रक्सौल , (बिहार)
इन्डो नेपाल चेम्वर अफ कर्मस रक्सौलद्वारा आज एक समारोहका वीच विजयी महोत्सव कार्यक्रम सम्पन्न गरेको छ । नेपाल सरकारद्वारा भारतीय गाडीहरुमा भन्सार शुल्क वृद्धि गरेको बिरोधमा चरणबद्ध आन्दोलन गर्दै आएको यस संस्थाले नेपाल सरकारद्वारा पुरानै शुल्क कायम गरिएको प्रति आज भारत बिहार राज्य स्थित रक्सौलमा नेपाल र भारतका नागरिक समाज,पत्रकार,राजनितीकर्मी एवं आम जनताहरुको सहभागितामा विजयी उत्सव मनाएको छ । उत्सवमा सम्पुर्ण सहभागिलाई अबिरको टीका लगाई मिठाइ खुवाउदै एवं सामुहिक रुपमा फुलझरी र बिभिन्न किसिमका पटकाहरु पटकाई खुशियाली मनाएका थिए । सो समारोहमा भारतको तर्फबाट च्यावर अफ कर्मशका अध्यक्ष राजकुमार गुप्ता,संरक्षक भरत गुप्ता ,संरक्षक एवं नागरिक समाजका अगुवा डा. अनिल कुमार सिन्हा,सुभाष प्रसाद, रमेश सर्राफ,संस्थाका उपाध्यक्ष जगदिश अग्रवाल,महासचिव मनिष दुवे ,सचिव कृष्णा कुमार,हरिओम सर्राफ,कोषाध्यक्ष अंजय हलवसिया,सदस्य अमित कुमार,अधिवक्ता कृष्णा कुमार तथा नेपालको तर्फबाट फोरम लोकतान्त्रिकका केन्द्रिय सदस्य शशीकपुर मियाँ ,सद्भावना पार्टीका केन्द्रिय सदस्य निजामुद्दिन समानी,नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शितल महतो,लायन्स क्लव वीरगंजका पूर्व अध्यक्ष एवं युवा व्यवसायी मुकेश सरावगी,मधेसी पत्रकार समाज पर्साका अध्यक्ष संतोष पटेल लगायतकाले शुभकामना व्यक्त गर्दै नेपाल र भारत वीच सदियो देखि रोटी र बेटी को सम्वन्ध रहेको बताउँदै दुवै देशको बिकासका लागि एकआपसमा सुमधुर सम्वन्ध राख्न जरुरी रहेको बताएका थिए । गाडीको भन्सार शुल्क चार चक्के गाडीमा ४०० रुपियाँबाट १०४० रुपियाँ,मोटरसाइकलमा १०० रुपियाँबाट २०० रुपियाँ भएकोमा हाल आएर कार्तिक १८ राती देखि लागु हुनेगरि पुरानै शुल्क कायम गरिएकोमा दुवै देशमा वसोवास गर्ने नागरिकहरुले खुशियाली मनाउदै यस्तो जनताको भलो हुने काम गरेकोमा नेपाल सरकारलाई बधाई समेत दिएका छन् ।

Nepalese Rupee Exchange Rate