नेवाः साँस्कृतिक पुचःको साधारण सभा र बनभोज

अशोकसुजन श्रेष्ठ
मकवानपुर ।
नेवाः साँस्कृतिक पुचः हेटौँडाको सातौँ बार्षिक साधारण सभा आज(शनिबार) हेटौँडामा सम्पन्न भएको छ । कार्यक्रममा नेवाः साँस्कृतिक पुचः हेटौँडाका महासचिव मोहनमान साँगामीले प्रगति प्रतिबेदन तथा कोषाध्यक्ष अर्जुन नकर्मीले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।

 कार्यक्रम नेवाः देय दबुः मकवानपुरका अध्यक्ष देवप्रसाद श्रेष्ठको प्रमुख आतिथ्य तथा नेवाः साँस्कृतिक पुचः हेटौँडाका अध्यक्ष बिष्णुगोपाल महर्जनको सभाध्यक्षतामा भएको थियो । बनभोज समेत गरिएको कार्यक्रममा जिल्ला बिकास समिति मकवानपुरका सामाजिक बिकास अधिकृत रामकृष्ण थापा, नेपाल भाषा खलः मकवानपुरका अध्यक्ष मंगलकृष्ण मानन्धर, राष्ट्रिय धर्म सभा मकवानपुरका अध्यक्ष शंकरलाल श्रेष्ठलगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

 कार्यक्रममा नेपाल खड्गी सेवा समिति मध्यमाञ्चल उपाध्यक्ष बिसलाल खड्गी, ज्यापु महागुठीका बिष्णुलाल महर्जन, मानन्धर गुठीका जिल्ला अध्यक्ष सुनकुमार मानन्धर, नेवाः पुचः चौकिटोलका पूर्णमान श्रेष्ठ, नेवाः साँस्कृतिक पुचः हेटौँडाका सल्लाहकार हरिशरण महर्जन, आजिवन सदस्यहरु मुक्ती गोबिन्द बैद्य, गणेशकुमार श्रेष्ठलगाएतको आतिथ्य रहेको थियो । २० बर्षअघि नेपाल सम्बत् १११५ मा स्थापना भएको नेवाः साँस्कृतिक पुचः हेटौँडा शाखाको मूल नारा हाम्रो भाषा र संस्कृति राष्ट्रको अमुल्य सम्पति हो रहेको छ ।

SHARE THIS

Author:

Facebook Comment