विरक्त लाग्छ

विरक्त लाग्छ

विद्यार्थीले हातमा चुरोट समाएको देख्दा विरक्त लाग्छ
कमाउन विदेशिएकाले ज्यान गुमाएको देख्दा विरक्त लाग्छ
साना साना किताब उठाउने हातले फोहोर खँदेलेको देख्दा विरक्त लाग्छ
डलरमा बिकी धर्म बदलेको देख्दा विरक्त लाग्छ ।

बेरोजगारी बढेको देख्दा विरक्त लाग्छ
जँड्या लडेको देख्दा विरक्त लाग्छ ।
गरीबको सपना टुटेको देख्दा विरक्त लाग्छ
नेताले आफैं देश लुटेको देख्दा विरक्त लाग्छ

देशको सीमा मिचिएको देख्दा विरक्त लाग्छ
ठूलाद्वारा साना थिचिएको देख्दा विरक्त लाग्छ
राजनीतिलाई पेशा बनाएको देख्दा विरक्त लाग्छ
जनतालाई दारु मासु खुवाई मनाएको देख्दा विरक्त लाग्छ

नेताले लाज पचाएको देख्दा विरक्त लाग्छ
ऋणमा डुबेर देश सजाएको देख्दा विरक्त लाग्छ
देशद्रोहीद्वारा नेताको खोल ओढिएको देख्दा विरक्त लाग्छ
देशमा अशान्तिको बिउ गोडिएको देख्दा विरक्त लाग्छ

भीडबाट गाडी खसेको देख्दा विरक्त लाग्छ
देशमा संकट पसेको देख्दा विरक्त लाग्छ
जंगल फँडानी भएको देख्दा विरक्त लाग्छ
जनताको सपना खरानी भएको देख्दा विरक्त लाग्छ

मान्छे भोखमरीेले मरेको देख्दा विरक्त लाग्छ
संविधानको म्याद सरेको देख्दा विरक्त लाग्छ
नारीको अस्मिता गुमेको देख्दा विरक्त लाग्छ
अपराधी खुल्ला घुमेको देख्दा विरक्त लाग्छ

युद्धकाल सकिएपनि घर घरमा हिंसा भएको देख्दा विरक्त लाग्छ
नारीले चुपचाप सहेको देख्दा विरक्त लाग्छ
जनताले सबै खुशीसाथ खेपेको देख्दा विरक्त लाग्छ
भो अब ज्यादा नलेखुम् नत्र भने कविता लेखेको देख्दा विरक्त लाग्छ ।।


मनिष पोखरेल
ईनरुवा–१०, बलाहा (सुनसरी)
अर्निको उच्च मावि (व्यवस्थापन)
विराटनगर–१३

SHARE THIS

Author:

Facebook Comment