बिम्मी शर्मा
देशमा यति धेरै जनावरहरु छन् तर तिनको बारेमा न कहिल्यै सोधपुछ हुन्छ न कहिल्यै कुनै जात्रा नै निकालिन्छ । तर बिचरी हाम्री गाईमाताको जात्रा निकालेर गर्नु बिजोग गर्ेकाछन् । नमकहरामी भनेको यही हो जसको दुध पियो उसैको जात्रा निकालेर खेदो खनेकाछन् । यता गाईलाई मात्र जात्राको लायक ठानेर यिनकोमात्रै सिगाँरपटार गर्दा अरु जनावरहरु रिसाएर आन्दोलन गर्लान कि भन्ने पीरपनि परिसक्यो । ती क्रुध जनावरहरु रिसाएर सडकजाम गरिदिए घाँसपात नखाईदिए राम राम के होला यो देशको हविगत ? त्यसैले बेलैमा यो गम्भीर विषयमा सरकारको ध्यान जाओस् ।
आखिर हाम्रा महामहिम राष्ट्रपतिज्यूको पनि प्रिय जनावर भैंसी नै हो क्यारे । राष्ट्रपतिले विगतमा धेरैपल्ट आफु गाउंमा गएर भैंसी चराउने तर आफ्नो निर्णय नउल्टाउने भनिसकेका छन् । राष्ट्रपतिले आफुले बोलेको कुरा अमलमा ल्याउन कतिपनि बेर लाउने छैनन् । त्यो बिचरी सेतीगाई हरेकवर्ष गाईजात्रामा टण्टलापुरमा टट्टिएर काली भै सकिन् । उता काली भैंसीले आफ्ना चिल्ला पिठ्यूलाई घाममा सेकाउन नपाएर कम्ता दुखी छैनन् । त्यो भैंसीले संधै आहालमा मात्र बस्नुपर्छ भन्ने कुनै नियम छैन । भैंसीलाई पनि त काली नै भएपनि कहिलेकाँही सिगाँरपटार गर्न मन लाग्छ नि । हाम्रो छिमेकी देश भारतमा भैंसीको कत्रो ठाटबाठ छ । उता पारि ४० लाख भारुमा भैंसीको किनबेच हुन्छ तर यता वारीपट्टि यी भैंसीहरुको कुनै महत्व नै छैन ? भारतले जे गर्यो नेपालले त्यही गर्नुपर्छ नत्र मोदीजीको अपमान भएको ठहरिनेछ । के थाहा मोदीजी रिसाएर दिन लागेको सहयोग पनि रोकिदिने हुन कि ?
हाम्रो देशको संसदपनि कालामोटा सिगँ नभएको भैसीहरुले भरिभराउ छ । संविधानसभालाई ६०१ भैंसीहरुले आफ्नो आहाल नै बनाएकाछन् । यी ६०१ भैंसीहरुमा कतिवटा त रोगी र बिरामी नै छन् । तीनलाई जनताको करबाट उठेको पैसाले छुट्टै स्याहार, सम्भार गर्नुपरेको छ । बरु यी रोगी भैंसी हरुको गाईजात्राको दिन भैंसी जात्रा निकालेर सदुपयोग गर्न सके जनताको बिछट्टै मनोरन्जन हुनुको साथै यी रोगीहरुलेपनि आफ्नो थप उपचारकालागि रकमको जोरजाम गर्न सक्थे ।
देशको राष्ट्रिय जनावर भन्या छ अनि त्यही सोझी गाईमातालाई सयौं वर्षदेखि जोत्या छन्, जोत्या छन् । अब देशमा कुन्नि के के तन्त्र आईसकेको छ, सबैले आफ्नो अधिकार प्रयोग गरिरहेका छन् । तर ती बिचरी गाईको कसैले ख्याल राखेका छैनन् । देशमा पखेटा नभएका चरी मारिंदा ठूलै रडाको मच्चिन्छ, संसद अवरुद्ध हुन्छ । तर हरेकवर्ष गाईलाई मजाक बनाईन्छ, तीनको झाँक्री निकालिन्छ तर कोही जनावरका हितचिन्तक संस्थाहरु चूँईक्क बोल्दैनन् ।
त्यसैले अबदेखि नियम फेरिनु पर्दछ । त्यसैले बन्ने ठेगान नभएको संविधानमा गाई र अन्य पशुहरुको अधिकार कर्तव्यको बारेमा सविस्तार उल्लेख गरिनुपर्दछ । अब अर्को वर्षदेखि पालैपालो सबै जनावरहरुको जात्रा निकालिनु पर्दछ । गाईपछि पालो भैंसीको अनि त्यसपछि घोडा, हात्ती, बाघ, भालु । सिंहलाई सिगाँरपटार गरेर तीनको जात्रा निकालिनु पर्दछ । अब उहिलेका कुरा खुईले, अब एउटा जनावरको मात्र जात्रा निकालेर अरुलाई पाखा लगाउन पाईदैंन । ती बिचरी गाईमातालाई मात्र कष्ट दिदां धन, धान्यकि मालिकनी लक्ष्मीदेवी रिसाउनेछन् । घरकि देवी रिसाउंदा देवहरुले बेलामा खान पाउंदैनन् जसलेगर्दा दिन दहाडे अफिसमा भूंईचालो आउंछ भने यी त जगतकि माता हुन यीनकै कूलकि गाईमातालाई यस्तो अघोर दुख दिदां लक्ष्मी माता रिसाएर देशमा द्ररिद्रता ल्याउन बेर छैन ।
देश यसैपनि रसातलमा गइरहेको छ । अरबको तातोमा बालुवा चालेर रेमिटेयान्सको रुपमा आफ्नो हड्डीको चूर्ण पठाउने नेपालीले गर्दा चलेको छ । परदेशमा नेपालीहरु जनावर झैं बनाइएका छन् स्वदेशमा चाँही हाम्री गाईमातालाई गाईजात्राको दिन कत्रो सास्ति दिएकाछन् । कसैले गाईलाई पिट्यो वा मार्यो भने बवाल गर्छन अति हाम्री तिनै गाईमाताको जात्रा निकाल्छन् बा । अब गाईमाता आफुमाथिको यो शोषण कदापी सहने छैनन् । गाईमातालाई निसाफ चाहिएको छ र यो निसाफ अर्को वर्षदेखि गाईको ठाउंमा भैंसीजात्रा निकालेर गाईलाई निसाफ दिदैं तीनलाई अवकाश दिनु सरकारको कर्तव्य हो । नत्र सबै गाईहरुले यसका विरुद्धमा हडताल, चक्काजाम र अनशन बस्नेछन् । अनि खाउलाउ बाबै गाईको दुध, दही, मोही र घीउ !