बीरगंज/
अपराध नियन्त्रण, फरार अपराधी पक्राउ तथा भन्सार चोरी निकासी पैठारी नियन्त्रणको लागि जिल्ला प्रहरी कार्यालयबाट जारी गरिएको विशेष अभियान अन्तर्गत विशेष सुचनाको आधारमा मिति २०७१।०४।१९ गते विहान अं.०६:०० वजेको समयमा ईलाका प्रहरी कार्यालय पर्टेवा सुगौलीबाट खटिएको विशेष प्रहरी टोलीलाई तस्करहरुले देखी भारत बाट अवैध रुपमा ल्याउदै गरेको कुखुराको चल्ला २२ कार्टुन( १४३० पीस) जि. पर्सा गा.वि.स. सखुवाप्रसौनी गा.वि.स. वडा नं.२ स्थित बाटोमा फाली भागेकोले उक्त चल्ला फेला पारी बरामद गरी यस कार्यालयमा दाखिला गराएको हुदां उक्त बरामद भई आएको चल्ला आवश्यक कारवाहीको लागि जिल्ला पशुपंक्षी क्वारेन्टाईन कार्यालय बीरगंज पर्सामा पठाइएको ।
Nepalese Rupee Exchange Rate