वीरगंज,मंसिर ७
नेपाल र भारतको सांस्कृतिक एकता झलकाउने यात्रा श्री राम बरात अयोध्या बाट जनकपुर हुदै वीरगंज नगरी भएर भारत फिर्ता जाने शुनिश्चित भएको छ । नेपाल र भारतको मधुर मैत्री सम्बन्ध अटुट बनाउने कार्यमा यो बरात (जन्ती)को अतुलनिय योगदान रहने छ । बिवाह पञ्चमी पश्चात जनकपुर बाट फिर्ता हुने क्रममा सो बरात वीरगंजको घण्टाघरमा भव्य स्वागत गरिने नेपाल साधु महासंघले तयारी गरेको जानकारी मधेसी पत्रकार समाजद्वारा आयोजित पत्रकार सम्मेलनमा साधु महासंघका संरक्षक सौरभनाथले बताए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बहुचर्चित जनकपुर , लुम्विनी र मुक्तिनाथ भ्रमण बारे भइरहेको चलखेल र नेपाली जनताहरुलाई भ्रममा पार्ने कार्य प्रति नेपाल साधु महासंघ घोर खेद प्रकट गर्दछ ।
नेपाल सा
धु महासंघ द्वारा बिश्व प्रसिद्ध गढीमाई मेलामा २ स्थानमा अखण्ड भण्डारा (निःशुल्क भोजनालय) संचालन गरको समेत जानकारी पत्रकार सम्मेलनमा केन्द्रिय संरक्षक सेवक सौरभनाथले बताए । करिव १० लाखको लागतमा संचालन गरिएको भण्डारामा ५० हजार जनसाधारण ले भोजन गर्ने अनुमान गरिएको छ । नेपाल साधु महासंघ का केन्द्रिय अध्यक्ष श्री श्री १०८ श्री मदन मोहन दास बैरागी को नेतृत्वमा बसतपुर स्थित एक भण्डारा रहने छ । भने अर्को गढीमाई मन्दिर नजिक हनुमान मन्दिरमा महासंघका जिल्ला सदस्य बाबा जनार्दन दास बैरागीको नेतृत्वमा रहेको जानकारी सम्मेलनमा जनाइएको थियो ।
जनकपुरबाट आउने श्रीराम बरातलाई मंसिर १३ गते बिहान ११ बजे घण्टाघरमा भव्य स्वागत गरिने कार्यक्रम रहेको बिनय यादवले बताए । साधु महासंघ बाराका अध्यक्ष महेन्द्र दास बैरागी र भन्सार एजेन्ट महासंघका केन्द्रिय उपाध्यक्ष श्यामबाबु पटेलको समेत सम्मेलनमा सहभागिता रहेको कार्यक्रम मधेसी पत्रकार समाज पर्साका अध्यक्ष संतोष पटेलले सहजीकरण गरेका थिए ।