पुस ३ पर्सा
बढदो चिसोमा ‘मेलामा घुमाउँछु आईसक्रिम खुवाउँछु हिड जाउँ हाम्रो वीरगंज’ भन्ने बोलको म्युजिक भिडियो गित वीरगंजको चर्चित स्थानहरुमा भईरहेको छ ।
वीरगंजलाई परिचित गराउने यस गित सुरुवातमै सुपरहिट भएको हो, वीरगंजको घडिअर्वा, माईस्थान, विर्ता, भिष्वाडाडा, घण्टाघर, विन्दवासनि, ड्राईपोर्ट लगायतको स्थानमा सुटिङग भईरहेको म्यूजिक भिडियोका नेपालको प्रख्यात टिभिसि डाईरेक्टर र म्यूजिक भिडियो डाईरेक्टर सुजोय योङ्ग (डक्टर योङ्ग) ले बताए । वीरगंज व्यापारिक राजधानि मात्रै नभएर माया प्रेम दर्साउने विभिन्न प्रख्यात स्थानहरु छन्् यहाँ प्रेमि प्रेमिका लागि घुमन जान ठाउँ भएको आफनि प्रेमिकालाई वीरगंजको बारेमा बताउदै घुम्न जान प्रेरित गर्न अनुरोध गर्दछन ।
यस गितको म्युजिक भिडियोले वीरगंजको कला संस्कृतिका साथै यहाँका रमनिय स्थानहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान गर्न मदत पुर्याउने गायक अमात्यले बताए । यसको रचना र संगित अमात्यकै रहेको छ भने म्यूजिक भिडियोमा मोडलको रुपमा गायक अमात्य र अर्का मोडेल सुनिता पौडेलले अभिनय गर्दैछन । गितको म्युजिक भिडियोको छयांकन जियालाल साहले गरिरहेका छन् ।म्युजिक भिडियोको छयाकनको काम ८० प्रतिशत भईसकेको र यसको अन्तिम सुटिङ्गको काम सिमरा एयरपोर्टमा सकिने गायक अमात्यले बताए । यस म्युजिक भिडियो चाडै नै बजारमा आउने र गितसंगै भिडियो पनि हिट हुने गायक अमात्यले दावि गरे ।
.jpg)
Nepalese Rupee Exchange Rate