राजनितिक ब्यवस्था र सरकार असफल भयोः शिक्षाविद् डा. दीपक शाक्य

आर.सि.एनबाट
वीरगंज ११ गते पुस । रिपोर्टस क्लब नेपाल मधेश क्षेत्रिय कार्यालय बीरगंजले देशमा  बढ्दो “बिधुत लोड सेडिङ्गको अन्त्य र बन्द उधोग ब्यापार संचालनमा ल्याउन राजनितिक दलको भुमिका बिषय बिचार गोष्ठि कार्यक्रम आज रिपोर्टस क्लब नेपालको सभाहल माईस्थान चौकमा आयोजना गर्‍यो ।
सो बिचार गोष्ठि कार्यक्रममा वीरगंज पब्लिक कलेजका डाईरेक्टर तथा शिक्षा बिद्ध डा. दिपक शाक्यले संसार नै बिधुतिय शक्तिबाट संचालित भएको युगमा नेपाल प्राकृतिक जल स्रोत सम्पदाको धनी देशको रुपमा स्थापित रहेता पनि नेपालमा बारम्बार बिधुत लोड सेडिङ्ग हुनु र अहिले ११ घण्टा सम्म लोड सेडिङ्गबाट नेपाली जनता मारमा रहेको र भारत सरकारले बिधुत आपुर्ति गर्नको लागि दिएको सहयोग पनि रक्सौलबाट बिधुतको पोल र तार राखेर तन्न बीरगंजबाट पथलैयासम्म न
सक्नु भनेको देशको राजनितिक ब्यवस्था तथा नेपाल सरकार नै असफल भएको भन्नु भयो ।
उहाँले बिचार गोष्ठि कार्यक्रममा नेपालको जलस्रोत सम्पदाबाट ८१ हजार मेगावाट बिधुत उत्पादन गर्ने क्षमता रहेको र नेपालमा कुल बिधुत खपतको माँग १३ सय मेघावाट रहेता पनि अहिले ७ सय ५० मेघावाट बिधुत उत्पादनमा समेत बिभिन्न समयमा बिभिन्न समस्या देखाई बिधुत प्राधिकरणले लोड सेडिङ्गको समस्या पार्दै आएको र पुस २ गतेबाट ११ घण्टा लोड सेडिङ्गको थप समस्या बढाएको रहेता पनि उक्त बिधुत लोड सेडिङ्गको अन्त्यका लागि सरकार र राजनितिक दलका नेताहरु आपुर्ति तर्फ नलागेको जानकारी गराउनु भयो ।
यस स्थितिमा मधेशमा रहेको उधोग, ब्यापार ब्यवसायका पुँजीहरु धमाधम बिदेश पलायन हुनु र बेरोजगारीको समस्या बढनाले गर्दा युवा जन शक्ति बिदेशिने गरेको कुरा डा. शाक्यले बिचार गोष्ठि कार्यक्रममा बताए ।
भने नेपाल ग्याँस उधोग प्रा.लि. सिमराका महा प्रबन्धक प्रताप गुरुङ्गले नेपाल बिधुत प्राधिकरणले बीरगंज पथलैया औधोगिक कोरीडोरमा ८ घण्टा बिधुत आपुर्ति मात्र बन्द गर्ने भनेता पनि बिधुत लोड सेडिङ्ग बाहेकको समयमा  पटक पटक बिधुत आपुर्ति बन्द गर्नाले कतिपय उधोगमा तातिएका हिटरहरु सेलाउनाले बिधुतको महशुल खेर जाने गरेको भन्नु भयो ।
बिधुत आपुर्तिको भरमा उधोग संचालन गर्ने मनसायले खोलिएको उधोगहरुमा उधोगपतिहरुले भोटे ताल्चा लगाए पनि हुन्छ भन्नु भयो । भने अर्को तिर राजनितिक दलका रुपमा खोलिएका भातृ संगठनका रुपमा रहेका मजदुर संगठनले आफना राजनिति दलका नेताहरुको स्वार्थ पुरा गराउन दवाव स्वरुप उधोगमा गरिने हडतालका नाममा बाधा ब्यवधान जब सम्म राजनितिक दलबाट अन्त्य हुदैन तब सम्म उधोग संचालनमा ल्याउन समस्या आउने कुरा महा प्रबन्धक गुरुङ्गले बिचार गोष्ठि कार्यक्रममा जानकारी गराउनु भयो ।
साथै सानो ग्याँस सिलिण्डर सर्वसाधारण जनताहरुले प्रयोगका कारण पटक पटक प्रयोगकर्ताहरुको बिभिन्न स्थानमा सिलिण्डरबाट ग्याँस लिकेजले आगलगी तथा सिलिण्डर बिष्फोट भएर कतिपय नेपालीको अनाहकमा मृत्यु भएको घटना प्रति राज्यका प्रहरी प्रशासनले भुमिका निर्वाह गर्ने कार्यमा उदासिनता देखाएको आरोप महा प्रबन्धक गुरुङ्गले लगाउनु भयो ।
उक्त कार्यक्रममा अर्का अतिथी वीरगंज प्लाष्टिक उधोग ब्यवसायी संघका महा सचिव सुरेश सर्माले नेपाली जनताले पेट पालन र बालबच्चा परवरिसका लागि घर खेत बैंकमा धितो राखेर लिएको क्रृणबाट संचालन गरिएको उधोगमा बिधुत सहज आपुर्ति नभएका कारण उधोगीहरुको घर खेत लिलाम भई सडकमा आउने स्थिति सिर्जना भएको भन्नु  भयो ।
भने बिधुत आपुर्ति सहज बनाउनका लागि भारतले आयोजना संचालन गर्न खोज्यो भने चिन समर्थक राजनितिक दलले बिरोध गरेर आयोजना संचालन हुन नदिने र चिनले आयोजना संचालन गर्न खोज्यो भने भारत समर्थक राजनितिक दलका नेता तथा तिनका भातृ संस्थाले बिरोध गर्ने परम्परा तथा बिभिन्न कार्यमा कमिशनको चक्करका कारण बिधुतीय आयोजनाहरु ठप्प भएको कुरा महासचिव सर्माले बताउनु भयो ।
यसै गरी कार्यक्रमका अतिथी जिल्ला बिकास समिति पर्साका पुर्व जिल्ला सभापति शम्भु प्रसाद चौरसियाले धनी देशको रुपमा भएता पनि राजनितिक दलका नेताहरुमा बुद्धीको कमी भएकै कारणले बिधुतको बिकास हुन नगएको र दलियगत स्वार्थका कारण यो ब्यवस्था दलिय ताना शाही ब्यवस्थाले गर्दा आयोजनाहरु निर्माण हुन नसकेको कारण देशको अर्थतन्त्र तहनहस हुन पुगेको बताउनु भयो ।
भने सो कार्यक्रमका अर्का अतिथी तरकारी फलफुल ब्यवसायी संघका महासचिव संजय कुमार वर्णवालले नेपाल सरकारले मधेशमा रहेको गण्डक नहरमा किसानहरुलाई समयमा पानी उपलब्ध नगराउनाले किसानहरुले मोटरबाट पानी हालेर खेती गर्दै आएको र हाल लोड सेडिङ्गका कारणले पानी चाहे जति समयमा उपलब्ध नभएका कारणले नै तरकारी फलफुलको महंगाई बढनुको साथै बजारको समयमा बिधुतको लोड सेडिङ्गका कारण असुराक्षाको महशुस गरेर गृहणीहरु बजारमा तरकारी फलफुल खरिद गर्न आउने क्रममा कमि आएको बताउनु भयो ।
उक्त बिचार गोष्ठि कार्यक्रमका अतिथी महानुभावहरुलाई रिपोर्टस क्लब नेपाल पर्साका संयोजक जिवन लाल श्रेष्ठले खाता ओढाएर सम्मान गरेका थिए । भने कार्यक्रम रिपोर्टस क्लब नेपाल मधेश क्षेत्रिय संयोजक कन्हैया गुप्ताको सभापतित्वमा बिचार गोष्ठि कार्यक्रम सम्पन्न भयो ।  

SHARE THIS

Author:

Facebook Comment