बीरगंज: २२ साउन
प्रभु श्री कला केन्द्र भरतपुर चितवनद्धारा आयोजित नारायणी डान्सिङ्ग स्टार—२०७१ को लागि आज बीरगंजमा सो संस्थाले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
बीरगंज स्वीमिङ्ग पुलमा मधेसी पत्रकार समाज, पर्साको बैनरमा भएको पत्रकार सम्मेलनमा प्रभु श्री कला केन्द्रका अध्यक्ष लेख बहादुर पुनले नेपालको मौलिक, सस्कृति र आफ्नो पहिचानलाई जोगाउदै नेपाली परम्परागत नृत्यलाई अगाडी बढाउने उद्देश्यले यो कर्यक्रम आयोजना गरिएको बताए ।
केला केन्द्रले चितवनमा पहिलो पटक नारायणी डान्सिङ्ग स्टार आयोजना गरेको र नृत्य क्षेत्रमा रुची राख्नेहरुको लागि सुनौलो अवसरको रुपमा रहेको तथा यस प्रतियोगितामा १० वर्ष उमेर देखि ३० वर्ष सम्मका प्रतियोगीहरु सहभागि हुन सक्ने उनले बताए ।
नारायणी डान्स स्टारका कार्यक्रम निर्देशक राम रिमालका अनुसार मुख्य रुपमा नारायणी र लुम्बिनी अन्चलमा बसोबास गर्नेलाई लक्षित गरि आयोजना गरिएको तर देशको जुनसुकै भागमा बसोबास गर्ने आम नेपाली पनि सहभागि हुने बताए । पहिलो अडिसन साउन २४ गते बीरगंजमा, २६ गते हेटौडामा, २९ गते मुग्लिङ्गमा, भाद्र १ गते कावासोती, ३ गते बुटवल, ७ गते टााडी र ९ गते नारायणगढमा हुने रिमालले बताए ।
कार्यक्रम संयोजक दिपक सिंहका अनुसार स्थानिय टिभि च्यानल र एफ.एमहरुले यस कार्यक्रमलाई प्रत्यक्ष प्रसारण गर्ने छन् । कार्यक्रममा उत्कृष्ट वा प्रथम हुनेलाई नगद १ लाख ५० हजार रुपैया, ३ वटा म्युजिक भिडियोमा अवसर लगायत अन्य पुरस्कार दिईने र दितीय पुरस्कार नगद ५० हजार रुपैया, २ वटा म्युजिक भिडियोमा अवसर लगायत अन्य पुरस्कार दिईने, तथा तेश्रोलाई २५ हजार रुपैया नगद दिइने संयोजक सिंहले बताए ।
साउन २० गतेबाट चितवनबाट यात्रा शुरु गरेको प्रभु श्री कला केन्द्रले फाईनल पुस ५ गते नारायणगढमा गर्ने भएको छ । उक्त अवधि सम्ममा १०/१२ लाख रुपैया खर्च हुने आयोजकले पत्रकार सम्मेलमा बताएका छन् ।
टाप १० को अडिसन बीरगंमा नै हुने र विभिन्न ठाउबाट गरि करिब १२ सय जनाले अडिसनमा सहभागि हुने बताएका छन् ।
पत्रकार सम्मेलनमा कलाकेन्द्रका राम कृष्ण श्रेष्ठ, विकास राई, प्रेम जोशी, निकिता क्षेत्री, अनिता विश्वकर्मा लगायत पदाधिकारीहरुको उपस्थिति रहेको र पत्रकार सम्मेलन मधेसी पत्रकार समाजका अध्यक्ष संतोष पटेलले सहजीकरण गरेका थिए ।