क्राइमचेक प्रतिनिधि/
वीरगंज/अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रिय कार्यालय काठमाण्डौबाट खटिएको टोलीले बुधवार घुस वापतको २५ हजार नगद सहित दुई जनालाई वीरगंजबाट रंगेहात पक्राउ गरेको छ ।
पर्साको भवानीपुर गाविस स्थित नेरा प्रावि सौराहाका प्रधानाध्यापक केशव प्रसाद यादवसंग बारम्बार रकम माग गर्दै आएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालबाबु साह कानु र अभिभावक संघका अध्यक्ष चादशी यादवले २५ हजार रुपैया घुस वापतको रकम बुझिरहेको अवस्थामा अख्तियारको टोलीले निजहरुलाई रंगेहात पक्राउ गरेको थियो ।
पक्राउ परेका दुई जनालाई थप कारवाहीका लागि अख्तियारको टोलीले काठमाण्डौ लगेको छ ।
बारम्बार प्रधानाध्यापक यादवसंग अवैध रकम माग गर्दै दु:ख दिन थालेपछि पर्सामा एन्टीक्रप्सन विरुद्ध लडदै आएको मिसन नेपालको अगुवाईमा कानु र यादवलाई रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
प्रकाशित मितिः२०७१ पुस २४ गते बिहीवार