काँग्रेस बारा ४ मा विवाद

बीरगंज ।
नेपाली काँग्रेस बारा क्षेत्र नं ४ का क्षेत्रिय सभापतिले एकलौटी ढङ्गले क्रियाशिल सदस्यता नविकरण र वितरण गरेको भन्दै असन्तुष्टी जनाईएको छ ।
क्रियाशिल सदस्यता नविकरण र वितरणणका क्रममा मनोमानी गरेको भन्दै क्षेत्रिय सचिव सञ्जय कलवार लगायतले असन्तुष्टी जनाएका हुन् । सभापति सुनिल कुमार साहले नेपाली काँग्रेसको विधान विपरित क्षेत्रिय समितिको बैठक नै नबसाई सदस्यता वितरण र नविकरण गरेको आरोप उनीहरुले लगाएका छन् । सचिव कलवारद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा विधानमा क्षेत्रिय समितिको बैठकबाट अनुमोदन गरी जिल्ला कार्य समिति मार्फत केन्द्रिय समितिमा सदस्यता नविकरण र वितरण पठाउनुपर्नेमा सभापति साहले त्यसो नगरेको जनाईएको छ । क्षेत्रिय समितिको बहुमत सदस्यलाई जानकारी नै नगराई नातावाद कृपावाद र आसेपासेलाई सदस्यता नविकरण र वितरण गरेको भन्दै विज्ञप्तीमा क्षेत्रिय सभापतिको कदमको घोर भत्सर्ना समेत गरिएको छ । उनीहरुले सभापतिलाई
आवश्यक कारबाहीको माग समेत पार्टी समक्ष राखेका छन् ।

SHARE THIS

Author:

Facebook Comment