काठमाडौं/व्यवस्थापिका संसद्को सार्वजनिक लेखा समितिले ३५ किलो सुनको सुराकी बापतको कमिशन रकम वास्तविक सुराकीले पाए/नपाएको बारेमा अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ ।
समितिले उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतम, अर्थसचिव सुमनप्रसाद शर्मा, गृहसचिव सूर्यप्रसाद सिलवाल र प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालसँगको छलफलपछि ३५ किलो सुनको सुराकीबापतको कमिशन रकमबारे छानबिन गर्न अख्तियारलाई निर्देशन दिएको हो ।
नेपाल प्रहरीले २०७० सालको असार २६ गते काठमाडौंको कोटेश्वरबाट ३५ किलो सुन बरामद गरेको थियो । भीमबहादुर तामाङ, पदमबहादुर तामाङ र सञ्जय झाको सुराकीका आधारमा प्रहरीले सुन बरामद गरेकामा भन्सार ऐन २०६४ अनुसार पाउनुपर्ने १५ प्रतिशत कमिशन रकम नपाएपछि सुराकी दिएकाहरुले लेखा समितिमा उजुरी गरेका थिए ।
समितिले उजुरीको आधारमा एक महिनासम्म छलफल गरि वास्तविक सुराकीलाई कमिशन दिलाउने तथा नक्कली सुराकी खडा गरि कमिशन रकम लिने प्रहरीमाथि कारबाही गर्ने गरि अनुसन्धान गर्न अख्तियारलाई निर्देशन दिएको छ ।
प्रकाशित मितिः२०७१ पुस १७ गते बिहीवार