‘सबभन्दा बढी भ्रष्टाचार अर्थ मन्त्रालयमा’

क्राइमचेक प्रतिनिधि/
वीरगंज डेस्क/
सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सबैभन्दा बढी भ्रष्टाचार अर्थ मन्त्रालयमा हुने गरेको दाबी गरेका छन् ।
भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा सुशासनका लागि नागरिक समाज र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पश्चिमाञ्चल क्षेत्रीय कार्यालयले आयोजना गरेको कार्यक्रमा बोल्दै पण्डितले आथिर्क चलखेल हुने गरेकै कारण अधिकांश कर्मचारीले अर्थ मन्त्रालयमै जान खोज्ने बताए ।
उनले सरुवा भएर अर्थ मन्त्रालयमा जानका लागि कर्मचारी जे गर्न पनि तयार हुने गरेको आरोप समेत लगाए ।
पैसाको चलखेल कम हुने भएकाले कर्मचारीहरु संवैधानिक निकायमा सरुवा भएर जान नमान्ने गरेको मन्त्री पण्डितले बताए । डीभी र पीआर लिएका कर्मचारीलाई कारबाही गर्न खोज्दा सबै क्षेत्रले आफूलाई असहयोग गरेको उनको भनाइ थियो ।

SHARE THIS

Author:

Facebook Comment