आफैले आफैलाई अझै चिनेका रहेनछन !

पौराणिक कथाको पात्र जसलाई हामी मिथक कथा पनि भन्छौ अर्थात काल्पनिक कथा ! काल्पनिक भनेको कल्पना गरिने चिज हो ! भगवान आज सम्म कसैले पनि देखेका छैनन तर आस्था राख्छन र राखिन्छ्न भने आस्था राख्नेहरुको आस्थामा ठेस पुर्याउनु त्यो मानवता बिरुद्धको अपराध हो ! 

मिथक कथा कसैले रचे ! कथाकारले रचेको प्रत्येक सब्दलाई केलाएर पढ्नु पर्छ र यदि लेखिएको कथा बस्तु समाजको हित बिरुद्ध छन भने त्यस्ता कथालाई ग्रहण गर्नु पर्छ भने कुनै जरुरि छैन ! 

माहाभारतकै कथाको भित्रि पाटो हो 'गिताको सार' ! भगवान श्रीकृष्णको चरित्रलाई टाढा राख्ने हो भने महाभारत कथा पूर्ण हुन सक्दैन थियो यो ठोकुवाको साथ भन्न सकिन्छ र जिबनको बारेमा यथार्थ चित्र बर्णन गरिएको छ महाभारतमा ! काम, क्रोध, लोभ र मोह नै जीवनको एउटा पाटो हो ! 

भगवान श्रीकृष्णको बारेमा धेरै कथा, कहानी देखि उपन्यास सम्म रचिएका होलान ! सबै कथामा लेखाई भिन्न भिन्न भएता पनि कथाको मूल सार त एकै हैन र ?

भगवान श्रीकृष्ण प्रति गोकुल धामको १६०० गोपिनी आसक्त थिए ! कथाले यहि भन्छ ! आसक्त भन्ना साथ त्यसलाई काम बासनामा जोडेर हेर्न सकिदैन ! आसक्तकै कुरा गर्ने हो भने राजनीति प्रतिको झुकाव बढ्दै गए पछी पछी राजनीति पार्टी बिना बाच्न नसकिने हुन्छ भने त्यो आसक्त हो ! नेपालको हालको राजनैतिक पार्टीको निष्ठावान कार्यकताहरुलाई उदाहरणको रुपमा लिन सकिन्छ ! यदि राजनीतिक पार्टी प्रति आसक्त नभाको भए के तिनीहरु ज्यानै फालेर लाग्थे ?

१६ सय गोपिनीले भगवान श्रीकृष्णलाई पुजा गर्थे, श्रद्दा गर्थे हरदम भगवानको भक्तिमा लाग्थे र भगवानले पनि आफ्नो भक्तिनीहरुलाई अत्यन्त माया र प्रेम गर्नु हुन्थ्यो ! माया प्रेम भन्दैमा त्यसलाई कामबासनालाई हेरेर जोडन कदापी मिल्दैन !
नेपालमा २०६३ साल पछी हिन्दु धर्ममा उग्र प्रहार गर्नेमा बाहिरिया नभएर हिन्दु धर्मकै पालनकर्ताका सन्तानहरु अग्र पंक्तिमा पर्छन ! लेख्न छुट, बोल्न छुट र खान पिउन छुट भन्दैमा पिता पुर्खा देखि मान्दै आएको संस्कृति, चलन र परम्परालाई लात हानेर अत्यन्त घटिया तरिकाले अस्लिल सब्द प्रयोग गर्न सिकाउनेमा बाहुन भन्ने ब्राम्हणहरुनै अग्र पंक्तिमा पर्दछन र तिनले जे जे सिकाए अरु जातिले त्यहि त्यहि टिपेका मात्र हुन !

पुर्ब एमाले नेता तथा हाल जन जाति पार्टीका नेता आंगकाजि सेर्पाले हिन्दु धर्मको बिरुद्धमा तथानाम भन्यो भनेर अहिले आएर दुख: मनाउ गर्नु पर्ने कुनै कारण छैन किनभने हिजो तिनलाई जात, धर्म देखि संस्कृति र चलन बिरुद्द उक्साउने पनि बाहुन नेताहरु नै हैन र ? नेपालको सबै ठुला पार्टीमा पहिले देखिने ब्राम्हण नेताहरुको नै हाली मुहाली चल्दै आएको छ र हिजो तिनले आफ्ना कार्यकर्ताहरुलाई जे जस्तो शिक्षा दीक्षा दिए आज त्यसैलाई ब्यबहारमा लागु गराएर देखायेका मात्र हुन  !

युवा पिढी हौ भनेर कुर्लिने केहि जमाते छन ! जातिले तागाधारी हुन तर आफ्नै बंश, कुल देखि मान्दै आएको धर्म र परम्परालाई लात हान्दै सामाजिक संजालहरुमा आफ्नै पिता पुर्खाले मानेको धर्मको खिल्ली उडाउने गरेको देख्दा तिनका अभिभावकहरुले आफ्ना सन्तानहरुलाई सानै देखि गतिलै नैतिक शिक्षा प्रदान गरेको रैछ जस्तो लाग्छ ! जन्मेका सन्तान काँचो माटो र अभिभावक कुम्हाले हुन भने कुम्हालेले बनाको भाँडाकुँडानै खोट भएसी कस्को के लाग्छ !

हिन्दु धर्म बाहेकका अन्य धर्ममा चैँ के खोटनै नभएको हो त ? अरु धर्मालम्बीहरुले आफ्नो धर्म र संस्कृतिको लागि प्राण न्यौछावर गर्न समेत पछी पर्दैनन भने नेपालमा चैँ कहिँ नभाको जात्रा किन देखाउछन ? हिन्दु धर्ममा के छ खराबी ? यदि हिन्दु धर्ममा खराबी थियो भने पस्चिमा ईसाई विद्वानहरुले हिन्दु धर्म माथि पटक पटक किन सोध गरे ? के आज सम्म ति विद्वानहरुले हिन्दु धर्म बेठिक हो भनेर भन्न सकेका छन ?
हिजो सत्ता र भत्ता नपाउन्जेल हिन्दु धर्म देखि ब्यबस्था बिरुद्धमा धावा बोल्नेहरुनै आज एक नम्बरको धर्मान्धकारी भाको छन कि छैनन ? कम्युनिस्टले धर्म मान्दैन भनेर सिकाको हो कि हैन ? जब धर्म नै नमान्नेले ग्रह शान्ति भन्दै भैसी पुजा गर्छन ? बाउ आमाको साथ तिर्थ घुम्न निस्क्छ्न ? भने अझै पनि हिजोको कुरालाई दिमागमा राखेर त्यसबाट बाहिर निस्किन नसक्नेहरु भनेका ति मालिकको बफादार दास प्रबितीका हरुमात्र हुन !

आफ्नै धर्मको खोईरो खन्नु भन्दा पहिला धर्म भित्रको सकारात्मक कुरा हरु के के छन र नकारात्मक के के छन त्यसलाई जाँचेर मात्र बिरोध गर्ने गर्नुस ! हावाको तालमा अर्बौ हिन्दुहरुको आस्थामा ठेस पुग्ने गरि गोरा र कुइरेको भाषा प्रयोग गरेर भगवान श्रीकृष्णलाई Play Boy भन्ने अधिकार तपाईलाई छैन !
भगवान श्रीकृष्ण जन्मास्ट्मीको पावन अबसरमा भगवानले चेतनाहिन हरुको चेतना पलाउन सद्बुद्धि प्रदान गरुन र सबैमा शुभकामना !
'जय श्री कृष्ण'
..


SHARE THIS

Facebook Comment