क्राइमचेक प्रतिनिधि/
वीरगंज/वीरगंज उपमहानगरपालिका तथा युनिसेफको संयुक्त आयोजनामा विपद जोखिम न्युनिकरण सम्बन्धि अभिमुखिकरण तालिम बुधबार सम्पन्न भएको छ ।
गत पुष १३ गतेबाट शुरु भएको विपद जोखिम न्युनिकरण सम्बन्धि अभिमुखिकरण तालिममा विपदलाई कसरी व्यवस्थापन गर्ने, विपद भएपछि तत्काल राहत, उद्धार कसरी गर्ने, विपद आउनबाट रोक्न तथा यसको न्युनिकरण कसरी गर्ने, भन्ने सम्बन्धमा प्रशिक्षण दिईएको बीरगंज उपमहानगरपालिकाका कार्यकारी अधिकृत बिष्णु कोईरालाले बताउनभुयो ।
विभिन्न राजनीतिक दलका प्रतिनिधि, नगरपालिकाका कर्मचारी, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि, संचारकर्मी, सामाजिक परिचालक, बाल संजालका प्रतिनिधि,नेपाल प्रहरी,सशस्त्र प्रहरी,नेपाली सेना,लगायतका २ सय जनालाई बिशेष प्रशिक्षण दिएको कार्यकारी अधिकृत कोईरालाले बताउनु भयो ।
तालीमको बुधबार एक समारोहका बिच समापन गर्दै कार्यकारी अधिकृत कोईरालाले स्थानिय योजना तर्जुमाकालागी तालीमले महत्वपुर्ण भुमिका खेलेको भन्दै प्रकोपलाई न्युनिकरण गर्न आगामी दिनमा योजना छनौटगर्दा थोरै काम गरेपनि गुणस्तरीय कामतर्फ ध्यान दिनुपर्ने कुरामा जोडदिनुभयो ।
प्रकाशित मितिः२०७१ पुस १७ गते बिहीवार...