CID DAY को अवसरमा पर्सा प्रहरीद्वारा अन्तक्रिया

वीरगंज ।  जिल्ला प्रहरी कार्यालय पर्साबाट ५९ औं अपराध अनुसन्धान दिवस ( CID DAY) २०७१ को अवसरमा “वस्तुनिष्ठ अपराध अनुसन्धान, मानव अधिकारको सम्मान ” भन्ने मुल नाराका साथ यस पर्सा जिल्लाका विद्यालयहरुको छात्र छात्राहरुलाई अपराध नियन्त्रण तथा अनुसन्धान  बारे जानकारी गराउदै  उपस्थित सम्पूर्ण विद्यार्थी एवंम सर्वसाधारण विच अन्तकृया कार्यक्रम  सम्पन्न गरेको छ ।
       सो कार्यक्रममा प्रमुख अथिति जिल्ला सरकारी वकील कार्यालय पर्साको सहायक जिल्ला न्यायाधिवक्ता महम्मद मुन्नाको  प्रमुख आतिथ्यमा यु.एन.डी.पी.का सामुदायिक सुरक्षा प्रतिनिधी सरोज चौरसिया, शिवनाथ यादव तथा समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरु समेत उपस्थिती रहेको सो कार्यक्रममको सभापतित्व यस जिल्ला प्रहरी कार्यालय पर्साका निमित कार्यालय प्रमुख प्र.ना.उ.वीर बहादुर ओलीले गर्नु हुदै अपराध नुसन्धान तथा समाजमा यसको भूमिका एवंम प्रहरी तथा जनता बीचको भुमिका एवं अन्तर सम्बन्धको बारेमा प्रकाश पार्नु का साथै विधिन्न अपराधिक क्रियाकलाप र त्यसवाट हुने असर वारे उपस्थित विद्यार्थी र नागरिक समाजका प्रतिनिधीहरुलाई जानकारी गराउनु भएको र प्रमुख अथिति महम्मद मुन्नाले हालको बढदो अपराधिक कृयाकलापलाई पर्सा प्रहरीले अथक प्रयासका साथ अपराध नियन्त्रण गरिहरेको र घटेको अपराधलाई समय सापेक्ष त्रुटिरहित ढंगबाट वस्तुनिष्ठ सबुद प्रमाणको संकलन गरी अभियुक्तलाई कानुनको दायरामा ल्याई अदालतबाट सजाय दिलाउने कार्य तर्फ प्रशंसनिय कार्य सम्पादन गरेको भन्ने मन्तव्य व्यक्त गर्नु भएको थियो  ।
       अन्तमा उपस्थित अन्य अथितिहरुले प्रहरीले समाजमा शान्ती सुरक्षा, अमन चयन कायम राख्न तथा अपराध नियन्त्रण एवंम अनुसन्धानमा गर्नु भएको कार्य प्रशंसनिय रहेको भन्दै प्रहरीको काम कर्तव्यलाई प्रष्ट पारी उक्त कार्यक्रममा यस कार्यालयका प्र.ना.उ. यादव बहादुर घर्ती, प्र.नि.हरु तथा विधालयबाट पाल्नु भएको शिक्षकहरुले समेत CID DAY को अवसरमा  “वस्तुनिष्ठ अपराध अनुसन्धान, मानव अधिकारको सम्मान ” भन्ने नारालाई पर्सा प्रहरीले सार्थक बनाउने अपेक्षा राख्दै उक्त कार्यक्रम समापन भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनायो ।

SHARE THIS

Author:

Facebook Comment