– जनकमान डंगोल
विगत केहि वर्ष देखि नेपालमा तराईको भूमिलाई लिएर राजनीति देखि जनमानसमा समेत खुब चर्चा हुने गरेको छ । तराई भनिने मधेशको भूमि सुदुर पूर्वमा पर्ने मेची अंचलको झापा जिल्ला देखि सुदुर पश्चिममा पर्ने महाकाली अंचलको कंचनपुर जिल्लासम्म एकै प्रदेश हुनु पर्छ भनेर मधेशवादी केहि नेताहरु कुर्लन थालेको पनि ८ वर्ष पुग्न लाग्यो ।
मधेश गोर्खालीको हैन जबर्जजस्ती पाहाडे राजाहरुले लुटेर लिएको हो भनेर पश्चिमा दलाल सी.के राउत देखि आफुलाई बिद्वान लेखक देखि राजनीतिक विश्लेषक भन्न रुचाउने युरोपियन युनियनका भरिया सी.के लाल सम्मले कुतर्क दिंदै हिडेका छन भने “एक मधेस, एक प्रदेस” भनेर नाराको साथ तराई बाट पाहाडेहरु खेद्ने अभियानको नाईके भारतीय विस्तारवादीको हल्कारा उपेन्द्र यादवको चुरीफुरीको त झन के बयान गर्नु । त्यस्तै दोश्रो पटकको संविधानसभाको निर्वाचनमा मधेशका जनताले औकात देखाई दिए पछी “यो हार हाम्रो लागी भन्दा पनि भारतको लागी चिन्ताको बिषय हो” भन्ने भारतका ढोके सद्भावना पार्टीका नेता राजेन्द्र महतो देखि भारत माईत भएकी सरिता गिरी यी सबै भारतको ईसाराबाट चल्ने रिमोटका पुत्लाहरु हुन ।
नेपालको सिमाना हिजो काहाँ सम्म थियो र आज काहाँ सम्म छ भन्ने कुरा यी सबै मदेशी नेताहरुलाई राम्रै संग थाहा नभएको पनि पक्कै हैन भने यिनीहरुले उचालेको नारा र बितण्डा केवल आÇना दक्षिणी मालिकको आदेश र निर्देशनमा मात्र हो भन्ने कुरा पनि राम्रै छ थाहा छ । हाम्रा नेपालीहरु “निमकको सोझो” गर्न संसारमा अब्बल छन् । निमकको सोझो नगरेको भए हिजो अंग्रेजले संसारभर साम्राज्यवाद कायम गर्न देखि लिएर अहिले नेपालको केहि गद्दार मदेसी नेताहरुले एक मधेश एक प्रदेशको राग अलाप्न पक्कै पनि सक्दैन थियो । एक मदेश एक प्रदेशको माग अहिले एक्कासी उठेको हैन र यो उहिलेकै योजना अनुसारको एउटा भाग मात्र हो ।
नेपालको नाम चलेको नाटक निर्माण देखि त्यस्ता नाटकहरुमा अभिनय गर्ने कलाकारहरु को हो भनेर प्रश्न गर्ने हो भने सबैले एकसुरमा “मह” जोडीको नाम लिन्छन् । जवाफ सहि पनि हो किनभने “मह” जोडी जत्तिको सफल कलाकार नेपालमा अरु कोहि हुन सक्दैन । तिनै मह जोडीले एकताका “विज्ञापन” नामको नाटक देखाए । “विज्ञापन” नाटक देशको कुना कन्दरा देखि संसारभरका नेपालीहरुले हेर्ने मौका पाएका थिए भने नेपालको ईतिहासमा सबै भन्दा बढी प्रदर्शन भएको नाटक पनि “बिज्ञापन” नै हुनु पर्दछ ।
कुनै नाटक लामो समय सम्म देखाईदा त्यसमा अभिनय गर्ने पात्रहरु समय समयमा फेरिंदै जान्छन् । “बिज्ञापन” नाटकमा पनि केहि पात्रहरु फेरिंदै गएको थियो । जसरी “विज्ञापन” नाटकमा पात्रहरु फेरिंदै गयो ठ्याक्कै त्यहि तरिकाले मधेशको राग अलाप्नेहरु पनि फेरिंदै गएको छ ।
नेपालमा दोश्रो पटक प्रजातन्त्र २०४६ सालमा स्थापना भएको हो जुन कुरा सबै नेपालीहरुलाई कण्ठ भै सकेको छ भने दोश्रो पटकको प्रजातन्त्र स्थापना भए पश्चात प्रजातन्त्र स्थापनाको प्रथम आम निर्वाचन २०४८ सालमा हुँदै थियो । आम निर्वाचनमा प्रचार प्रसारको लागि नेपालमा पहिलो पटक खोलिएको क्षेत्रिय पार्टी “नेपाल सद्भावना पार्टी” ले आÇनो पार्टीको चुनाव प्रचार प्रसारमा आÇना नेता तथा कार्यकर्ताहरु खटाएको थियो । सोहि अनुसार सर्लाही जिल्लाको केसरगंज गा.बि.स मा पर्ने बयलबास बजारमा सद्भावना पार्टीले राखेको आमसभामा उक्त पार्टीको महिला नेता “अमृता अग्रहरी” ले हिन्दीमा भाषण गर्दै नेपाली टोपी लाउने पाहाडेहरुलाई महेन्द्र राजमार्गको उत्तरतर्फ खेद्नु पर्छ भनेर भाषण गर्ना साथ भिड उत्तेजित भएर पार्टीको कार्यक्रम बिथोलिनुको साथै अमृता देबी अग्रहरीले ज्यान जोगाएर भाग्नु परेको घटना सर्लाहीबासीले पक्कै पनि बिर्सेका छैनन् होला ।
सद्भावना पार्टी सप्तरी जिल्लामा घर हुने स्व.गजेन्द्र नारायण सिंह भन्ने व्यक्तिले स्थापना गरेका हुन भने हिजो पंचायतीकालमा निजको आधा बसोबास भारतको बिहार राज्यको पटनामा हुन्थ्यो र सुन्नमा आए अनुसार पटनामा पनि निजको आÇनै निजि घर जग्गा छ भन्ने भनाई थियो र नहोला पनि भन्न सकिन्न ।
तराई भने पनि मधेश भने पनि नेपालको दक्षिणी भूभागमा पर्ने सुदुर पुर्वको झापा देखि सुदुर पश्चिमको महाकाली सम्मको सबै जिल्लाहरुमा वसोबास गर्ने हाम्रा नेपालीहरुको रोटी देखि बेटी सम्मको नाता साईनो छिमेकी भारतको बासिन्दासँग छ भने रहन सहन, भेषभुषा देखि खानपान सम्म एकै प्रकारको छ भने चाडपर्व संस्कृति समेत उस्तै छन । नाता गोता कुटुम्ब जोड्दा सकभर आÇनोमा जोड्ने चलन भएर होला देशको भूगोल अलग भएता पनि हाम्रो मधेशका नेपालीहरुको बिहावारी साईनो पूर्व, दक्षिण देखि पश्चिम भारतका नागरिकहरु संग छ । यस्तो साईनो अहिले भर्खर मात्र नभएर परापूर्वकाल देखिनै चल्दै आएको हो जसको प्रत्यक्ष प्रमाण हो जनकपुर मिथिला राजाको पुत्री जानकी (सिता) को विवाह भारत अयोध्या निवासी राजा दशरथ पुत्र श्रीराम संग हुनु ।
छिमेकी भारतलाई सयौं वर्ष साम्राज्यवादी अंग्रेजले आÇनो पन्जामा राखेर शासन गर्दा समेत नेपाललाई अंग्रेजले आÇनो नियन्त्रणमा राख्न नसकेको ईतिहास पनि छिमेकी भारतीयहरुले पक्कै पनि बिर्सेका छैनन् होला । तिनै अंग्रेजलाई देशबाट धपाउन गरिएको स्वतन्त्रता आन्दोलनमा नेपालको युवाहरुले पनि ज्यू ज्यान दिएर सहयोग गरेको घटना पनि भारतीय राजनेताहरुले भुलेका छैनन् । स्व. बि.पी कोईराला देखि वर्तमान नेपालको प्रधान मन्त्री सुशील कोइराला तिनै पात्र हैन भनेर भारतीय नेताहरुले भन्न कदापि सक्दैनन भने गुनको बदला बैगुनले तिर्ने छिमेकीको नियत जायज नाजायज के बयान गराई भो ।
अंग्रेजहरु हिजो सियो बनेर पस्थे र फाली बनेर निस्किन्थे । अर्काको देशमा पसेर तिनै देशका नागरिकहरुलाई जुधाएर आÇनो स्वार्थ सिद्ध गर्नमा माहिर थिए । अंग्रेज फर्केर गए तर तिनको कपटी विधा आज भातीयहरुले सिकेका छन । छिमेकी भनेको मर्दाको मलामी र ज्यूँदोको जन्ती हो भन्छन तर यी कस्ता छिमेकी हुन जो सदियौंदेखिको रोटि देखि बेटी संग साईनो भएको छिमेकीको घरमा आगो सल्काएर आनन्द मानेर हेर्दै बसेका छन् । छिमेकी भारत नेपाललाई आÇनो बडा भाई भनेर भन्छन् । गल्ती गरेका छन् भने त्यस्तो गल्ती गर्नेलाई हप्की दप्की गर्ने काम बडा भाईको हो कि हैन ? तर बडा भाई भन्ने तर छोटाभाईको देशमा कलह मच्चाउने यो कस्तो नीति हो ?
युक्रेन भन्ने देशमा पनि हाम्रा मधेशी नेताहरु जस्तै गद्दार रुसी समर्थक नेताहरु बस्थे र तिनै गद्दारहरुले बितेको बर्षमा आÇनो मालिक रुसका सेना बोलाएर क्रिमिया भन्ने प्रदेशमा हिंसात्मक गतिविधि गरेर अन्त्यमा उक्त क्रिमियालाई रुसमा विलय गराए । यी भारतका दलाल केहि थान मधेशी नेताहरु पनि नेपाललाई “एक मधेश एक प्रदेश” को नारामा अल्झाएर नेपालको तराई मदेसको भूभागलाई भारतमा बिलय गराउन चाहन्छन । मदेसी नेताहरुको सक्कली ईरादा नै त्यहि हो । हाम्रा उत्तरी छिमेकी चीन हुन या दक्षिणी छिमेकी भारत ती देशहरुमा रास्ट्रघाती काम गर्ने व्यक्तिलाई सिधै मृत्युदण्ड दिने चलन छ भने हाम्रो देश नेपालमा पनि यस्ता रास्ट्रघाती दलाल नेताहरु थुप्रै छन् । कोहि मधेशवादी नेताको भेषमा छन भने कोहि लेखक तथा राजनीतिक विश्लेषकहरुको भेषमा, कोहि पत्रकार तथा साहित्यकारको भेषमा छन भने कोहि नागरिक समाजका अगुवा देखि मानवअधिकरवादीको भेषमा भने यस्ता देस द्रोहीहरु लाई पनि छिमेकमा दिए जस्तै सजाय दिनु पर्ने होइन र ? होस गर राष्ट्रघातीहरु मधेश हुन या पहाड वा हिमाल ती भूभागहरु तिम्रा आमाले न पेवामा ल्याएको हुन न तिम्रा बावुको विर्ता । त्यसैले देश टुक्राउने सपना नदेख्दानै राम्रो ।
प्रकाशित मितिः२०७१ माघ १ गते बिहीवार