–सन्तोषकुमार मिश्र
सडक विस्तार आजभोलिको अनिवार्य आवश्यकता हो । बढ्दो शहरीकरण, औद्योगिकरण, सवारीको चाप र जनघनत्वलाई मध्यनजर राखेर सडकको विकास र विस्तार हुनु पर्दछ । नेपाल सरकारले सडक मापदण्डका सम्बन्धमा मौजुदा कानुन वैज्ञानिक र व्यवहारिक हुँदाहुँदै पनि कार्यान्वयन गर्न नसक्दा सडक क्षेत्र अतिक्रमण गरेर घर टहरा निर्माण गरी सडक साँघुरो बनाउने कार्य जताततै भइरहेको हो ।
कानुनद्वारा निर्धारित सडक मापदण्ड उल्लंघन गरेर बनाइएका घरटहरा
भत्काएर सडक विस्तार गर्ने कार्यलाई देशव्यापी रुप्मा सरकारले जारी गरेका छ । देशका विभिन्न स्थानमा सडक अतिक्रमण गरी भत्काइएका घर–टहरा भत्काएझैं वीरगंज नगरभित्र पनि घर–टहरा भत्काउन सुरु गरिएको छ । सडक मापदण्ड मिचेर घर टहरा निर्माण गर्नेहरू मुटुमा गांठो पारेर, गहभरी आँसु गरेर डोजर लगाएर आÇनो घर भत्काइरहेको टुलुटुलु हेरिरहेका छन् । सडक अतिक्रमण नगर्ने वीरगंजवासीहरू सरकारले घर भत्काएर सडक फराकिmलो पारेकोमा खुशी भइरहेका छन् । सडक विभाग र नगरपालिकालाई धन्यवाद दिइरहेका छन् ।
एनेकपा माओवादीका नेता डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला वि.सं. २०३४ सालमा तर्जुमा गरिएको सडक मापदण्ड कानुन बमोजिम सडक ५० मिटर फराकिलो गर्ने कार्य काठमाण्डौ हुँदै देशैभरीको सडकमा शुरु भयो । सडक क्षेत्र मिचेर बनाइएका सबै भौतिक संरचना भत्काइयो । सर्वसाधारण जनताको मुआब्जा बिना करोडौंको धन सम्पत्ति क्षति गरियो । सडक अतिक्रमण गरेर घर टहरा बनाउनेहरूलाई हदैसम्मको दण्ड जरिवाना भयो । सडक अतिक्रमणकारीहरूले सडक फराकिलो गर्ने क्रममा गरिएको तोडफोड सहजै स्वीकार गरे । ‘पहिले ध्वंश अनि निर्माण’ को नीति सहर्ष लागू भयो । यतिखेर काठमाण्डौ उपत्यकामा सडक मिचेर बनाइएका सबै संरचना भत्काइएपछि जे जति नव निर्माण भएका छन् जस्ले गर्दा सडक फराकिलोसँगै संरचना निर्माणमा एकरुपता हुँदा सहर नै सुन्दर र आकर्षक देखिएको छ । सडक फराकिलो हुनु अघि काठमाण्डौ पुगेकाहरूले यतिखेर काठमाण्डौको कायापलट भएको, काँचुली नै फेरिएको अनुभूति गरिरहेका छन् । तसर्थ साविकको त्रिभुवन राजपथ खण्ड अन्तर्गत पर्ने नेपाल–भारत मितेरी पूलदेखि हेटौडासम्म सडकको विकास र विस्तार गर्दा कसैले आश्चर्य मान्नु पर्ने विरोध गर्नुपर्ने, दबाव दिनुपर्ने कारण छैन । सडक फराकिलो गर्ने अभियानलाई सबैले संहर्ष स्वीकार्नुबाहेक अर्को विकल्प छैन । तर्क कुतर्क अघि सारेर सरकारले चालेको कदम रोकिंदैन । सरकारले कानुन कार्यान्वयन गर्दा कसैमाथि कुनैपनि स्थानमा मोलाहिजा, पक्षपात गरिनु हुँदैन । कानुन र व्यवहार सबैकालागि सबै ठाउँमा एकै हुनुपर्दछ । त्यसैले राजधानी शहर काठमाण्डौमा सडक फराकिलो गर्ने क्रममा जबरजस्ती बनाइएका संरचनाहरू भत्काइनु हुने, वीरगंज नगर क्षेत्रमा सडक फराकिलो गर्न मापदण्ड अतिक्रमण गरी बनाइएका संरचना भत्काइन किन नहुने ? भन्ने प्रश्न तेर्सिएको छ । सम्बन्धित पक्ष वा निकायले उचित जवाफ दिन वीरगंज नगरको रजत जयन्ती चोक देपख गण्डकसम्मको ५० मिटर बाटो अनिवार्य फराकिलो पार्न जस्तोसुकै परिस्थितिको पनि सामना गर्न सक्नु पर्दछ । तर्क धेरै हुन्छ, विकल्प पनि हुन्छन् तर सत्यलाई साथ दिने हो भने नेपाल अधिराज्यको प्रमुख प्रवेशद्वार वीरगंजको सडक साविकलाई नै मानेर फराकिलो बनाइनु पर्दछ । रजतजयन्ती चोकदेखि गण्डकसम्म ५० मिटर सडक फराकिलो गर्दा रैथाने जनताहरूको ठूलो नेक्सान त हुन्छ तर उनीहरूले आफूले बनाको संरचना सडक फराकिलो पार्ने क्रममा भत्काउन दिंदा राष्ट्र निर्माणकालागि र वीरगंज नगरको आकर्षण र सुन्दरताकैलागि ठोस योगदान नै ठहर्दछ । पुराना नगरसेठ वृजलाल केडियाको परिवारको ठूलो क्षेत्रफल जग्गा सडक फराकिलो गर्ने क्रममा पर्ने देखिन्छ । स्वर्गीय नगरसेठ वृजलाल केडियाको नाति हाल वीरगंज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष प्रदीप केडियाले आर्थिक अभियान दैनिकमा ‘सडक विस्तार कि विनास’ शीर्षको लेख लेखेका छन् । सो शीर्षकको लेखमा उनले केही तर्क र विकल्प उल्लेख गरेका छन् । मितेरी पूलदेखि गण्डकसम्म साविकको मूल सडक फराकिलो नगर्दा प्रदिप केडियाको धेरै सम्पत्तिको रक्षा हुने भएकोले त्यो लेखमा उहाँले केही निहित स्वार्थ राखि विभिन्न तर्क र विकल्प लिएर डिक फराकिलो नहोस् भन्ने कुत्सित भावना पनि अघि सार्नु भएको छ ।
विदेशी दातृ संस्थाको सहयोगमा सडक फराकिलो हुँदैछ । नेपाल सरकारले निर्धारित मापदण्ड कायम गर्ने क्रममा सडक क्षेत्र मिचेर बनाइएका पर्खाल, घर–टहरा समयमा भत्काउन नसक्दा सडक फराकिलो पार्ने ठेक्काको म्याद समाप्त हुन खोज्दै अब पनि ढिला गरियो भने वीरगंजको साविकको मूल सडक फराकिलो हुने कुरा एउटा सपना सावित हुनेछ । पटक–पटक सडक फराकिलो गर्ने कार्य विभिन्न अवरोधका कारण रोकिएको पनि हो । यस पटक सडक फराकिलो पार्ने कार्य भएर छाडोस भन्ने चाहना घरटहरा भत्किनेहरू बाहेक सबै वीरगंजवासीको छ । रजतजयन्ती चोकदेखि घण्टाघरसम्म ५० मिटर सडक फराकिलो हुँदा वीरगंज पनि युरोपको कुनै एक स्थानजस्तो बन्न सक्दछ । पुरानो संरचना भत्काएर नयाँ संरचना निर्माण गर्दा वीरगंज नगरले पनि काँचुली फेर्न सक्दछ । परिवर्तित समय र संसारमा वीरगंज नगर पनि यथास्थितिमा नै रहन चाहँदैन । वीरगंज नगरको मुटु विर्तादेखि घण्टाघरसम्मको सडक फराकिलो हुँदा वीरगंजको मुटु नै चौडा हुन्छ । वीरगंज नगरले पनि विकासका नाममा फड्को मार्ने अवसर आउँछ ।
त्रिभुवन राजपथ नेपालको सबैभन्दा पूरानो राजमार्ग हो । यसलाई उपेक्षा गर्न मिल्दैन । फास्ट ट्रयाक र सुरुड्ड मार्ग बनेपनि यस राजमार्गको उपयोग र गरिमा छाडिनु हुँदैन । त्रिभुवन राजपथलाई एउटा आदर्श र नमूनाको रुपमा राखिनु पर्दछ । त्रिभुवन राजपथ रक्सौलदेखि हेटौडासम्मको सडक फराकिलो हुनै पर्दछ । बाइपास, इनरवाइपास, आइसिपी–परवानीपुर सडकसँग वीरगंजको साविकको मूल सडकको कुनै सरोकार छैन । समग्र वीरगंजको विकास र विस्तार गर्ने हो भने रजतजयन्ती चोकदेखि गण्डक सम्मको सडक ५० मिटर फराकिलो बनाउनु एकदमै उत्तम हुन्छ । सडक फराकिलो बनाइने क्रममा आÇनो घर जग्गा पर्नेहरूले पनि वीरगंजको विकास र भविष्य प्रति ध्यान केन्द्रित गर्दा जायज हुन्छ । आत्मकेन्द्रित र नीहित स्वार्थ राख्नुको अर्थ नरहन सक्दछ ।
यतिखेर सडक विस्तारको कुराले वीरगंज नगर तरंगित र आतंकित छ । ग्रेटर वीरगंज, आर्थिक राजधानी वीरगंजको नारा दिने उद्योगपति र व्यापारीहरूले सडक फराकिलो पार्दा आफ्नो पूरानो संरचना भत्कन्छ भनेर छाति पिट्नुको सट्टा विनाश नभई विकास हुँदैन भनेर चित्त बुझाउँदा सबैकोलागि सधैंकालागि राम्रो हुन्छ । भन्ने बेलामा वीरगंज उप–महानगरपालिकालाई महानगरपालिका बनाइनु पर्ने माग गर्ने तर महानगरपालिकाकौ जस्तो भौतिक संरचना निर्माणमा वाधा अवरोध गर्ने खालका काम गर्ने, यो कस्तो द्वैध चरित्र ? वाइपास, इनरवाइपास मात्र फराकिलो भएर वीरगंज नगर राम्रो हुँदैन । साविकको मूल सडक फराकिलो गरे वीरगंज बजार अति राम्रो देखिन्छ । यसमा कसैले लोभ र पश्चाताप गर्न आवश्यक छैन । समयको माग र आवश्यकतालाई सहज स्वीकार गर्नु पर्दछ ।
प्रदीप कुमार केडियाको तर्क नौबिसे देखि वीरगंज सम्म १ सय ५८ किलोमिटरको त्रिभुवन राजपथको उपादेयतालाई अन्य राजमार्गले कम गरिसकेका छन् । विस्तारको नाममा डोजर चलाएर मात्र हुँदैन । विकल्प र व्यवस्थापनमा पनि गतिलो सामथ्र्य राख्नु पर्दछ । वीरगंजको मूख्य सडक पहिला रेल्वे ट्रयाक हो । मूख्य बजार उजाडेर सडक विस्तार गर्ने कि वैकल्पिक मार्गको प्रयोग गरेर शहरलाई व्यवस्थित बनाउने ? लाई स्वीकार गरेर यथास्थितिमा रहने कि सडक फराकिलो पारेर अग्रगामी बन्ने ? यो चुनौति हो । यो वीरगंजवासीले निर्णय गर्ने कुरा हो ।
crimecheckweekly@gmail.com
सम्बन्धित आलेख
खुम्चिएको वीरगञ्ज र यहाँका व्यापारीहरु