नयाँ कार्यसमितिका साथ किरापको सम्मेलन सम्पन्न

गजेन्द्र राई
उदयपुर, १५ साउन ।
सात सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै किरात राई पत्रकार संघ उदयपुरको तेस्रो जिल्ला सम्मेलन बिहिबार गाईघाटमा सम्पन्न भएको छ ।
संघको केन्द्रिय सदस्य गजेन्द्र राई र सुपराज राईको उपस्थितिमा सो सम्मेलन सम्पन्न भएको आयोजकले जनाएका छन् । नेपाल पत्रकार महासंघ शाखा उदयपुरको सभाहलमा भएको सम्मेलनले गंगा राईको अध्यक्षतामा सर्बसहमत नयाँ कार्यसमिति चयन गरेको हो । संघको उपाध्यक्षमा टम्पसेर राई, सचिव देवराज राई, सहसचिव सुस्मिता नाछिरिङ राई र कोषाध्यक्ष शिव राई रहेका छन् । त्यसैगरी सदस्यहरुमा रामु चामलिङ र सन्तोष राई चयन भएका छन् । त्यसैगरी केन्द्रिय प्रतिनिधिहरुमा भोटराज राई, दिनेश राई र रुपा राईलाई चयन गरेको छ । नयाँ निर्वाचित पदाधिकारीहरुलाई कार्यकालको सफलताको कामना गर्दै नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष कुशलबाबु बस्नेत, क्रान्तिकारी पत्रकार संघका केन्द्रिय सदस्य एवम् पत्रकार महासंघ उदयपुरका उपाध्यक्ष हरिकुमार राई, नेपाल पत्रकार महासंघ उदयपुरका सचिव भोटराज राई, प्रेस चौतारी नेपाल उदयपुरका अध्यक्ष भरत खड्का, क्रान्तिकारी पत्रकार महासंघ एवम् फनिजका केन्द्रिय सदस्य यमन दनुवार, नेपाल प्रेस युनियनका उदयपुर सचिव विश्वराज तामाङ, फनिज उदयपुरकी अध्यक्ष अप्सरा समाल र समाजसेवी लोकु चामलिङले मन्तब्य राखेका थिए । जिल्लाका पत्रकारितालाई अझ सक्रिय र मर्यादित बनाउनुका साथै पत्रकारहरुको हक, हित र क्षमता विकासमा भूमिका खेल्ने नव निर्वाचित अध्यक्ष राईले प्रतिबद्धता जनाएका छन ।


SHARE THIS

Author:

Facebook Comment