जिल्ला खानेपानी तथा स्वस्थता समितिको बैठक सम्पन्न

बीरगंज ११ पुष/ आज जिल्ला खानेपानि तथा सरसफाई समन्वय समितको बैठक जिल्ला बिकास समितीको सभाहलामा सम्पन्न भएको छ । बैठकले खुला दिसामुक्त क्षेत्र घोषणा गर्न चलाउनु पर्ने अभियानको बारेमा महत्वपूर्ण निर्णय समेत गरेको छ ।

 बैठकले पर्सा जिल्लाको तुलसी बर्वा गाबिसलाई अबिलम्ब खुलादिसा मुक्त क्षेत्र घोषणा गर्ने निर्णय गरेका छ भने त्यसको अनुगमन शनिबार दिउसो गरिने भएको छ । त्यसैगरि सरसफाईको प्रचार—प्रसारको लागि नेपाल पत्रकार महासंघसँग समन्वय गर्ने निर्णय भएका छ ।

आजकै बैठकले युनिसेफको सहयोगमा पर्साका थप १२ वटा गाबिसमा खुला दिशामुक्त क्षेत्र घोषणा गर्न आवश्यक तयारी गर्न बिभिन्न ४ गटा गैरसरकारी संस्थालाई जिम्मेवारी दिने निर्णय गरेको छ भने १५ गते बारा जिल्लाको जितपुरमा हुने सरसफाई सम्मेलनमा पर्साबाट सम्बन्धित सबैलाई सहभागी गराउने निर्णय समेत गरेको छ । आजकै बैठकले जिल्ला भरी नै सरसफाई सम्बन्धी परिचय पत्र बितरण गर्ने निर्णया गर्नुको साथै नियमित बैठकका लागि मिती निर्धारण समेत गरेको समाचार प्राप्त हुन आएको छ ।

आजको बैठकमा स्थानीय बिकास अधिकारी गुरु प्रसाद सुबेदी, खानेपानी तथा सरफाई कार्यलयका प्रमुख जक्की अहमद, नपाका कार्यकारी अधिकृत बिष्णु प्रसाद कोइराला, नेपाल रेडक्रसका सभापति फुलमहमद मियाँ, एनजीओसिसिका रामनरेश प्रसाद यादब, नेपाल पत्रकार महासंघका अध्यक्ष श्याम बन्जारा, सचिब कृष्ण उदास खनाल, एनजिओ फेडरेशनका अजय कुशवाहा, खानेपानी कै रामहीत यादब, लगायतको सहभातिा रहेको थियो ।


SHARE THIS

Author:

Facebook Comment