नेपाल प्रहरी र सशस्त्रमा १० डिआइजी रिक्त
काठमाडौं/बढुवा प्रक्रियाया नियमित हुन नसक्दा नेपाल प्रहरी र सशस्त्र प्रहरीमा तीन महिनादेखि डिआइजीका १० पद रिक्त छन् । नेपाल प्रहरीमा चार र सशस्त्र प्रहरीमा ६ डिआइजी पद रिक्त रहेका हुन् ।
चार डिआइजीले अनिवार्य अवकाश पाएपछि नेपाल प्रहरीमा असोज तेश्रो सातादेखि चार पद रिक्त छन् । पटक–पटक बढुवाका गृहकार्य भए पनि विवादका कारण अझै सिफारिश हुन सकेको छैन ।
बढुवाका लागि धेरै आकांक्षी भएकाले निर्णय हुन नसकेको हो । चार डिआइजीका लागि २२ कात्तिक ०६६ मा एसएसपीमा बढुवा भएका रणबहादुर चन्द, हेमन्त पाल, घनानन्द भट्ट, गोविन्द निरौला, रोमेन्द्रसिंह देउजा, सुदीप आचार्य, विजयकुमार भट्ट र रमेश फूुयाल प्रतिस्पर्धी छन् । उनीहरुसँगै ०६७ साल जेठमा बढुवा भएका एसएसपीसमेत बढुवाको आकांक्षी रहेको बताइन्छ । रिक्त पद थोरै तथा आकांक्षी धेरै भएकाले बढुवा सिफारिस हुन नसकेको स्रोत बताउँछ ।
प्रहरी नियमावलीमा कार्यक्षमताका आधारमा बढुवा गर्ने प्रणाली भए पनि बढुवा समितिले दिने नम्बरमा चलखेल गरेर “पावरफुल” व्यक्तिको मात्र बढुवा हुने गरेको छ । यस्तै, दुई वर्षदेखि एसपीबाट एसएसपीमा समेत बढुवा प्रक्रिया अघि बढ्न सकेको छैन । डिआइजीमा चारजनाको बढुवा हुँदा एसएसपीका १९ पद रिक्त हुनेछन् ।
त्यस्तै, सशस्त्र प्रहरी बलमा तीन महिनादेखि ६ डिआइजी पद खाली छन् । बढुवामा चलखेल हुँदा पद रिक्त भएको श्रोतको भनाइ छ । बढुवाको अग्रस्थानमा आउन दुई सिनियर र जुनियर एसएसपीबीच विवाद छ । सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले जुनियरलाई अगाडि राखेर बढुवाको प्रस्ताव राखेकोमा गृह मन्त्रालयले त्यसलाई अस्वीकार गरेको छ । एसएसपीद्वय दुर्गाबहादुर कुँवर र सुरज श्रेष्ठ सिनियर हुन् भने जुनियरमा राजेश श्रेष्ठ, रवि थापा क्षेत्री, अरबिन धिताल र बाबुराम पाण्डे छन् ।