–स्वयम्भुनाथ कार्की
वीपीसंग तात्कालिन नेपालको लागि भारतिय राजदुत भगवान सहायको राम्रो सम्वन्ध रहेन । यो सम्बन्धको तितोपना शुरुदेखि कै भने थिएन । चुनावी सरकारको नेतृत्व लिइदिने राजा महेन्द्रको आग्रहलाई ठाडै अस्विकार गरेर वीपीले सुवर्णलाई अगाडी सारे । वीपीको देखाईमा त्यो सरकार सहजै बन्ने थियो तर त्यसो हुदैछैन भन्ने खवर भगवान सहायले वीपीलाई दिएका थिए । यो घटनाको नाटकिय वर्णन परिच्छेद ४२मा छ । वीपी प्रधानमन्त्री नहुन्जेल भगवान सहाय र उनमा त्यस्तो असहज सम्वन्ध भएको जनाउने कुनै कुरा भएको देखिन्न । राजाले कांग्रेसलाई सत्ता दिदै छैनन भन्ने कुराको चेतावनी दिन आएको कुरा गर्दै सहायले तपाई हामीलाई विश्वासमा लिनु हुन्न भन्ने गुनासो पनि गरेका छन । पछि बिरामी परेर वीपी दिल्ली गएको बेला भगवान सहायले आफुलाई ठुलो आदर गरेको कुरा गरेर पछि पनि सम्वन्ध नराम्रो नभएको जनाएका छन । तर कितापका अनुसार प्रधानमन्त्रीत्व कालमा भने सहाय र वीपीको सम्बन्धमा तितोपन आयो ।
बिषेशत सहायसंगको आफ्नो सम्वन्धको चिसापनाको जिम्मेवार राजा महेन्द्रलाई ठानेका छन । केवल गण्डक सम्झौताको मस्यौदामा नेपालीको माछा मार्ने हक पनि राख्नु पर्छ भन्ने कुरा सहायलाई किन त्यत्रो आपत्तिजनक लाग्यो र राजदुतको मर्यादा बाहिर गएर उनको व्यवहार भयो भन्ने कुराको चिन्तन वीपीले पक्कै गरेका थिए होलान तर यस कितापमा भने सामेल छैन । पछि पनि गण्डक र कोशी प्रोजेक्टको डाइरेक्टर सिन्हाले नेहरुको सन्देशको रुपमा कागजको टुक्रामा गरिने सम्वन्ध भन्दा महत्वपूर्ण प्रधानमन्त्री वीपीसंगको मित्रता हो भनेर भनेको प्रसंग परिच्छेद ४९मा छ । भारतसंग , राजदुत सहायसंग राजाले गण्डक सम्झौतामा खिचलो (?) गरेको कारणले सम्बन्ध चिसिएको हैन भन्नलाई यो प्रसंग प्रयाप्त छ । बरु यसले नेहरु वीपीसंगको आफ्नो सम्वन्धलाई ज्यादा महत्व दिन्थे भन्ने यस सन्देशले वीपी भारतसंगको कुनै पनि सन्धी, सम्झौता वा समझदारीको पुनरावलोकन जतिवेला पनि गराउन सक्दथे भन्ने संकेत गरेको छ।
वीपीको यो हैसियत हुँदाहुदै पनि भगवान साहयले कुटनैतिक मर्यादा छाडेर कुरा गरेकोले वीपी गण्डक सम्झौताको हस्तक्षर समारोहमा सहभागि भएनन । खोजी भएपछि शिष्टाचार महापाल प्रकटमान सिंहमार्फत अधिकार पत्र पठाए । यो घटना भन्दा पहिलेपनि सहायले सरकार प्रमुखको मानमर्दन गर्न खोजेको घटना पनि कितापमा उल्लेख छ । नेहरुको कुनै वीपीलाई पढेर सुनाउनु पर्ने सन्देश सुनाउन सहायले प्रधानमन्त्री वीपीलाई नै आफ्नो निवासमा बोलाए । औपचारिक सन्देश जो एक मुलुकको सरकार प्रमुखले अर्को मुलुकको सरकार प्रमुखलाई सुनाउन ब्रेकफास्ट वा डिनरमा राजदुतले बोलाउनु निश्चय नै मर्यादा हैन । वीपीले आफ्नो कार्यालय मै बोलाए , सरकार प्रमुखलाई औपचारिक बिषयलाई अनौपचारिक आफ्नो निवासमा बोलाउन संकोच नगर्ने सहायले आफु प्रधानमन्त्री कार्यालयमा जाँदा भने औपचारिकता पुरा गरिनु पर्ने कुरा उठाए ।
तारिणीप्रसाद कोइरालाको पत्रिकामा निस्केको हिमाली राज्यहरुको एक परिसंघ हुनुपर्छ भन्ने लेखको बारेमा आपत्ति जनाउन सहायले कुनै औपचाकिता हेरेनन । बिहान सबेरै फोन गरे , वीपीले कार्यालयमा भेटन आउ भनेको पनि मानेन र निवास मै तुरन्तै भेटने भनेपछि आउनुस भनेर बोलाउन वीपी बाध्य भए । परिच्छेद ४९मा वीपी उल्लेख गर्दछन चेतनालाई लिएर बगैचामा उभिई रहेको बेलामा सहाय हान्निएर आइ पुगे र भने ‘यो लेख के हो ?’ वीपीको भनाई अनुसार त्यो सरकारको पेपर थिएन, तारिणीले पनि सम्पादन छोडिसकेका थिए । सरकारको आधिकारिक धारणा पनि थिएन तैपनि वीपी र सहाय बीच बहस भयो र अन्तमा उ भयानकसंग रिसाएर गयो । यी घटनाका उल्लेख गर्दाको वीपीको प्रस्तुति तथा शव्द चयन हेर्ने हो भने सहायले आफु राज्यपाल सरह भएको र वीपीलाई मुख्यमन्त्री सरहको व्यवहार गरेको संकेत पाईन्छ ।
सहायको यो व्यवहार बिदा हुने वेलासम्म पनि कायम रह्यो । प्रधानमन्त्रीबाटै विदाई पार्टीको माग भयो । बिदाईमा पनि विशेष व्यवहारको माग भयो । अन्तत: शिष्टाचार विभागको पार्टीले भएन वीपीले आफैले नभए पनि सुवर्णजीलाई पार्टी दिन लगाए । उपप्रधानमन्त्रीले कुनै मुलुकको राजदुतलाई दिएको विदाई पार्टी त्यसै पनि शिष्टाचारको उपल्लो प्रदर्शन हो जो कुनै पनि सरकारबाट आशा गरिन्न । तर यत्रो गौरवमय पार्टीमा जसको निमित्त पार्टी दिईएको छ उ नै एक घण्टा ढिलो आउनु भन्दा ठुलो अतिथेयको अपमान के हुन सक्छ । मन्त्रीमण्डलले पारित गरेको गण्डक सम्झौताको मस्यौदामा राजाले भनेर माछा मार्ने हक थप्ने कुरा निकाल्दा मात्र आईसिएस पृष्टभूमिबाट आएको राजदुतले यत्रो ठस्सा देखाउछ त , त्यो पनि सम्झौतामा राजाको कुरा नमानेपछि ? वीपीले भने भारतसंग र राजदुतसंग सम्वन्घ बिग्रेको दोष राजा महेन्द्रलाई दिएका छन ।
(नोट: आफैले बोलेको आत्मवृत्तान्तमा मात्र आधारित भएर वीपीको र त्यस बेलाको पुनर्मुल्यांकल गर्ने प्रयत्न स्वरुपका पछिल्ला २८ लेखहरु चितवन पोष्टमा प्रकाशन हुदै आएका भए पनि प्रकाशनक्रममा बारंवार लापरवाही भएकाल यी श्रृखलाको बाँकी लेखहरु क्राइमचेकमा प्रकाशित हुने छन । पुराना लेखहरु पनि हेर्ने इच्छा भएमा आत्मवृतान्ताका पुराना श्रृङ्खलाहरु मा उपलब्ध छन ।—लेखक)

प्रकाशन मितिः२०७१ असोज ९ गते बिहीवार