प्रदुषण विरुद्ध बारा प्रशासनमा प्रतिवेदन पेश

वीरगंज ४ पुस ।
स्वतन्त्र मानव अधिकार समाज केन्द्रिय कार्यालय वीरगंजले वाराको रामपुर टोकनी ३ स्थित हिमालय फ्रुडस इन्टरनेशनल प्रा.लि.ले सो क्षेत्रमा फैलाएको प्रदुषणको बारेमा तयार पारिएको प्रतिवेदन आज जिल्ला प्रशासन कार्यालय बारामा बुझाएको छ । प्रदुषणको कारण स्थानिय वासिन्दाको जनजीवन नराम्रो संग प्रभावित भएको भन्दै स्वतन्त्र मानव अधिकार समाजले ३ महिना लगाएर तयार पारेको प्रतिवेदन बाराका प्रमुख जिल्ला अधिकारी बाल कृष्ण पंथीलाई कलैया स्थित प्रशासन कार्यलयमै पुगेर बुझाईएको हो । स्वतन्त्र मानव अधिकार समाजले तयार पारेको प्रतिवेदनमा हिमालय फ्रुड्स इन्टरनेशनल प्रा.लि.ले भैसी रागा काटेको ठाउबाट निस्केको रगत, बोसाका टुक्रा, हड्डी तथा प्रदुषित पानी सिधै रातको समयमा नालामा पठाउने गरेको मासु कारखाना स्थापना गर्नका लागि पुरा गर्नु पर्ने मापदण्ड पुरा नगरेको, प्रदुषित पानी सिर्सिया खोलामा मिसाईएको हुंदा त्यसको प्रत्यक्ष असर सिर्सिया नदीमा समेत परेको, कारखाना आसपासको क्षेत्रमा चिम्नीबाट निस्कने धुवा धुलो तथा मासु कुहिएर गन्हाएको दुर्गन्धले जनजीवन प्रभा
वित भएको, मासु कारखानाबाट निस्कासित वेकार बस्तुको उचित व्यवस्थापन नगरिएको लगायतका १० बुंदा समेटिएको छ । स्वतन्त्र मानव अधिकार समाजका केन्द्रिय अध्यक्ष कृष्ण खनालको नेतृत्वमा गएको टोलीमा उपसभापति रमेश शर्मा, सचिव नन्दि किशोर यादव, केन्द्रय सदस्य विजय कुशवाहा, दिपक साह कानु, विमल शर्मा, बृजेश टेमानी, गौरव सन्तोष पटेल, विनोद यादव लागयतको सहभागिता रहेको थियो । सो अवसरमा वाराका प्रहरी उपरिक्षक लोकेन्द्र मल्ल समेतको उपस्थिति रहेको थियो । प्रतिवेदन बुझदै वाराका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पंथीले हाल हिमालय फ्रुड्स इन्टरनेशनल प्रा.लि. बन्द रहेको र संचालन भएको खबर आएमा तत्काल कारवाही गरिने प्रतिवद्धता व्यक्त गर्नु भयो ।


SHARE THIS

Author:

Facebook Comment