आतंकवादी हमलामा मारिएका विद्यार्थीको संझनामा र्याली

वीरगंज,पुस ४

पाकिस्तानको पेशावर शहरको सैनिक बिद्यालयमा आतंकवादी हमलामा स्कुलका १३५ भन्दा बढी बिद्यार्थीहरुले अनाहकमा ज्यान गुमाएका छन् । यो निन्दनीय घटनाले बिश्वका सम्पुर्ण विद्यार्थीहरु मर्महाइत एवं स्तब्ध भएका छन् । वीरगंज पब्लिक क्लेजले आज वीरगंजमा बिशाल शान्ति रयाली निकालेको छ । आतंकबाद कुनै जाती र धर्म हुदैन , आफनो स्वार्थको लागि बिद्यार्थीहरुको हत्या गर्न पाइदैन , बिद्यार्थी मार्ने समुहलाई कारवाही गर भन्ने मुल नाराका साथ वीरगंज घण्टाघरबाट निकालेको रयाली नगरको बिभिन्न भाग हुदै माईस्थान मन्दिर अगाडि निर्माण गरिएको पार्कमा श्रद्धाञ्जली सभामा परिणत भएको थियो । कलेजका  कार्यकारी निर्देशक डा. दिपक शाक्यको नेतृत्वमा निकालिएको रयालीमा क्लेजका ३ हजार भन्दा बढी बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।माइस्थानमा बिद्यार्थी लगायत उपस्थित सम्पुर्ण सहभागिहरुले २ मिनेट मौनधारण समेत गरेका थिए ।  त्यसैगरि बिइङ्ग हुमेन अरगनाइजेसन वीरगंजले पाकिस्तानमा भएको घटनाको बिरोधमा शान्ति रयाली सम्पन्न गरेको छ । घण्टाघर



बाट सुरु भएको रयाली आर्दशनगर रगंशालामा गई सभामा परिणत भएको  थियो । रयालीमा बिकन मा.बि , लिटिल एन्जल,मनाकामना , एमइएस , ज्ञानज्योति  बिद्यालय लगायत ,नेशनल इन्फोटेक क्लेज र हुमेन बिइङ्ग अरगनाइजेसनका पदाधिकारीहरुको सहभागितामा रयाली निकालिएको थियो । आर्दशनगर रंगशालामा आयोजित श्रद्धाञ्जली सभा बिद्यार्थी नेता दिलिपराज कार्कीले सहजीकरण गरेका थिए ।  सभालाई सम्बोधन गर्दै कार्यक्रममा प्रमुख अतिथी  नागरिक समाजका अगुवा एवं शिक्षाबिद डा. दिपक शाक्यले आतंकबादको कुनै जाती र धर्म हुदैन बताएका थिए । हाम्रो देश नेपालमा देश हिन्दु राष्ट्रबाट धर्म निरपेक्ष भएपछि बिभिन्न शक्तिकेन्द्रहरुले आफनो चलखेल बढाएको बताए । देशमा हिन्दु मुस्लिम , पहाडी मधेसी ,ठुलो साना,े जाती सम्रप्रदायको नाममा

  यहाँको भाइचारा बिग्रार्ने र देशमा अस्थिरता ल्याउने काम भइरहेको बताउदै यस्ता गलत तत्वहरुको बिरोधमा तपाई हामी सवै मिलेर अगाडी बढनु पर्ने बेला  आएको बताए । आतंकबाद बिश्वमा एजआइभी भन्दा खतरानाक   र डरलाग्दो रहेको बताए । समाजमा शान्ति स्थापनाका लागि प्रहरी प्रशासन मात्र लागे सम्भव नरहेको बताउदै नागरिकहरु पनि बिना बर्दीका प्रहरी भएकोले आफनो समाजको सुरक्षाका निम्ति तपाई हामी पनि उतिकै जिम्मेवार हुन आग्रह समेत गरेका थिए । सभामा  प्रहरी उपरिक्षक दिवेस लोहनी,प्रहरी निरिक्षक राजन मैनाली,बिद्यार्थी नेता सागर आलम  , मधेसी पत्रकार समाज पर्साका अध्यक्ष संतोष पटेल , चर्चित व्युटिसियन गुडी जोसी लगायत बिद्यालयका  शिक्षक शिक्षिकाहरुले समेत श्रद्धाञ्जली व्यक्त गर्दै आत्माको चिर शान्तिका  लागि कामना समेत गरेका थिए ।  तनबीर आलमको सभापतित्वमा सम्पन्न भएको थियो  । 

SHARE THIS

Author:

Facebook Comment