पर्साको ग्रामिण क्षेत्रमा अबैध रुपमा दर्जनौ घरेलु रक्सी भट्टीहरु सञ्चालनमाDS

वीरगन्ज, ३२ असार /

पर्साको ग्रामिण क्षेत्रमा दर्जनौको संख्यामा अबैध रुपमा घरेलु रक्सी भट्टीहरु सञ्चालनमा रहेका छन्  । जानकीटोला, पिडारीगुढी, जितपुर, सेढवा, महादेवपट्टी, सुवर्णपुर, शंकरसरैया, विजयवस्ती, रङ्गपुर टाँडी लगायतका क्षेत्रमा घरेलु रक्सी भट्टी सञ्चालनमा रहेका हुन् । घरेलु रक्सी भट्टीबाट रक्सी उत्पादन गरी बिक्रि वितरण भैरहँदा पनि सम्बन्धित निकाय मौन बसेका छन् । प्रहरी प्रशासनकै मिलेमतोमा रक्सी भट्टीहरु सञ्चालनमा रहेको स्थानीयले आरोप लगाएका छन् । रक्सी भट्टीबाट प्रहरीले रकम उठाउने गरेको स्थानीय भट्टी सञ्चालकहरुले जनाएका छन्  । गाँउमा सञ्चालित घरेलु रक्सी भट्टीहरुले राति ११ बजेसम्म पनि रक्सी बिक्रि गर्ने गरेका छन् । राति अबेरसम्म रक्सी खाएर मातिएर झैझगडा गर्ने क्रम गाँउमा बढेको महादेवपट्टीका चाद किशोर महतोले गुनासो गर्नुभयो । ग्रामिण क्षेत्रमा उत्पादन हुने घरेलु रक्सी प्रहरीसँगको मिलेमतोमा पर्साको महादेवपट्टी, पाँडेपुर, जानकीटोला र विजयवस्ती नाका हुँदै भारतसम्म पुर्‍याउने गरिएको बुझिएको छ ।

SHARE THIS

Author:

Facebook Comment