अध्यक्ष वैद्य सम्मानित

वीरगञ्ज, ।
अमेरिकी काँग्रेससँग सम्बद्ध संस्था युनाइटेड स्टेट्स इन्स्टिच्युट अफ पिस (युएसआईपी) ले वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अशोककुमार वैधलाई एक कार्यक्रम बीच सम्मानित गरेको छ ।
वीउवासङ्घले रेस नेपाल नारायणी एफ.एम.सँग सहकार्य गर्दै रोजगारदाता र कामदारबीच समधुर सम्बन्ध स्थापनाका साथै पर्सा–बारा क्षेत्रका उद्योगहरुको निर्वाध रुपमा सञ्चालन तथा कामदारहरुको हकहितको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गरे वापत सम्मान गरेको हो । कार्यक्रम युएसआईपीका नेपालका राष्ट्रिय सल्लाहकार शोभाकर बुढाथोकीको सभापतित्वमा भएको थियो । उक्त कार्यक्रममा राजनीतिक पार्टीका प्रतिनिधि, सञ्चारकर्मी र गैरसरकारी संस्थाहरुको वृहत उपस्थिति रहेको थियो ।


SHARE THIS

Author:

Facebook Comment