
नेपाल विद्त परिषद केन्द्रिय बुद्धिजिवि विभागको वैठक शनिबार वीरगंजमा सम्पन्न भयो ।
होटल सम्झनामा सम्पन्न वैठकले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल आगमनलाई स्वागत गरेको छ । वैठक पछि विद्त परिषदका बुद्धिजिवि विभागका प्रमुख नरेश राज गिरीद्वारा हस्ताक्षरित विज्ञप्तीमा हिन्दु धर्म हिन्दु राष्ट्र र राजतन्त्रको आगमनका लागि मो
दीको भ्रमण सार्थक रहेको अपेक्षा परिषदले लिएको कुरा उल्लेख गरिएको छ । विज्ञप्तीमा राजनैतिक अस्थिरताको कारण मुलुक थलालिङ्ग भताभुङ्ग अवस्थामा पुगेको भन्दै विगत केहि बर्ष यता देखि भारत र नेपालको सम्बन्ध सोचे जस्तो राम्रो नभएको कुरा समेत उल्लेख गरिएको छ ।