क्राइमचेक प्रतिनिधि/
वीरगंज डेस्क/अख्तियार दुरुपयोग अनुसन्धान अयोगका प्रमुख लोकमानसिंह कार्कीले भ्रष्टाचार नियन्त्रण आयोगको एक्लो प्रयासबाट मात्र सम्भव नहुने बताएका छन् ।
भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा मंगलबार आयोजित कार्यक्रममा उनले भ्रष्टाचार नियन्त्रण गर्न विश्वव्यापी साझा प्रयासको खाँचो औंल्याए । भ्रष्टाचार नियन्त्रण गर्न राजनीतिक प्रतिबद्धता आवश्यक रहेको उल्लेख गर्दै कार्कीले कानुनलाई आÇनो अनुकुल बनाउन गरिने प्रयासले भ्रष्टाचार बढेको बताए ।
अख्तियारले “सानो माछा”लाई मात्र समायो भन्ने आरोपको खन्डन गर्दै कार्कीले सानो–ठूलो सबै खाले भ्रष्टाचार क्षम्य नहुने स्पष्ट पारे ।
आÇनो काम, कर्तव्य, अधिकार र जिम्मेवारीका बारेमा आयोग सजग रहेको उल्लेख गर्दै प्रमुख आयुक्त कार्कीले कानुनसम्मत रुपमा काम गरिएको समेत स्पष्ट पारे ।
नेपाल सरकारका पूर्वमुख्यसचिव समेत रहेका कार्कीले कर्मचारीतन्त्र अमर्यादित, अनुशासनहीन भएको आरोप पनि लगाए ।
कार्यक्रममा मुख्यसचिव लिलामणि पौडेलले नेपाल भ्रष्टाचारव्याप्त मुलुकको कोटीमा पर्नु दु:खद भएको भन्दै सदाचारलाई सबैले ग्रहण गर्न सक्नुपर्ने बताए । भ्रष्टाचारको मामलामा निमर्म नबने भ्रष्टाचार अन्त्य गर्न नसकिने बरु भ्रष्टाचार पुस्तान्तरण हुने खतरा रहने उनको भनाइ थियो ।
मुख्यसचिव पौडेलले भ्रष्टाचारको माध्यम नबन्न निजामती कर्मचारीहरुलाई निर्देशन पनि दिए ।
“भ्रष्टाचारविरुद्धको सहकार्य सुशासनको लागि अपरिहार्यता” भन्ने नाराकासाथ मंगलबार देशभर भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइएको थियो ।
वीरगंज डेस्क/अख्तियार दुरुपयोग अनुसन्धान अयोगका प्रमुख लोकमानसिंह कार्कीले भ्रष्टाचार नियन्त्रण आयोगको एक्लो प्रयासबाट मात्र सम्भव नहुने बताएका छन् ।
भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा मंगलबार आयोजित कार्यक्रममा उनले भ्रष्टाचार नियन्त्रण गर्न विश्वव्यापी साझा प्रयासको खाँचो औंल्याए । भ्रष्टाचार नियन्त्रण गर्न राजनीतिक प्रतिबद्धता आवश्यक रहेको उल्लेख गर्दै कार्कीले कानुनलाई आÇनो अनुकुल बनाउन गरिने प्रयासले भ्रष्टाचार बढेको बताए ।अख्तियारले “सानो माछा”लाई मात्र समायो भन्ने आरोपको खन्डन गर्दै कार्कीले सानो–ठूलो सबै खाले भ्रष्टाचार क्षम्य नहुने स्पष्ट पारे ।
आÇनो काम, कर्तव्य, अधिकार र जिम्मेवारीका बारेमा आयोग सजग रहेको उल्लेख गर्दै प्रमुख आयुक्त कार्कीले कानुनसम्मत रुपमा काम गरिएको समेत स्पष्ट पारे ।
नेपाल सरकारका पूर्वमुख्यसचिव समेत रहेका कार्कीले कर्मचारीतन्त्र अमर्यादित, अनुशासनहीन भएको आरोप पनि लगाए ।
कार्यक्रममा मुख्यसचिव लिलामणि पौडेलले नेपाल भ्रष्टाचारव्याप्त मुलुकको कोटीमा पर्नु दु:खद भएको भन्दै सदाचारलाई सबैले ग्रहण गर्न सक्नुपर्ने बताए । भ्रष्टाचारको मामलामा निमर्म नबने भ्रष्टाचार अन्त्य गर्न नसकिने बरु भ्रष्टाचार पुस्तान्तरण हुने खतरा रहने उनको भनाइ थियो ।
मुख्यसचिव पौडेलले भ्रष्टाचारको माध्यम नबन्न निजामती कर्मचारीहरुलाई निर्देशन पनि दिए ।
“भ्रष्टाचारविरुद्धको सहकार्य सुशासनको लागि अपरिहार्यता” भन्ने नाराकासाथ मंगलबार देशभर भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइएको थियो ।
Nepalese Rupee Exchange Rate