संविधान होइन,राजसंस्था आउँछ

–अमर मान श्रेष्ठ
बीरगंज /
संविधान होइन,राजा आउँछ, नयाँ नेपाल बनाउने गणतन्त्रवादीहरुको लागि यो शब्द विष जस्तै हुन पुगेको छ । गणतन्त्र ल्याउन सफल भएको भन्दै फुइभुट्टे नेताहरुले भारतीय शासकको अगाडी आफनो आत्मसमर्पण गरेका थिए । भारतीय काग्रेस सरकारले नेपालमा राजसंस्था जहिले पनि भारतको लागि खतरा भएको हुनाले दलाल नेताहरुलाई उपयोग गरेर राजसंस्था समाप्त पार्न सफल भएको बेला अहिले आएर भारतीय जनता पार्टीले  सरकारको नेतृत्व सम्हालन सफल भएकाले भारतीय नेताले काग्रेसले गरेको गल्ती जस्तै आफुहरुले न गर्नै सोच बनाएर पूर्व राजा ज्ञानेन्द्र शाहलाई साथ दिने मनसाय बनाएकाले भारतको इशारामा नाच्र्दै आएका नेताहरु अब आफै बनारस तिर जाने हुन कि भनेर सोचनु पनै बेला त आएको छैन । भारत स्वतन्त्र भएदेखि भारतीय काग्रेस पार्टीले शासनको बागडोर सम्हाल्दै आइरहेकोले राणा शासन पंचायती व्यवस्था र राजसंस्था समाप्त पार्न सफल भएकाले भारतको छवि नेपाली जनताहरुमा नराम्रोसित पर्न गएकोले भारतले आफनो छवि बनाउनको लागि नेपालको राजनीति अवस्था बारे जानकारी लिन थालेपछि गणतन्त्रवादीहरुको अवस्था झनै कमजोर हुन अवस्था आउन थालेको छ । नेपालमा राजतन्त्र आफुहरुले समाप्त पारेको बताउन कहिले पनि पछि नपरेका नेताहरु राजतन्त्र भारतले नै फाल्न सफल भएका हुन भन्ने आम नेपाली जनताहरुलाई थाहा छ । भारतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्दै आइरहेकाले नेपाली जनताहरुप्रति विश्वास जितन असफल भएको भारतले अब आफनो विश्वास जितनको लागि भारतले नेपालको आन्तरिक मामिलामा हुनै हस्तक्षेप नगनै बताउदै आइरहेको बेला तथाकथित गणतन्त्रवादीहरुलाई नेपाली जनताहरुले जोडदार थप्पड हान्न सकेको खण्डमा राजसंस्था पुन फर्काउन कुनै समय लाग्ने छैन । नेपाली जनताहरुको मौनतालाई दलहरुले आफनो विजय सम्झीन पुगेकाले नै अहिले सम्म नेपाल र नेपाली जनताहरुको भविष्यमाथि खेलवाड गरि राष्ट्रियता समाप्त पार्न लागेको घटना क्रमले देखाउदै आइरहेको बेला जनताहरु चुप लागेर बस्नु भनेको आफनो राष्ट्रियता आफैले समाप्त भएको देख्नु हो भनेर किन बुझन सकेका छैनन ।
नेपालबाट २०४ वर्ष लामो राजसंस्था समाप्त पारेर हिडने दलहरुले आफनो राजनीतिक स्वार्थको लागि भारतीय काग्रेस पार्टीले सरकारको नेतृत्व गरेको बेला भारतमा गएर गुहार माग्दा काग्रेस पार्टीले राजतन्त्र समाप्त पार्न सहयोग पुर्‍याएकाले पूर्व राजा शाहले पनि आफनो पक्षमा भारतीय नेता र साधुहरुको समर्थन जुटाउनको लागि अग्रसर भइ भारतको भ्रमणमा जाँदा भारतीय जनता पार्टीका नेता र प्रधानमन्त्री समेतलाई भेटघाट गरेर नेपाल फर्किएकाले अब नेपालमा के हुन्छ भनेर अडकल लगाउन निकै गाहे हुनु पुगेको छ । संविधान होइन,राजसंस्था आउँछ भन्ने भनाई आफनो नभएर आरएसएस नेता उपमानन्द ब्रहमाारीले भन्नु भएको छ । उहाँले मैले ४ मंसिरको दिउँसो निर्मलनिवास पुगेर पुर्व राजा ज्ञानेन्द्र संग आधा घन्टा छलफल गरे । नेपालको हिन्दु संस्कृति मात्र होइन, नेपालको अस्तित्व नै खतरामा छ । नेपाल हिन्दुृ अधिराज्य हुनुपर्छ । धर्मनिरपेक्षतावादीहरु धर्मको रक्षक हुँदैनन  । त्यसका लागि राजतन्त्र चाहिन्छ । त्यसका लागि २०४७ को संविधान पुनस्थापित गरेर अघि बढनुपर्नै भन्ने मेरो सुझाव रहेको बताउनुभएको छ ।उहाँले राजा चिन्तित हुुनुहुन्छ । देश गलत दिशातिर गयो भन्ने उहाँलाई लागेको छ, जुन स्वाभाविकै हो । मैले जनतासंग मिलेर अघि बढन राजालाई सुझाव दिए । योगी आदित्यनाथ र निश्चलानन्द सरस्वतीलाई बोलाएर नेपाल हिन्दुराष्ट्र महायज्ञ लगाउनुस भनेर सल्लाह दिएको छु । उहाँलेृ पनि ठिक छ भन्नुभएको छ । सन २०२५ सम्म भारत हिन्दु राष्ट्र कायम हुन्छ । हिन्दु जनजागृति समितीले नेपालमा हिन्दुराष्ट्र पुनस्र्थापना हुनुपर्छ भनेर यहि वर्ष गोवाको सम्मेलनबाट प्रस्ताव पारित गरिसकेको छ । समितीका अगुवा डा. चारुदत्त पिङले पनि चाडै नेपाल आउँदै हुनुहुन्छ र राजासंग् पनि भेट गर्दै हुनुहुन्छ । जे होस ,जनवरी २२ (माघ ८ ) नयाँ संविधान बन्नेवाला छैन । त्यसपछि आन्दोलन हुन्छ ।राजसंस्था आउँछ ।
उपानन्द ब्रहमचारी आरएसएसका नेताले गणतन्त्रवादीहरुलाई हाँक नै दिन पुगेको छ । हिन्दुहरुको ठुलो संख्याले गणतन्त्रवादीहरुको महल घेराउ गर्न सफल भएको खण्डमा गणतन्त्रवादी नेताहरुले त्यसबेला के गर्ने हुन भनेर अहिले देखी सोचनु परेको छ । विदेशी डलर खाएर झुठो आश्वासन नेपाली जनताहरुलाई दिएर लोकतन्त्र र गणतन्त्रको  शिक्षा दिएर सत्तासिन भएर नेपाललाई समाप्त पार्न खोजेका नेताहरुको विरोधमा अब नेपाली जनताहरुलाई जगाउनको लागि पूर्व राजा शाह पनि चुप लागेर बसेका छैन भन्ने कुरा यो घटनाक्रमले देखा परेको छ । दलका नेताहरुले आफनो राजनीतिक स्वार्थको लागि भारतीय काग्रेसका नेताहरुको अगाडी घुँडा टेक्न सक्छ भने नेपाल र नेपाली जनताहरुको लागि पुर्व राजा शाहले पनि अब आफनो राजनीतिकगर्न पछि परेका छैनन भनेर नेताहरुले बुझन परेको छ । नेपालमा विदेशी हस्तक्षेप गराएर हिडनेहरुले अब कुन चाहि शक्तिशाली मुलुकको साथ लिएर अगाडी बढने र राजतन्त्रलाई उठन नदिनको लागि कुन चाहि हतियार प्रयोग गनै भन्ने सोचनु पर्नै बेला आएको छ । माघ ८ गते संविधान बनाउन सकेको खण्डमा राजसंस्था न फर्किन सक्छ । दलहरुले बनाएको गणतान्त्रिक संविधानले अन्तर्राष्ट्रिय जगतले मान्यता दिन सक्छ ।तर दलहरुले यो माघ ८ गते होइन । चार माघ ८ गते पनि नयाँ संविधान बनाउन सक्दैन । दलहरुले अन्तरिम संविधान बनाउदा आफै चारैतिरबाट घेरा बन्दिमा परेकाले नयाँ संविधान बनाएर माघ ८ गते दियो भने  नेपालमा आगो लाग्ने छन । त्यो आगोमा कति नेताहरु खरानी हुने हुन । यसबारे नेताहरुलाई आफै राम्रो सित थाहा छ भनि राख्नृु पर्दैन होला ।
नेपालको राष्ट्रियतालाई समाप्त पार्न जुन राजनीतिक दलका नेताहरुले गरेका छन । त्यसलाई नेपाली जनताहरुले कहिले पनि साथ दिन सक्दैन । लाखौ लाख जनताहरु दलका नेताहरुको विरोधमा रहेको छ । नेपालीहरु आफनो भुमिको लागि जस्तो सुकै पनि बलिदान दिनको लागि पछि पर्नै छैन । राष्ट्रघाती नेताहरुले जुन राजनीतिक गरेर देशलाई टुक्राउन खोजेका छन । त्यसको प्रतिकारमा जनताहरु आफै नेताहरुको विरोधमा सडकमा उत्रने छन । जुन दिन देशलाई टुक्राउने खाले संविधान बनाउन सफल भयो । त्यसदिन नेपालमा कतिको रगत बग्न सक्छ । कति जनाहरु मृत्युलोकमा पुग्न सक्छ भनेर बुझन सकेन भने गणतन्त्रको माला जपि हिडने नेताहरुलाई नेपाली जनताहरुले मसानघाट सम्म खोज्न बाँकी राख्ने छैन । राष्ट्रियताको संरक्षण राजसंस्थालाई समाप्त पारेर जुन गल्ती नेताहरुले गरेका छन । त्यसको सजाय पनि पाउन बाँकी रहेकोले दलहरुको लागी जनतालाई सडकमा उतार्नको लागि अब उपानन्द ब्रहमचारी आरएसएसका नेता आफै लागि परिरहनु भएकोले देशमा गणतन्त्र स्थापना हुन्छ कि गणतन्त्रको नाममा भिषण युद्ध हुन्छ । यो चाहि अहिले नै बुझी राख्न सकेको खण्डमा सबैको लागि भलो हुने हो । नयाँ संविधान आउदैन राजसंस्था आउँछ भनेर अहिले आरएसएसका नेताले भन्दा पनि मुखमा भोटे ताल्चा लगाएर बस्ने काग्रेस एमाले र एमाओवादी का नेताहरुको आत्मबल कमजोर भइसकेका छन भनेर सोचनु पनै बेला भएको छ । राजसंस्थालाई समाप्त जसरी दलहरुले पारेका छन । त्यसैगरि सम्मानका साथ राजसंस्था फर्काउने कार्य गर्न सकिएन भने नेपालमा द्वन्द्व हुने छन भनेर बुझन सकेमा दलको भविष्य सुरक्षित हुनेछन ।नयाँ संविधान बनाउने नाटक गर्न छाडेर राजसंस्था कसरी फर्काउन सकिन्छ भनेर गणतन्त्रवादी नेताहरु लाग्न सकेको खण्डमा यसैमा सबैको कल्याण हुनेछ भनेर समयमा सोचन सकेन भने भिरबाट खस्ने गोरुलाई राम राम भन्न सकिन्छ ।

(मंसिर २३ गते अविचल साप्ताहिकमा प्रकाशित)

SHARE THIS

Author:

Facebook Comment