१७ पुस ।
निजगढ स्थित लोकप्रिय बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यहरुको १ लाखको दुर्घटना बिमा गरेको छ ।
सदस्यहरुको हितका लागि विविध कार्यक्रम गर्ने क्रममा संस्थाले बिमा कार्यक्रम लागू गरेको संस्थाका व्यवस्थापक रोशन तिमल्सिनाले बताउनु भयो । संस्थाले हेटौाडा स्थित प्रुडेन्सियल ईन्स्योरेन्स मार्फत पहिलो चरणमा तीनसय ८५ सदस्यको बिमा गरेको तिमल्सिनाले बताउनु भयो । बिहिबार सदस्यहरुको सामूहिक दुर्घटना बिमालेख हस्तान्तरण गर्दै कम्पनीका प्रबन्धक अर्जुन सुवेदीले सहकारी सदस्यहरुको दुर्घटना जोखिमबहन शुरु भएको जानकारी दिनु भयो ।
यहाा स्थित सहकारीहरुका तर्फबाट बिमा कार्यक्रमलाई शुरु गर्ने लोकप्रिय नै पहिलो भएको व्यवस्थापक तिमल्सिनाले बताउनु भयो । सदस्यहरुसाग सम्बन्धित जोखिमहरुलाई बिमाका माध्यमबाट हस्तान्तरण गर्न र सदस्यहरुमा बिमा सम्बन्धी जानकारी बढाउन जरुरी रहे अनुरुप विभिन्न कार्यक्रमहरु तय गरिएको उहााले बताउनु भयो ।
समाजमा बिमाको महत्व बढ्दै जानु सकारात्मक भएको भन्दै प्रुडेन्सियल ईन्स्योरेन्स हेटौाडाका प्रमुृख अर्जुन सुवेदीले बिमाको बजार प्रबर्धनमा सहकारीको भूमिका पनि प्रमुख हुने बताउनु भयो ।