रमेश खरेलः जनताका प्रिय–नेताका अप्रिय

– अशोकमान श्रेष्ठ

फोटो साभारःगुगल
नेपाली जनताहरुको ज्यू ज्यानको सुरक्षा र शान्ति सुरक्षाको लागि आफनो गहन जिम्मेवारी निर्वाह गर्दै आउनु भएको एस.एस.पि रमेश खरेलको पहिचान र व्यक्तित्व आम नेपाली जनताहरुको माझ निकै लोकप्रिय र साहसीलो रहेको छ । खरेलले जहिले पनि  देश र जनताको पक्षमा नै आफनो इमानदारीतापूर्वक कार्य गर्दै आइरहेकाले उनी जहिले पनि भ्रष्ट नेता,अपराधी ,गुन्डाहरुको आँखाको तारो हुन पुगेको छ । नेपालमा अपराधी गुन्डाहरुले जुन आतंक कायम गरेका थिए । त्यसलाई समाप्त पार्न जुन दायित्व पुरा गर्न सफल हुदै आइरहेका छन ।,त्यसलाई कसैले पनि विर्सन सक्दैन । पर्सा जिल्लामा अपराधीहरुले आफनो ठुलो संजाल बनाउन सफल भएका थिए । पर्सा क्षेत्र नं ५ मा हुने अपराधी क्रियाकलापलाई नियन्त्रण गर्न खरेलले निकै ठ्लो महेनत गर्नु परेको थियो । पर्सामा अपराधी गुन्डाहरुले आफनो हैकम नै संचालन गरेको बेला तत्कालीन एस.पि खरेल जिल्ला प्रहरी कार्यालय पर्सामा आफनो कार्यकालमा अपराधी गुन्डाहरुलाई पक्राउ गरि शान्ति सुरक्षा कायम गर्न जुन सफल हुनु भयो । त्यसबाट पर्सावासिहरुले आफुलाई असुरक्षित भएको सम्झीन छाडेका थिए । अपराधी गुन्डा खरेलको नाम देखि नै भयभित भएर भारतमा गएर लुकन सफल भएका थिए भने धेरै अपराधी गुन्डाहरु सिधा समेत बनेर देखा परेका थिए । तत्कालीन एस.पि खरेलले पर्सा जिल्लामा शान्ति सुरक्षा वहाली गर्न जुन भुमिका निर्वाह गर्नु भएको थियो । त्यसलाई अहिले सम्म पर्सावासीहरुले बुर्सिन सकेका छैन । न त कहिले पनि विर्सन सक्ने छन । नेपाली जनताहरुको सुरक्षाको लागि खरेलले जुन  कार्य गरेर देखाउन सक्नुभयो । त्यस्तै कार्य अरु प्रहरी अधिकृतले पनि गरेर देखाउन सक्ने आट र साह अहिले सम्म पनि गर्न सकेका छैन । दलका नेता र मन्त्रीको दवावमा काम गरेर आफनो जिम्मेवारीलाई विर्सेर हिडने प्रहरी अधिकृतले विगतमा धेरै गल्तीहरु गर्न सफल भएका छन । त्यसलाई सुधारेर खरेल जस्तै बन्न सक्नु पर्छ भन्ने सन्देश पनि अहिले भरतपुरमा भएको भूतपुर्व प्रहरी संगठनको २४ औ वार्षिक साधारणसभामा एसएसपी रमेश खरेललाई उत्कृष्ट प्रहरी अधिकृतका रुपमा सम्मान गरेको छ । संगठनका अध्यक्ष बसन्तराज कुँवरले उनलाइै प्रशंसापत्रसहित सम्माति गरे ।
 एस.एस पि.खरेल भन्ने वितीकै सबै जनाहरुले निकै ध्यान दिएर सुन्न र उनले गरेको कार्यलाई सम्मान गर्नै गरेका छन । नेपाल सरकारले इमानदार प्रहरी अधिकृतलाई सम्मान गर्न जानेका छैन । उनको देनलाई सरकारले किन गौरवका साथ नेपाली जनताको विचमा पुर्‍याउन सकेका छैनन । खरेल जनताको  सुुरक्षाका  गर्न जस्तो सुुकै पनि जिम्मेवारी निर्वाह गर्न पछि हटने छैन ।उहाँले विगतका दिनमा काठमाडौमा शान्ति सुुरक्षा कायम गर्न खेलेको भुमिकाको सम्मान अहिले पनि काठमाडौको जनताहरुले गर्दै आइरहेका छन । देशको कुनै पनि जिल्ला शहरमा खरेल भन्दै वितीकै सबैको चाहना हुने गरेका छन । एस.एस पि खरेल जस्तै कार्यक्षेत्रको अनुकरण अरुले पनि गर्न सक्नु पर्छ । खरेल जस्तै अरु पनि बन्ने आट जुटाएर नेपाली जनताको विचमा आउन सक्नुे पर्‍यो । खरेललाई अहिले जनताको विचमा नै सम्मानित हुन पाएको छ । उनको नाम अहिले देशव्यापी मात्रै ने भएर विदेशमा बसोबास गरिरहेका नेपाली जनताहरुको मनमा सधै खरेल नै रहन गएको छ ।खरेल जुन क्षेत्रमा पुगेर आफनो कार्यभार सम्हालन पुगेका छन । त्यहि जिल्लालाई शान्ति सुरक्षा कायम गरेर देखाउन सफल हुनु भएकोले नैे नेपालको सबै भन्दा लोकप्रिय व्यक्तिको रुपमा उभिन सफल हुनु भएको छ । खरेललाई न चिन्न र उनको नाम न सन्नु सायद कोही नागरिक हुन सक्छ । बच्चा देखि बृद्ध सम्म एस.एस.पि खरेल नै सुन्न पाइन्छ । यो नामलाई कुनै पनि नेपालीहरुले कहिले पनि विर्सन हुन्न ।  शान्ति सुरक्षाको सवाल मा कसैसंग पनि सम्झौता गरि अपराधी गुन्डालाई प्रश्रय दिएका छैन । उहाँले जहाँ पनि यस्तै प्रकारको कार्य गरेर जनताको सुरक्षाको लागि आफनो जिम्मेवारी र दायित्व पुरा गरिरहनु भएको छ ।
अपराधी,गुन्डा र बदमासहरुले जसलाई भय, त्रास ,डर देखाएर आतंक मचाउदै आइरहेका थिए । नेपालमा प्रहरी नै छैन, जस्तो अनुभव विगतका दिनमा जनताहरुले गरेका थिए । अपराधी गुन्डा र बदमासले प्रहरीलाई आफनो खेलोना नै सम्झेर अपराधी क्रियाकलाप गरेका थिए । अपराधी गुन्डा र बदमासले देश संचालन गरिरहेका छन । उनीहरुको आदेश जनताले मान्नु पर्नै जस्तो अनुभव गरेका थिए ।  अपराधी समुहले जतिसुकै पनि यातना दिएता पनि न्याय कहिले पनि पाउन नसकेका थिएन । प्रहरीहरु जहिले पनि अपराधी समुहको पक्षमा लागेर प्रताडित भएका जनतालाई कहिले पनि न्याय दिन नसकेको घटनाहरु निकै भएको छ । अपराधी समुहले जहाँ पनि बलात्कारको घटना गराउन सफल भर्एको थियो।त्यस्तै गरि उधोगपति व्यापारीलाई फोनबाट धम्की दिएर लाखौ रुपैया रकम माग्ने गरेका थिए भने यात्रा गरिरहेका युवती महिलाहरुलाई विचबाटोमा नै अश्लील शब्द प्रयोग गरि अपराधी समुहले छाडातन्त्र नै देखाउन सफल भएको बेला त्यस्ता अपराधीहरुलाई तत्काल पक्राउ गरि कानुनी कारवाही गर्न पछि परेनन । अपराधी गुन्डा र बदमासले समाजलाई नै भयभित पारिरहेकाले समाजको पहिलो शत्रु अपराधीहरु हुन भनेर उनले अपराधी समुहलाई घर घरबाट पक्राउ गर्दा  दलका नेताहरुले उनमाथि बज्रप्रहार गरेका थिए । तर राज्यले दिएको जिम्मेवारीलाई पुरा गर्न आफनो जिम्मेवारीलाई पुरा गर्न कार्यक्षेत्रमा लागि परिरहेकोले खरेलको विचारलाई कसैले पनि ठगमगाउन सकेका छैन । उनी झनै फलामको स्पात  जस्तै बलियो बन्र्दै जनताको सुरक्षाको लागि जस्तो सुकै पनि शत्रुसंग जुद्धन तयार रहेकोले उनलाई नेपाली जनताले नै देशभरिबाट सम्मान गरिरहेका छन । उनको यो कार्यलाई अझै विश्वभरिका जनताले सम्मान गर्न सफल होस भन्ने चाहना आम नेपाली जनताहरुको रहेको छ ।

साउन २३ गते अविचल साप्ताहिकमा प्रकाशित यो आलेखको शीर्षक परिवर्तन गरिएको छ ।)

SHARE THIS

Author:

Facebook Comment