शिक्षा विभागको अनुगमन टोली स्थलगत निरीक्षणमा

क्राइमचेक प्रतिनिधि/ 
बीरगंज/शिक्षा विभागले कालो सूचीमा राखेको पर्सा जिल्लालाई अब हटाउनु पर्छ भन्ने माग उठि रहेका बेला केन्द्रबाट अनुगमन टोली स्थलगत निरिक्षणका लागि आईपुगेको छ । शिक्षा विभागका उपनिर्देशक तेज प्रसाद काफ्लेको नेतृत्वमा पर्सामा आएको ५ सदस्यीय टोलीले जिल्लाका ९ वटै श्रोत केन्द्रहरुका भौतिक संरचनाहरुको स्थलगत निरिक्षण गर्ने जिल्ला शिक्षा कार्यालय पर्साले जनाएको छ ।
पर्सा जिल्लामा विगत लामो समय देखि जिल्ला शिक्षा कार्यालय पर्सा अन्तरगतका ९ वटै श्रोत केन्द्रमा निर्माण गरिएका विद्यालय भवन,  शौचालय, पर्खालको अवस्था तथा भुक्तानी प्रकृया र अनियमितताका मुद्दाहरुलाई अनुगमन टोलीले एक साथ अगाडी बढाएको छ । निर्माणको क्रममा भएका कमी कमजोरी  र आर्थिक हिनामिनाका मुद्दाहरुलाई टोलीले गहन रुपमा अध्ययन गरि रहेको पर्साका  जिल्ला शिक्षा अधिकारी बरखु प्रसाद रजकले बताउनु भयो ।

प्रकाशित मितिः२०७१ पुस २४ गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment