अन्तराष्ट्र्रिय अप्रवासन दिवसको अवसरमा विविध कार्यक्रम


३ पौष, कलैया, बारा
 सुरक्षित अप्रवासनको आवश्यकता, हामी सवैको प्रतिवद्धता भन्ने मुल नाराका साथ बारामा आज विभिन्न कार्यक्रम गरी मनाइएको छ । हिमराइट्स बाराको अगुवाईमा नेपाल पत्रकार महासंघ बारा, महिला तथा बालबालिका कार्यालय, जिल्ला बालकल्याण समिति, जेनरल वेल्फेयर प्रतिष्ठान, राष्ट्रिय युवा महासंघ नेपाल, राष्ट्रिय युवा परिषद, युथ एक्सन नेपाल, लगायत करिव एक दर्जन भन्दा वढी संघसंस्थाहरुको सहकार्यमा जनचेतनामुलक र्याली निकाली कलैया नगरपरिक्रमा , कलैयको मुख्य चौकमा सुरक्षित वैदेशिक रोजगार बारे सूचना तथा परामर्श केन्द्र हेल्प डेक्स राखिएको र गाविस भोडहामा स्थानीय बासीहरुसंग सुरक्षित वैदेशिक रोजगार सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरी मनाइएको छ ।

विहान ०८ः०० बजेको समयमा निकालिएको ¥याली नगरपरिक्रमा गरेको थियो । ¥यालीमा करिव १५० जनाको सहभागिता रहेको थियो । कलैयाको मुख्य चोकमा राखिएको सुरक्षित वैदेशिक रोजगार सम्बन्धि सुचना तथा परामर्श केन्द्रबाट करिव ६०० जनालाई परामर्श प्रदान गरिएको छ । यस्तै भोडहामा मदिना खातुनको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा करिव १५० जनाको सहभागिता रहेको थियो ।

कार्यक्रमहरुमा रोजगार पाउनु प्रत्येक नागरिकको मानवअधिकार भएकोले वैदेशिक रोजगारीमा सुरक्षित तरिकाले कसरी जाने, रोजगारीको नाममा मान्छे कसरी ठगीमा, अपलत्रमा अथवा बेचविखनमा कसरी पर्छ र त्यस्ता समस्याहरुबाट कसरी बाच्न सकिन्छ जस्ता कुराहरु बारे जानकारी गराइएको थियो ।


SHARE THIS

Author:

Facebook Comment