अख्तियारमाथि भ्रष्टहरुको आरोप

– अशोकमान श्रेष्ठ

नेपालमा भ्रष्टाचारीहरुलाई कारवाही गर्नु पर्छ भन्ने नेताहरु आफै हुन ।तर अहिले आएर भ्रष्टाचारीहरुलाई धमाधम पक्राउ गरि देश र जनताको लागि काम गर्दै आइरहेका अख्तियार दु्रुपयो अनुसन्धान आयोगका प्रमुख लोकमान कार्कीमाथि भ्रष्ट नेता र मन्त्रीले अख्तियारलाई काम नगर्न दिनको लागि विभिन्न आरोप लगाएर आफुहरु पानी माथिको उभानो बन्ने प्रयास गर्दै आइरहेका छन ।सत्ता परिवर्तन पछि नेपालमा भ्रष्टाचार चरमत्कर्षमा पुृगेको छ । कोही पनि नेता मन्त्रीहरु भ्रष्टाचार गर्न पछि परेका छैन । भ्रष्टाचार अनियमितता गरेर अकुत सम्पति आर्जन गरेर बसेकाहरुलाई अहिले अख्तियारको भय नै समाउन थालेका छन । अख्तियारले सानो सानो मान्छालाईमात्रै पक्राउ गरेका छन ,। ठृुलो माछालाई समाउन नसक्दा अख्तियार प्रमुख कार्कीको विरोधमा सबै दलका नेता मन्त्रीहरुले विरोध गर्न थालेका छन । अख्तियारले सानो माछालाई पक्राउ गर्नु गल्त हो भन्ने समेत पछि पर्ेका छैन । पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले त दुई हजारा घुस खाएकालाई अख्तियारले पक्राउ गरेर दुख मात्रै दिन खोजेका छन भनेर भ्रष्टाचारीहरुलाई जोगाउन समेत चाहेका छन । भ्रष्टाचारीहरुले दुई हजार घुस लिएको छ वा दुई करोड घुस लिएका हुन । भ्रष्टाचार नै भनेर किन बुझन सकेका छैन । भ्रष्टाचारीहरुलाई जे काम गर्नको लागि पनि रकम माग्ने गरेका छन जसको कारणले गर्दा जनताहरु कति सम्म पिडीत हुनु परेको छ । यसको अनुमान पूर्व प्रधानमन्त्री नेपालले गर्न समेत सकेका छैन । उनी आफै प्रधानमन्त्री हुदा कति सम्म भ्रष्टाचार थियो भनेर जसको कारण नेपालले नेतृत्व गरेको सरकारलाई भ्रष्टाचारी सरकार भनेर आरोप समेत लाग्ने गरेका थिए । आफु स्वयम भ्रष्टाचारको दलदलमा फसेकाले नै अहिले आएर अख्तियारले सानो घुस खाएकालाई पक्राउ गर्न हुन्न भनेर भ्रष्टाचारीहरुलाई जोगाउनतिर लागि परिरहेका छन । भ्रष्टाचारीहरुले ठुलो रकम नेपाललाई दिएको हुनाले होला । सानो सानो घुुस खानेहरुलाई पक्राउ गरि अख्तियारले गल्त कार्य गरिरहेको छ भनेर अख्तियारलाई त्यस्तो कार्य गर्न रोकन चाहेका हुन ।
पूर्व प्रधानमन्त्री नेपालले भ्रष्टाचारी सानो ठुलो हुदैन भनेर किन यति पनि सोचन सकेनन । उनी आफै निर्वाचनमा लडदा करोडौ रुपैया खर्च गरेर विजय हासिल गर्न पुगेका छन । नेपाललाई करोडौ रुपैया खर्च गरेर निर्वाचनमा भाग लिन रकम कहाँबाट आयो भनेर अख्तियारले छानविन गरेको खण्डमा नेपाल आफै अख्तियारको कारवाहीमा पर्न सक्छ । अख्तियारका प्रमुखलाई अहिले आएर संसदले पनि धेरै दुख दिन थालेका छन । अख्तियारको प्रमुखलाई उपस्थिती गराएर सानो माछा मात्रै समात्ने ठुलोलाई कहिले समात्न भनेर प्रश्न गरेर अख्तियारको प्रमुख कार्कीको मनोबल कमजोर पार्न खोजेका छन । अख्तियारको प्रमुख कार्कीले ठुलो माछाहरु यति चलाख छन कि तिनीहरुलाई समाउन अहिले समय लाग्ने बताए । उनले ठुला माछाहरु किरायमा बस्छन ,बैक खातामा दुई चार हजार मात्रै छन ,ससुराली कंगाल छन । अनि कसरी कारवाही गर्नै ? भन्ने जवाव दिएर संसदका नेताहरुको मुख कालो बनाउन सफल हुनु भएको छ । ठुलो माछा (मन्त्री,नेता ,अधिकृत )हरु कति दिन सम्म अख्तियारको कारवाहीबाट जोगिन हुन भनेर उनीहरुले आफैले सोचनु परेको छ । अख्तियारलाई न·ाएर आफुहरु जोगिन चाहेका हुन । यति मात्रै न भएर प्रधानमन्त्री स्ुशील कोइरालाले समेत सानो माछालाई पक्राउ गरेकाले आफुलाई धेरै गुनासो आउन थालेका ले ठुलो माछालाई समाउन आग्रह समेत गरे । प्रधानमन्त्री कोइरालाले भारतमा पूर्व प्रधानमन्त्री, तामिलनाडुका मुख्यमन्त्री लगायतलाई त्यहाका सिवाईले पक्राउगरि कारवाही गरेका छन ।तर अख्तियारले सानो सानो मान्छेलाई पक्राउ गरिरहेकाले अख्तियारको प्रम्ुखमाथि आरोप लगाएर अख्तियारलाई निस्क्रिय भएर बस्न सल्लाह घुमाउरो पाराले दिन पुगेको छ ।,
भ्रष्टाचार देशको लागि क्यान्सर हो । भ्रष्टाचारीहरुले जसतो सुकै पनि रकमको लागि काम गर्नसक्छ भन्ने कुरा किन प्रधानमन्त्री मन्त्रीहरुले बुझन सकेका छैन । नेपालका प्रधानमन्त्री र मन्त्रीहरुको हैसियत कति थियो र अहिले आएर कति रहेको छ भन्ने कुरा उनीहरुलेआफैले बुझनु पर्नै हो । त्यस्तै गरि सरकारी कार्यालयमा जागिर हुनु भन्दा पहिले कार्यालय अधिकृतको हैसियत कति थियो । अहिले आएर कस्तो रहेकोछ ।तर भ्रष्यटाचारीहरु मन्त्री नेता र अधिकृतहरुले अख्न्तियारले कुनै पनि बेला आफुहरुलाई कारवाही गर्न सक्छ भनेर उनीहरुले भ्रष्टाचार गरेर कमाएको रकम बैक सुसुराली मा राखेका छैन । यतिमात्रै न भएर किरायामा समेत बसेर अख्तियारलाई धोखा दिदै आइरहेका छन । ठुलो माछाले भ्रष्टाचार नगरेको भए नेपाल किन विश्वमा भ्रष्टाचारी मुलुक १३७ नम्बरमा दर्ज भएको हो । यति इमानदार मन्त्री नेता र अधिकृत भएको भए । नेपाल भ्रष्टाचारमा बदनाम हुने नै थिएन । यसतर्फ संसदीय दलका नेताहरुको बुद्धिमा किन पस्न सकेनन । यति मात्रै हो र नेपाल सरकारले आफैले निती गत भ्रष्टाचार गरिरहेको छ भन्ने आयुक्त प्रमुख कार्कीले आरोप समेत लगाउनु भयो । उहाँले लगाएको आरोप गल्त भएको भए किन सरकारले खण्डन गर्न सकेन । भ्रष्टाचारीहरुलाई जोगाउन पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र वर्तमान प्रधानमन्त्री कोइरालाले कति भुमिका निर्वाह गरिरहनु भएको छ भनेर आफैले एकपल्ट आफनो कमजोरी देखेको भए अख्तियारलाई आरोप लगाउनु  नै पर्नै थिएन । अख्तियारका प्रमुख नियुक्त हुनु भएको धेरै महिना भएको छैन । उहाँले ५/६ महिनामा नै देशभरि नै भ्रष्टाचारीहरुलाई पक्राउ गरि कारवाही गर्न सफल हुनु भएको छ । जहाँ त्यहि भ्रष्टाचार नै भ्रष्टाचार भइरहेकोले अख्तियार एकलो समेत यति आट गरेर भ्रष्टाचारीहरुलाई र·ेहात पक्राउ गर्न सफल भइरहेको बेला अख्तियारको कार्यप्रति सराहनीय गर्नु पर्नै बेलामा उल्टै सानो माछालाई मात्रै पक्राउ गरेको भन्दै कार्कीलाई संसदीय दलमा उभाएर  उनको कार्यप्रतिलाई रोकन खोजेका छन ।
अख्तियारका प्रमुख कार्की नियुक्त भएपछि तराई देखि हिमाल सम्म भ्रष्टाचारीहरुलाई पक्राउ गर्न छाडेका छैन । भ्रष्टाचार स्वास्थ्य क्षेत्रमा पनि हुने गर्छन भन्ने अहिले आम नेपाली जनताहरुले देखन पाएका छन । शिक्षा मन्त्रायलबाट सनलन हुने एमबीबीएस छात्रबृत्ति परिक्षाको प्रश्नपत्र लिक गरेर १०/१० लाख रकम लिएको आरोपमा ७ जनालाई पक्राउ गर्न सफल भएको छ । स्थास्थय क्षेत्रमा रकम लिएर प्रश्नपत्र आउट गर्दा कस्तो चिकीत्सकहरुको उत्पादन हुन्छ भनेर बुझनु पर्नै हो । स्वास्थ्य क्षेत्रमा त यति ठुलो रकम लिएर पास गराउदो रहेछ भने अन्य क्षेत्रमा कस्तो होला । स्वास्थ्य जस्तो संवेनशिल क्षेत्रमा भ्रष्टाचारीहरुले १०/१० लाख लिएर पनि अझै दुई करोड माग्दा अख्तियारले प्रमाण सहित पक्राउ गर्न सफल भएको छ ।यसलाई पनि प्रधानमन्त्री कोइराला र संसंदीय दलका नेता एवं पूर्व प्रधानमन्त्री नेपालले सानो माछा नै भन्ने हुन कि ?स्थास्थमा नक्कल गरेर चिकित्सकहरुको अस्पतालमा भर्ती भएको खण्डमा रोगीहरुको मृत्यु हुन्छ कि हुदैन । यसलाई सानो माछा भन्ने कि ठुलो माछा भन्ने ?अख्तियारको प्रमुख कार्की नियुक्त भएपछि भन्सार ,नापी, मालपोत, यातायात,प्रहरी ,स्थानीय निकाय,जिल्ला जन स्थास्थय कार्यालय,सडक विभाग,वन कार्यालय,लगायतका कार्यालयहरुमा छापामारी गरि भ्रष्टाचारीहरुलाई पक्राउ गर्न सफल हुदै आइरहेका छन । सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरुमाथि अख्तियारले कारवाही गर्दै आइरहेकाले नै प्रधानमन्त्री कोइराला,पुर्व प्रधानमन्त्री नेपाल, र संसदीय दलका नेताहरुले अख्यिारको विरोध गरेर कार्कीलाई भ्रष्टाचारीहरुलाई कारवाही नगर्नैै दवाव दिएका हुन । उनीहरुले घुमारो पाराले भष्टाचारीहरुलाई जोगाउन अहिले आफनो घुणित कार्य गर्न सफल भएको छ । अख्तियारलाई ठुलो माछालाई पक्राउ गर्न नसकेको भन्दै जुन आरोप लगाउन पुगेका छन । त्यो पनि पुरा गर्न अख्तियारका प्रमुख पछि पनैे छैन भनेर बुझी राखे हुन्छ ।
अख्तियारका प्रम्ख लोकमानसिंह कार्कीले स्पष्ट शब्दमा कसैको भय डर त्रास नलिई अहिले एक हजारा ठुलो व्यक्तिहरुको  सम्पति गोप्य रुपमा अनुसन्धान जानकारी गराएको छ  ।प्रमुख आयुक्त  कार्कीले उपयुक्त सयमा ‘ठुलो माछा ’ समातिने छन ।ठुला माछा पक्राउ परेको खण्डमा मन्त्री नेता अधिकृत सबै अख्तियारको हिरासतमा जागिने छन । उनीहरुले भ्रष्टाचार गरेर कमाएको सम्पति सबै राष्ट्रियकरण हुनेछन । अनि ठुलो माछा भनेको मन्त्री नेता र अधिकृतहरु हुन भनेर नेपाली जनताहरुले बुझने छन । नेपालका ठुला माछाहरुले त मौका पाएको भए नेपाल नै बेचि दिन्थ्यो । अख्तियारले समयमा नै भ्रष्टाचारी ठुलो माछालाई पक्राउ गरि नेपाल र नेपालीहरुको अस्तित्व जोगाउन सफल भयो भनेर ठुलो माछालाई ह्दयदेखि धिक्कान छन । त्यो दिन धेरै टाडा छैन अब अख्तियारका प्रमुख कार्कीलाई ठुलो माछालाई पक्राउ गर्ने । अहिले सानो माछा मात्रै पक्राउ पर्दा यति ठुलो हैलाखैला हुन थालेका छन भने ठुलो माछालाई पक्राउ गर्दा विश्वभरि नेपालका ठुला माछाहरु कति सम्म राष्ट्रद्रोही रहेका छन भन्ने कुरा नेपाली जनताहरुले मात्रै होइन,विश्वका जनताहरुले नै थाहा पाउने छन ।
(
२०७१ मंसिर २३ गते अविचल साप्ताहिकमा प्रकाशित)

SHARE THIS

Author:

Facebook Comment