क्राइमचेक प्रतिनिधि/
वीरगंज/स्थानिय निकाय कर्मचारी संघको आह्वानमा बुधबार वीरगंज उपमहानगरपालिकाका कर्मचारीले पाउदै आएको सेवा सुविधा नपाएको भन्दै ११ बजे देखि १ बजे सम्म पेन डाउन गर्ने कार्यक्रम आंशिक रुपमा सम्पन्न भएको छ ।
नगरपालिका कर्मचारी एशोसिएशन संघ विरोधमा उत्रिपछि झडप हुने आशंकाले ठूलो संख्यामा प्रहरी परिचालन गरिएकोले शान्तिपूर्ण रुपमा विरोध कार्यक्रम सम्पन्न भएको छ ।
दुई खेमामा बाडिएका कर्मचारीहरु मध्ये एशोसिएशनले नगरपालिका केहि स्वार्थी अधिकृतहरुको बहकाउमा लागेर स्थानिय निकाय कर्मचारी संघ आन्दोलनमा लागेको आरोप लगाएको छ भने यता आन्दोलनरत कर्मचारीहरुले उपमहानगरपालिकाका कार्यकारी अधिकृत विष्णु प्रसाद कोइरालाको हैकमवादी प्रवित्तिको कारण आफूहरु आन्दोलनमा उत्रिन परेको स्थानिय निकाय कर्मचारी संघ वीरगंज उपमहानगरपालिकाका अध्यक्ष मुकेश गुप्ताले बताउनु भयो । पेन डाउन भनिएपनि नगरपालिकाको अधिकांश शाखामा कर्मचारी बसेर काम सुचारु गरेका थिए ।
प्रकाशित मितिः२०७१ पुस १७ गते बिहीवार