प्रविण अग्रवाल
रौतहट पुस ११ । रौतहटको सदरमुकाम गौरमा रहेको विभिन्न सामग्रीका थोक बिक्रेताहरु दैनिक लाखौको रुपैया राजस्व छल्ने गरेको पाइएको छ । रौतहटको विभिन्न बजारहरुमा पसल थापेका खुद्रा बिक्रेताहरु प्राय जसो गौरमा रहेको थोक बिक्रेताहरु बाट सामान खरीद गरी आ आफ्ना पसलमा बिक्रि वितरण गर्ने गरेका छन् ।
सदरमुकाम गौरमा रहेका थोक बिक्रेताहरु माथी आन्तरिक राजस्व सेवा केन्द्र गौरले निगरानी नगरेकोले पनि व्यापारीहरुलाई राजस्व छल्ने मनोबल बढेको उपभोक्ताहरु बताउंछन् । यसै क्रममा गौरमा रहेको दुर्गा शु स्टोर्स तथा श्री खुशबुरेडिमेड सेन्टरबाट गरुडाका खुद्रा व्यापारी श्री नारायण प्रसाद साह र अर्को व्यापारी तेज नारायणले खरीद गरेको चप्पल र जुत्ता गरुडा तर्फ लैजाने क्रममा शुक्रवार दालमिल शसस्त्र चेक पोष्टले रोके पछि गौरका थोक क्रिेता दुर्गा शु स्टोर्स र अर्को विक्रेता खुशबु रेडिमेड सेन्टरले गर्ने राजस्व छली उजागर भएको छ । गरुडाका व्यापारीद्धारा खरीद गरीएको सो चप्पल, जुत्ता रहेको ३ वटा पोकालाई दालमिल चेक पोष्ट शसस्त्र प्रहरीले चेक जाच गर्दा दुर्गा शु स्टोर्स र खुशबु सेन्टरद्धारा व्यापारी लाई दिइएको पान बिल माथी शंका लागे पश्चात सशस्त्र प्रहरीले शससत्र प्रहरी रौहतहटका सशस्त्र प्रहरी उपरिक्षक बिदुर खड्कालाई फोन गरी बिल शंकास्पद रहेको जानकारी गराए पछि उपरीक्षक खड्काको आदेशमा दालमिल चेक पोष्टले सामान झारेको थियो ।
शसस्त्रद्धारा आफ्नो पसलको समान समातेको खबर पाए पश्चात चेक पोष्टमै पुगेका दुबै पसलका साहुले आफ्नो पसलको सामान हो भन्दै विभिन्न ठाउमा फोन घुमाए पश्चात रौतहटका एक नामुद दलालको आग्रहमा सशस्त्र प्रहरी छाड्न लगाएका छन् । सशस्त्र प्रहरी उपरिक्षक खड्काद्धारा दलालको ईसारामा आफै द्धारा रोकिएको ३ पोका चप्पल, जुत्ता छाडिनुले उपरिक्षक खड्काको नियत प्रष्ट झल्किएको छ ।
यस सम्बन्धमा शसस्त्र प्रहरी रुद्र बाहिनी पथलैयाका डिआइजी संग कुरा गर्दा आफूलाई यस्तो कुनै जानकारी नभएको र खड्काले यदि वास्तवमा राजस्व छली गर्नेलाई सघाइएको पाएमा वा अब उपरान्त खड्का बारे यस्तो गुणासो आएमा तुरुन्त विभागीय कारवाहि हुने बताए । साथै रौतहटमा शसस्त्रले कुनै पनि गैरकानूनी क्रियाकलापमा गरेको पाएमा सो बारे आफूलाई जानकारी गराउन रौतहट वासिसंग आग्रह गरेका छन् ।
दुर्गा शु स्टोर्स गौरले गरुडाका व्यापरी तेजनारायण को नाममा पान नं.३०२०७४९१८ राखि बनाएको बिलमा लेखिएको पान नं. आन्तरिक राजस्व कार्यालयमा अर्कै फर्मको नाममा दर्ता रहेको छ भने खुशबु रेडिमेड सेन्टर गौरले गरुडाका व्यापारी श्री नारायण प्रसाद साहको नाममा पान नं.३०१२१४१५० लेखि बनाएको बिलमा अंकित पान नं. पनि एक अर्कै फर्मको नामाम दनर्ता रहेको बुझिन आएको छ । दुबै पसलबाट खरीद गरीएको सो चप्पलहरुमा अधिकांश चप्पल, जुत्ता भारतीय ब्राण्डका रहेका थिए भने सो चप्पल जुत्ताको आफूसंग कुनै भन्सार कागजात नरहेको श्री खुशबु रेडिमेड सेन्टरका साहु आफै स्विकारेका छन् ।
एकातिर यी दुई बिक्रेताले भारतबाट कर छली ल्याएको सामानको नक्कली पान बिल काटी धमाधम नेपाल सरकारलाई चुना लगाउदै छने भने अर्कोतिर यी दुई पसलले पान बिल बनाउदा बजार मूल्य ५०० देखि १००० सम्म पर्न जाने चप्पल जुत्ताको रु.४५ देखि रु.१५० सम्मको मात्रै बिल बनाएर राजस्व छल्ने गरेको पाइएको छ । सदरमुकाम गौरमा रहेका चप्पल, जुत्ताका यी ठूला व्यापारीले दोहोरो रुपमा दैनिक लाखौंको राजस्व छल्दा पनि आन्तिरिक राजस्व कार्यालय किन मौन बसेको होला त ? कतै आन्तरिक राजस्व कार्यालय गौरले यस्ता व्यापारीहरुबाट कमिश्न त पाएको छेन भन् आम उपभोक्ताले प्रश्न उठाएको छन् ।