षिणमा मन्दिर र उतर तर्फ एकान्ति देवी यादव रहेकी कुरा साक्षात्कार मा जानकारी रामले गराईन ।
भने कार्यक्रममा स्व. श्रीमति कुसमी रामकी छोरा मनोज कुमार राम, श्याम कुमार राम र बारा जिल्ला निजगढका अन्तर पार्टी महिला सञ्जालका शर्मिला बिश्वकर्माको समेत उपस्थिती रहेको कार्यक्रम रिपोर्टस क्लब नेपाल मधेश क्षेत्रिय संयोजक कन्हैया गुप्ताको सभापतित्वमा सम्पन्न भयो । 

SHARE THIS

Author:

Facebook Comment