फाइलफोटो श्रोतःगुगल |
वीरगंज / पांच जनाको ज्यान जाने गरि जनकपुरको रामानन्द चोकमा गराईएको बम विस्फोटको कर्तव्य जान मुदाको पेशी आज विहीवार
हुने जनाईएको छ ।
बम काण्डका मुख्य आरोपी निलम्बित सभासद संजय कुमार साह अहिले थुनछेकको क्रममा सिरहा कारागारमा रहेका छन ।
२०६९ साल बैशाख १८ गते मिथिला राज्यको मांग गर्दै शान्तिपुर्ण धर्नामा बसेको समुहलाई लक्षित गरि गराईएको बम विस्फोटमा परि पांच जनाको मृत्यु भएको थियो भने ३२ जना घाईते भएका थिए । विस्फोटमा रंजु झा , झगरु दास , सुरेश उपाध्याय , विमल शरण र दिपेन्द्र दासको मृत्यु भएको थियो ।