संघिय युवा संघ नेपाल वीरगंज गठन

वीरगंज,मंसिर ६
संघिय समाजवादी पार्टी नेपालको जनवर्गीय संगठन संघिय युवा संघ नेपालको वीरगंज नगर कार्य समिती  गठन भएको छ । वीरगंज जावोसती धर्मशालामा भएको भेलाले सौरभ कुमार सिंहको अध्यक्षतामा  २४ सदस्ययी नगर युवा तर्दथ समिती गठन गरेको छ । समितीको उपाध्यक्षमा रमेश यादव ,सचिव सैफुदिन अंसारी ,सहसचिव बिबेक पाण्डे , कोषाध्यक्ष उपेन्द्र पटेल, सहकोषाध्यक्ष रामपुकार प्रसाद  सदस्यहरुमा सैलेन्द्र चौहान ,मोहनलाल चौहान ,शेख महम्द फिरोज,सुनिल यादव,श्याम महतो लगायतका रहेका छन् । संघिय समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य राजकुमार यादवले  नव गठित नगर कार्य समिती लाई बधाइ दिदै माघ ८ गते जनपक्षयी संबिधान निर्माणमा बाधक कांग्रेस र एमाले रहेको आरोप लगाएका थिए । पहिचान बादी शक्तिहरुलाई आन्दोलन गर्न कांग्रेस एमाले बाध्य बनाइरहेको हुदाँ आन्दोलन गर्न चाहना होइन बाध्यता भएको बताउदै गणतान्त्रिक संबिधान नआए त्यसता संबिधान जनताले स्वीकार गर्ने छैन । युवा परिर्वतको मुल शक्ति मध्ये एउटा शक्तिशाली शक्ति रहेको  यादवले बताएका थिए । सभामा संघिय समाजवादी पार्टीका पर्सा जिल्ला अध्यक्ष सरीफ अहम्द,युवा अध्यक्ष संदीप चौरसिया,उपाध्यक्ष जितेन्द्र पटेल, सह सचिव अनिल पटेल,कोषाध्याक्ष उमेश रौनियार,सह कोषाध्यक्ष अब्दुल मजिज, क्षेत्र नं ४ का अध्यक्ष दिपनारायण रौनियारले शुभकामना मन्त्वय व्यक्त गरेका थिए । 

SHARE THIS

Author:

Facebook Comment