वीरगंज १ माघ ।
माघी पर्व तथा माघी संक्रान्तिको अवसर पारेर स्वतन्त्र मानव अधिकार समाज केन्द्रिय कार्यालयवीरगंजले आज बाल कल्याण गृहका बालबालिकाहरुसंग रमाईलो क्षण कार्यक्रमको आयोजना गरेको छ । अभिभावक विहिन भएका बालबालिकाहरुलाई माघी पर्वको अवसरमा फलफुल तथा मिठाई एवं खेलकुदका सामग्री प्रदान गरिएको थियो । कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप केडियाले अभिभावक नभएका बाल बालिकालाई संरक्षण गर्नु र चाडवाडमा उनीहरुलाई रमाईलो गराउने दायित्व समाजको भएको हुंदा यसमा उद्योगी व्यवसायिको समेत सदैव सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नु भयो । समाजका सभापति कृष्ण कुमार खनालको सभापतित्वमा सम्पन्न कार्यक्रममा बाल कल्याण गृहका संरक्षक डा.श्याम सुन्दर दास, अभिभावक संघ पर्साका अध्यक्ष अमर गौतम, वीरगंज युवा समाजका अध्यक्ष कमल चौगाई, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, वीरगंज जेसीसका पूर्व अध्यक्ष अमित श्रेष्ठ, प्रविण मानन्धर, चर्चित गायक सन्जु अमात्य,नेपाल सदभावना पार्टीका केन्द्रिय सदस्य नेजामुद्दि अंसारी,मानव अधिकार तथा शान्ति समाजका कार्य समिति सदस्यद्वय राजेश बोथ्रा,पन्नालाल पटेल,स्वतन्त्र मानव अधिकार समाज केन्द्रिय कार्यालय वीरगंजका उप सभापति रमेश शर्मा,सचिव नन्दी किशोर यादव,केन्द्रिय सदस्यहरु गौरव सन्तोष पटेल,बृजेश टेमानी (अग्रवाल),सुवोध गुप्ता,संजय साह कानु, नितिन शाह,आजादी अहिर,दिपक साह कानु, लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो । सोही प्रकार संचारकर्मीहरु नेहाल खान,अरमान अलि,आविद अंसारी,महेश चन्द्र गौतम लगायतको उपस्थिती रहेको थियो ।कार्यक्रमको सहजिकरण समाजका महासचिव ध्रुव अधिकारीले गर्नु भएको थियो । सोही अवसरमा स्थानिय महिला देवकी नन्दन तुल्स्यानले पनि आजै सोही क्रममा बाल कल्याण गृहका बालबालिकाहरुलाई न्यानो कपडा तथा खाजा प्रदान गर्नु भएको थियो ।
यसैविच मकर सक्रान्ती पर्वको अवसरमा बाराको सदरमुकाम कलैया १ निवासी लक्ष्मी प्रसाद यादवले आज बिहान एक सय ५ जना अती बिपन्नहरुलाई कम्बल बितरण गर्नुभएको छ । यादवले आज एक कार्यक्रम बिच कलैया वडा नं १ ,२ र ५ का एक सय ५ जना अती बिपन्नहरुलाई कम्बल बितरण गर्नु भएको हो ।