राजन सिंह/
वीरगंज
/ नेपाल विद्यापति पुरस्कार कोषद्वारा प्रत्येक वर्ष वितरण गरिने पांच वटा पुस्कार यस पटक समेत वितरण गरिने भएको छ ।
कोषका निर्णायक मंडलले २०७१/७२ को पुरस्कार विभिन्न ५ जनालाई दिने निर्णय भएको कोषका अध्यक्ष तथा त्रिवि मैथिली केन्द्रिय विभागका विभागा अध्यक्ष प्रमेश्वर कापरले जानकारी दिएका छन । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार जनकपुरको रामानन्द चोक स्थित रामानन्द युवा क्लबलाई दिईने भएको छ । पुरस्कारको राशि २ लाख नगद रुपैया रहेको छ ।
नेपाल विद्यापति कला , संस्कृति पुरस्कार सप्तरीका श्यामसुन्दर यादवलाई , नेपाल विद्यापति अनुसन्धान पुरस्कार बिरगंजका डा.बासुदेव लाल दासलाई , नेपाल विद्यापति पाण्डुलिपी पुरस्कार सिरहाका चन्द्रशेखर लाल शेखरलाई र नेपाल विद्यापति अनुवाद पुरस्कार धिरेन्द्र प्रेमर्षिलाई दिईने भएको छ । चार टै पुरस्कारको राशि १ —१ लाख रुपैया रहेको छ । कोषको निर्णायक मंडलीमा डा.श्यामा महतो , डा.आशा सिन्हा , प्रा.विजय दत्त , श्याम यादव र रोशन झा रहेका छन ।